सुकुमवासीका लागि बृहत् स्वास्थ्य शिविर
नदी किनारबाट हटाइएका सुकुमवासीलक्षित सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । आइतबारसम्म शिविरमा ३०८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर सोमबारसम्म सञ्चालन हुने छ ।
स्वास्थ्य क्षेत्रमा सुधारका सङ्केत
सरकारले सय दिनभित्र गर्ने शासकीय सुधार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना कार्यलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्नका लागि निःशुल्क उपचार, असहाय र बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न र अस्पतालको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न निःशुल्क हेल्थ पोर्टल सञ्चालनमा ल्याइसकेको छ । उक्त पोर्टलमा सात वटै प्रदेशका अस्पतालमा कति शय्या छन्, निःशुल्क शय्या कति छन् भन्ने जानकारी प्राप्त गर्न सकिन्छ ।
गन्यापधुरामा १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको दुर्गम क्षेत्र गन्यापधुरामा एमबीबीएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता
राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा बालबालिकामाथिको हुने ट्रोलिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
घर आँगनमै सेवा पुर्याउन घुम्ती शिविरको तयारी
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर आँगनमै पुगेर जनतालाई सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालयबाट प्रवाह हुने सेवा जनता अर्थात सेवाग्राहीको घर आँगनमा पुगेर प्रदान गर्ने गरी एकीकृत घुम्ती शिविर सञ्चालनको तयारी गरिएको हो ।
बागलुङमा २० जना मनोविमर्शकर्ता जनशक्ति तयार
नेपालमा ५० लाखभन्दा बढी मानिस मानसिक समस्याबाट प्रभावित रहेको अनुमान छ । तीमध्ये ७० प्रतिशत बिरामी उपचारको सहज पहुँचबाट टाढा छन् ।
सर्लाहीमै मिर्गौला डायलासिस सेवा सुरु
सर्लाहीमा मिर्गौला (किड्नी) डायलासिस सेवा सुरु भएको छ । ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित नगर अस्पतालमा जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु गरिएको हो ।
जेनजी घाइतेको विवरण सार्वजनिक
सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ ।
नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
अस्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
विपन्नका लागि साहारा बन्दै 'गाउँले डाक्टर' हरिलाल
कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका ७७ वर्षीय हरिलाल चौधरी विपन्न नागरिकका लागि 'गाउँले डाक्टर' साबित हुनुभएको छ । उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका र नशा एवं हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीका लागि चौधरी भरपर्दो वैद्य बन्नुभएको हो ।
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुमबासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
हुम्लामा १० अति कुपोषित बालबालिका उपचारका लागि रिफर
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई जिल्ला बाहिरको सुविधा सम्पन्न अस्पतालस्थित पोषण पुनःस्थापना केन्द्रमा रिफर गरेको छ ।
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८३ सुरु
६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो हजार दिनभित्रका आमामा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय पोषण स्क्रिनिङ अभियान बाँके जिल्लामा प्रभावकारी रूपमा सुरु गरिएको छ ।
दुर्गम खुंखानीमा पाँच शय्याको अस्पताल निर्माण सम्पन्न
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–५ खुंखानीमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ ।
आज ओपिडी सेवा सञ्चालन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
रोग लुकाउँदा क्यान्सर जोखिम, शिविरमा २० बिरामी भेटिए
ग्रामीण भेगका नागरिकले स्वास्थ्य समस्या लुकाएर बस्दा क्यान्सर जस्तो घातक रोगको जोखिम भयावह बन्दै गएको पाइएको छ । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा बुधबार र बिहीबार सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गराएकामध्ये २० जनामा क्यान्सरको लक्षण फेला परेपछि यो तथ्य बाहिर आएको हो ।
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो नखिच्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ ।
भेरी अस्पताल घटनाबारे चिकित्सक सङ्घको स्थलगत अनुगमन
नेपाल चिकित्सक सङ्घका केन्द्रिय महासचिव डा.सन्जिव तिवारीको नेतृत्वमा आएको टोलीले नेपालगन्जस्थित भेरी अस्पतालमा पुगेर चिकित्सकमाथि भएको घटनाको स्थलगत जानकारी लिएको छ ।
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्कनुभएको छ ।
हुम्लामा डेङ्गुका बिरामी फेला
हिमाली जिल्ला हुम्लामा एक जना बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालमा उपचाररत बिरामीको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो।
प्युठानमा एम्बुलेन्सको नियमन गरिँदै
प्युठान जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको दर्ता नवीकरणका लागि प्रक्रिया अघि बढेको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सलाई मापदण्ड अनुसार नियमन गरी नवीकरण गर्ने प्रक्रिया अघि बढाएको हो ।
बर्दघाट ‘पूर्ण खोप’ र ‘संस्थागत प्रसूति सेवायुक्त’ नगर घोषणा
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई ‘पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ नगरका रूपमा दिगोपना घोषणा गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।
सरकारी जग्गामा निजी अस्पताल, ३ करोड भाडा बक्यौता
कास्कीको पोखरा महानगरमा सरकारी जग्गा सुकम्बासी, भूमिहीनले मात्र कब्जा गरेका छैनन्, विभिन्न सङ्घ, संस्थादेखि निजी प्रतिष्ठानहरुले पनि कानुनविपरीत प्रयोग गरिरहेका छन् ।
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ।