मानसिक स्वास्थ्य मेरो प्राथमिकता होः मन्त्री गौतम
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ।
निपाह भाइरसको उच्च जोखिममा नेपाल, यसरी जोगिने
छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
चिकित्सक पनि चुनावी मैदानमा
आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा विगतमाभन्दा धेरै चिकित्सकले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी तथा स्वतन्त्र ढङ्गले उम्मेदवारी दिनेमा चिकित्सक पनि छन् । विगतको तुलनामा यो पटक विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा चिकित्सक चुनावी मैदानमा धेरै उत्रिएका छन् । स्वास्थ्य क्षेत्रको विकास, जनस्वास्थ्य नीति, स्वास्थ्य शिक्षालगायतका विषयमा प्रत्यक्ष अनुभव बोकेका चिकित्सकले उम्मेदवारी दिनुलाई यस पटकको निर्वाचनमा महìवकासाथ हेरिएको छ ।
पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
धौलागिरी आयुर्वेद अस्पतालका पदाधिकारीले गरे पदभार ग्रहण
धौलागिरी आयुर्वेद अस्पताल व्यवस्थापन समिति बागलुङको नवनियुक्त अध्यक्ष तेजबहादुर कुवँरले पदभार ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा हालै अध्यक्षमा नियुक्त कुवँरले आगामी तीन वर्षका लागि समितिको नेतृत्व सम्हाल्ने हुनभएको हो ।
सल्यानका दुई हजार ६६९ किशोरीलाई एचपिभी खोप लगाइँदै
सल्यान जिल्लाका दुई हजार ६६९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ ।
भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा
भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ।
कुष्ठरोगबारे सचेतना अभियान सञ्चालन
कुष्ठरोगबारे आम जनमानसमा सचेतना जगाउन अभियान सञ्चालन गरिएको छ ।
रास्वपाका सभापति लामिछाने त्रिवि शिक्षण अस्पतालमा भर्ना
राष्ट्रिय स्वास्थ्य पार्टी(रास्वपा)का सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ।
स्वास्थ्य बिमा कार्यक्रमले निरन्तरता पाउँछः मन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण प्रतिबद्धताका साथ निरन्तरता दिने बताउनुभएको छ । आर्थिक अभावले गर्दा बिमा कार्यक्रम प्रभावित हुन सक्ने भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको दाबी गर्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो ।
प्रदेश अस्पताल बेनीमा देखिएका समस्या समाधान हुन्छ : स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले प्रदेश अस्पताल बेनीले भोग्दै आएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्वास्थ्य बिमा रकम भुक्तानीको ढिलाइ, दक्ष चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरणको अभाव लगायतका समस्याको समाधानका लागि मन्त्री गौतमले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
धौलागिरी अस्पतालबाट अन्य अस्पतालले सिक्नु पर्दछ : स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य क्षेत्रमा धौलागिरि प्रादेशिक अस्पतालले फड्को मारेको बताउनुभयो ।
क्यान्सर जितेर मानवताको यात्रा
काठमाडौँ वसन्तपुरकी ४८ वर्षीय कविता चित्रकारको जीवन २०७९ सालमा अचानक बदलियो । स्तन दुखिरहने समस्याको उपचारका लागि चिकित्सकको परामर्शमा जाँदा तेस्रो चरणको स्तन क्यान्सर भएको जानकारी दिइयो ।
अधिकांश क्यान्सर उपचार स्वदेशमै
नेपालमै उनन्सय प्रतिशत क्यान्सरको उपचार सम्भव छ । क्यान्सर उपचारमा बर्सेनि नयाँ नयाँ प्रविधिहरू आइरहेका छन् । विश्वमा क्यान्सर उपचारमा नयाँ प्रविधि विकास भए पनि नेपालमा भने त्यस्ता प्रविधि भित्र्याउन सकिएको छैन । “विश्व स्तरको क्यान्सरको उपचार नेपालमा नै हुन्छ,” भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भन्नुभयो, “नेपालमा सम्भव नहुने केही क्यान्सरको उपचारका लागि मात्र बिरामीहरू भारतलगायत मुलुकमा जाने गरेका छन् ।”
शवगृहबाट लास अदलबदल, कारबाहीको माग
रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानको शवगृहबाट लास अदलबदल गरिएको आरोप लगाउँदै पीडित पक्षले जिम्मेवार चिकित्सक तथा अस्पताल प्रशासनमाथि कारबाहीको माग गरेका छन् ।
स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको छ ।
सिरहामा ‘एचपिभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै
पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य बिमा सुधारका कार्यक्रम ल्याउँछौँ : मन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले सरकारले स्वास्थ्य बिमा सुधारका कार्यक्रम ल्याउने बताउनुभएको छ ।
स्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत गर्न बोर्डको निर्देशन
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका दाबीहरू पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
दादुरा प्रभावित क्षेत्रमा खोप लगाउन सुरु
दादुरा महामारीबाट प्रभावित सर्लाही सदरमुकाम मललङ्गवामा सोमबार बिहानदेखि विशेष खोप कार्यक्रम सुरु गरिएको छ ।
फिजियोथेरापी उपचारप्रति जनविश्वास बढ्दो
मानिसको बदलिँदो जीवनशैलीसँगै फिजियोथेरापी उपचारप्रति जनविश्वास दिनप्रतिदिन बढ्दै गएको छ । मानव स्वास्थ्यमा फिजियोथेरापीको महत्त्व बढेसँगै गण्डकी अस्पतालको फिजियोथेरापी विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ ।
नसर्ने रोग चुनौती बन्दै
पछिल्ला केही वर्षयता नेपालमा सर्ने रोगभन्दा पनि नसर्ने रोगहरु चुनौतीका रुपमा देखिएको भन्दै यसलाई न्यूनीकरण तथा रोकथामका लागि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
सुर्ती उद्योगद्वारा कानुनलाई चुनौती
विश्वभर सुर्ती उद्योगले सुर्तीजन्य पदार्थ बजारीकरण गर्दा कानुनलाई चुनौती दिँदै हस्तक्षेप गरेको पाइएको छ । यसमा नेपाल पनि १४ औँ स्थानमा परेको छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनले सुर्ती उद्योगले नेपालमा सामाजिक उत्तरदायित्वको नाममा कानुनविपरीत अनेक उपहार तथा प्रायोजन गरी सुर्ती उद्योगले कानुनलाई चुनौती दिएको पाइएको हो ।
पायल्सको अप्रेसन गर्दा युवतीको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध ढङ्गले सञ्चालित आयुर्वेद औषधालयले पायल्सको अप्रेसन गर्दा आइतबार दिउँसो एक युवतिको मृत्यु भएको छ ।