निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।
निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्मा हो : डा. तुलाधर
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्म भएको बताउनु भएको छ ।
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्छ: सभामुख घिमिरे
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।
निर्वाचन प्रहरीका लागि सप्तरीमा तीन दिनमा चार हजार ३८ जनाकाे आवेदन दर्ता
प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा तीन दिनमा ४ हजार ३८ जनाको आवेदन दर्ता गराएका छन् ।
एकल सिफारिस उम्मेदवार प्रचार–प्रसारमा व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा व्यस्त देखिएका छन् ।
प्रतिनिधिसभा निर्वाचन सफल बनाउन बाँकेमा सुरक्षा रणनीति तय
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरको उपस्थितिमा नेपालगन्जमा भएको जिल्ला सुरक्षा समिति, बाँकेको बैठकले निर्वाचनलाई सफल बनाउन विभिन्न निर्णयहरु गरेको छ ।
निर्वाचन तोकिएको मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ
भदौ २३ र २४ गते नवपुस्ता (जेनजी) को आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको कार्यादेश छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने र मुलुकमा सुशासन कायम गर्नु हो । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले सरोकारवाला निकायसँग निरन्तर संवाद गरिरहेको छ । यसै सन्दर्भमा निर्वाचन सुरक्षा चुनौती, त्यसलाई सामना गर्न गृह मन्त्रालयले गरिरहेको सुरक्षाव्य
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
'निर्वाचनको शान्ति सुरक्षामा कुनै शङ्का गर्नुपर्दैन'
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ ।
बाजुरामा एक हजार साठी निर्वाचन प्रहरी भर्ना गरिने
बाजुरामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार साठी जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
मुस्ताङमा निर्वाचन प्रहरी भर्ना हुनेको भिड
अत्याधिक चिसोका कारण सुनसान बन्दै गएको मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ ।
सोमबार अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।
हरित निर्वाचन अभियान सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई हरित निर्वाचन बनाउने अभियान निर्वाचन आयोगले सुरु गरेको छ । सरकारको हरित विकासको रणनीतिलाई सघाउँदै आयोगले हरित निर्वाचन अभियान सुरु गरेको हो, जस अनुसार आगामी निर्वाचनलाई हरित निर्वाचन नामकरण गरेर आइतबारदेखि अभियान थालेको छ । आयोगले यो अभियान आफैँबाट सुरु गर्दै निर्वाचनका गतिविधिलाई हरियो रङका साथ सम्प्रेषण गर्न थालेको छ ।
समानुपातिक निर्वाचन : सोमबार उम्मेदवारले नाम फिर्ता लिन सक्ने
२०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ।
म्यान्मामा दोस्रो चरणको मतदान
म्यान्मामा सत्तारूढ सैन्य जुन्ताले आइतबार दोस्रो चरणको चुनावका लागि मतदान प्रक्रिया सुरु गरेको छ । लोकतन्त्र निगरानी समूहले भने यसलाई सेनाले नागरिक शासनको आवरणमा आफ्नो सत्ता लम्ब्याउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ ।
निर्वाचनको तयारीमा प्रधानमन्त्री सन्तुष्ट
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी व्यवस्थित रूपमा गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।
म्याग्दीका ८ मतदान स्थल अति सम्वेदनशील
आगामी फागुन२१ गते हुने आम निर्वाचनका लागि जिल्लाम ८ मतदान स्थललाई अति सम्वेदनशील र २९ स्थानलाई सम्वेदनशीलमा वर्गीकरण गरिएको छ ।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ ।
आयोग निर्वाचनको तीव्र तयारीमा छः कार्यवाहक आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ ।
बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम, निर्वाचनको तयारी तीव्र
बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ मतदाता कायम भएका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचालन र तयारी तीव्र बनाइन थालेको छ ।
महोत्तरीमा २५८ मतदानस्थल कायम, १६३ मतदानस्थल अतिसंवेदनशील
महोत्तरीमा आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा दृष्टिले संवेदनशील तयारी गरिएको छ । जिल्लाका अधिकांश मतदानस्थलहरू संवेदनशील तथा अतिसंवेदनशील वर्गमा परेकाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।