• १ जेठ २०८३, शुक्रबार

२०८३ साल जेठ महिनाको राशिफल

blog

मेष :

 शारीरिक आरोग्यता अनुकूल रहला  । आकस्मिक यात्राको सम्भावना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनु पर्ला । घरायसी खर्चको मात्रा बढेर जाला । सामान्य विवादको योगसमेत रहेकाले बोलीचालीमा  विचार पु¥याउनुपर्ने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ । महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्ने छन् ।

वृष :

 शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने छ । लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनु पर्ला । पठनपाठनमा गहिरो अभिरुची लाग्ने छ । आर्थिक कारोबारमा  सफलता मिल्ने छ । रमाइलो पारिवारिक भेटघाटको अवसर प्राप्त होला । परिवारमा धार्मिक कार्यको आयोजना हुने छ । महिनाको प्रारम्भमा आकस्मिक यात्राको सम्भावना रहेको छ ।

मिथुन :

 स्थान परिवर्तनको बलियो सम्भावना रहेको छ । मानसिक अस्थिरता बढेर जाला । शारीरिक आरोग्यता अनुकूल रहला । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ । पठनपाठनमा सफलता प्राप्त होला । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । प्रतिस्पर्धामा  महìवपूर्ण सफलता मिल्ने छ । नयाँ ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । सन्तानको चिन्ताले सताउला । सामाजिक एवं धार्मिक कार्यमा सहभागी हुनुपर्ने छ ।

कर्कट :

 शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहने छ । मनले सोचेका योजनामा सफलता मिल्ने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत बढोत्तरी भएर जाला । आर्थिक पक्षका काममा सफलता मिल्ने छ । मानसम्मान एवं पदप्रतिष्ठा समेत बढेर जाने देखिन्छ । बोलीको प्रभावले महìवपूर्ण काम बन्ने छ । प्रतिस्पर्धामा सफलता, विवादमा विजयश्री मिल्ने छ । पठनपाठनमा सामान्य बाधाअड्चन देखापर्ने छन् । सन्तानको चिन्ताले पिरोल्नुका साथै दाम्पत्य सम्बन्धमा सामान्य खटपट पर्ने योगसमेत रहेको छ ।

सिंह :

 शारीरिक आरोग्यता अनुकूल रहला । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाला । प्रतिस्पर्धामा सफलता मिल्ने छ । सन्तान एवं परिवारको चिन्ताले केही सताउने छ । कार्यव्यस्तता बढ्नाले शारीरिक परिश्रम केही ज्यादा नै पर्न जाला । पठनपाठनमा सफलता मिल्ने छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । महिनाको अन्त्यमा रोकिएका काम बन्नुका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् । 

कन्या :

 मनले सोचेका योजना क्रमशः बन्दै जाने छन् । आत्मबल बढेर सोचेका योजनामा सफलता मिल्ने छ । आर्थिक पक्षका काममा सफलता मिल्ने छ । भोगविलास एवं मनोरञ्जनका क्षेत्रमा धनराशिको उपयोग हुने छ । सामाजिक मानप्रतिष्ठाका साथै धार्मिक कार्यमा सहभागी हुनुपर्ने छ । पठनपाठनमा सामान्य बाधाअड्चन देखापर्ने छन् । रमाइलो पारिवारिक भेटघाटको वातावरण मिल्ने छ । रमाइलो ठाउँको भ्रमण एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

तुला :

यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । व्यर्थको दौडधुप केही ज्यादा नै पर्न जाने देखिन्छ  । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विशेष विचार पु¥याउनुपर्ने देखिन्छ । खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखा पर्न सक्ने छ । सामान्य विवादमा समेत पार्न सक्ने ग्रहयोग भएकाले बोलीचालीमा विचार पु¥याउनु पर्ला । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला । अध्ययन अध्यापनमा सफलता मिल्ने छ । महिनाको अन्त्यतिर धनागमका साथै विविध उपहारको लाभसमेत हुने देखिन्छ ।

वृश्चिक :

 आकस्मिक यात्राको सम्भावना रहेको छ । मानसिक एवं शारीरिक आरोग्यता अनुकूल रहने छ । आर्थिक पक्षका काममा सफलता मिल्ने छ ।  व्यर्थको दौडधुप केही बढी नै पर्न जाला । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पु¥याउनु पर्ला । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी बढेर जाने देखिन्छ । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

धनु : 

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा वृद्धि भएर जाला ।  प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । मनले सोचेका योजना क्रमशः बन्दै जाने छन्  । लेनदेन तथा ठूला लगानी नगर्दा नै राम्रो होला  । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । सुखद पारिवारिक भेटघाटको योग रहेको छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना रहेको छ । महिनाको उत्तरार्धमा धनागमको योग रहेको छ ।

मकर : 

मध्यम फलदायी महिना रहेको छ । मानसिक अस्थिरता एवं दुबिधा केही बढेर जाने देखिन्छ । मनले सोचेका योजनामा आंशिक सफलता मिल्ने छ । महिनाको उत्तरार्धमा गुरुको अनुकूलताले पठनपाठनमा सफलता मिल्ने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । शारीरिक आरोग्यता अनुकूल रहला । सामान्य अस्वस्थताको सम्भावना देखिएकाले आहारविहारमा विचार पु¥याउनु पर्ने छ । आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ । सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्ने छन् । 

कुम्भ :

 मानसिक अस्थिरता एवं दुबिधा केही बढेर जाने छ ।  पेटसम्बन्धी समस्याले सताउने देखिन्छ । काममा अनावश्यक बाधा अड्चन आइपर्नाले ढिलासुस्ती समेत गराउला । व्यर्थको दौडधुपले शारीरिक ताप केही बढेर जाने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुनुपर्ने छ । महिनाको उत्तरार्धमा आर्थिक धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

मीन :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहला । प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । नयाँ कामको अवसरसमेत मिल्ने छ । आर्थिक पक्षका काममा सफलता मिल्ने छ । पठनपाठनमा  अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक कार्यमा समेत मन लाग्ने छ । महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्ने छन् ।  

लेखक बाट थप