निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ ।
बैतडीमा आठ सय बढी नयाँ मतदाता थपिए
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा मतदाता नामावली दर्तामा उल्लेख्य वृद्धि भएको छ ।
बाँकेमा १६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके जिल्लामा १६ हजारभन्दा बढी नयाँ मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा आठ हजार ३६६ मतदाता थपिएका हुन् ।
म्याग्दीमा थपिए दुई हजारभन्दा बढी मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरेर थालिएको मतदाता नामावली सङ्कलन तथा अध्यावधिकमा म्याग्दीमा दुई हजार दुई सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
गुल्मीमा थपिए २८ सय बढी नयाँ मतदाता
गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म गुल्मी जिल्लामा २८ सय २३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
गोरखामा पाँच वटा मतदान केन्द्र थप गर्न माग
गोरखामा आगामी निर्वाचनलाई सहज र सुरक्षित रुपमा सम्पन्न गर्न गोरखा जिल्लाका स्थानीय बासिन्दा तथा गोरखामा क्रियाशील राजनीतिक दलहरुले जिल्लामा थप ५ वटा नयाँ मतदान केन्द्र स्थापना गर्न माग गरेका छन् ।
ताप्लेजुङमा थपिए एक हजार ८५६ नयाँ मतदाता
ताप्लेजुङमा करिव दुई हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।
बाजुरामा १२ नयाँ मतदान केन्द्र सिफारिस
जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा थप १२ वटा नयाँ मतदान केन्द्र सिफारिस गरेको छ ।
निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्नुपर्छ : जसपा सचिव साह
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले हालै भएको युवा पुस्ताको विद्रोह र त्यसको प्रभावबारे गम्भीर प्रश्न उठाउनु भएको छ ।
निर्वाचनलाई लक्षित गर्दै धादिङमा सुरक्षा तयारीलाई प्राथमिकता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङमा सुरक्षा तयारीलाई प्राथमिकतासाथ अघि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयदेखि सुरक्षा निकायसम्म सबै संयन्त्र सव्रिmय रूपमा परिचालित भएका छन् ।
पाँचथरमा थपिए १७ सय ३१ मतदाता
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथर जिल्लामा एक हजार सात सय ३१ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।
पच्चिस मतदानस्थल अति संवेदनशील सूचीमा
सिन्धुली जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीब्र रुपमा हुँदैछ ।
गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील
गुल्मीमा ४८ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि यस जिल्लामा तयारी तीव्र रुपमा अगाडि बढेको छ ।
नयाँ दललाई हस्ताक्षर पुर्याउनै हम्मे
निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका दललाई पाँच सय जनाको हस्ताक्षर पुर्याउन हम्मे हम्मे परेको छ । दल दर्ताका लागि निवेदन दिएका अधिकांश प्रस्तावित दलले सो प्रक्रिया पूरा नगर्दा दर्ताको प्रमाणपत्र पाएका छैनन् ।
देशलाई स्थिरतामा फर्काउन सबै दल एकजुट हुनुपर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले अब अराजकता अन्त्य गरी देशलाई स्थिरतामा फर्काउन सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ ।
वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैन : आयोग
निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचमा मतदाता नामावलीसम्बन्धी सूचना नरहेको जनाएको छ ।
आमनिर्वाचन तोकिएकै मितिमा हुनु पर्छ
जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थिति अनुसार आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचन आयोग र सरकार आगामी निर्वाचनको तयारीमा जुटेका छन्
थपिए ६ लाख २० हजार नयाँ मतदाता
निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्याङ्क सोमाबार राति ९ बजेसम्मको हो ।
निर्वाचन नै अहिलेको निकासको सही बाटो : पूर्व राष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भेटवार्ता गर्नुभएको छ ।
नागरिक समाज ‘तेस्रो शक्ति’ र ‘सेतु’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित गर्न सरकारले ठोस पहल अघि बढाइरहेको बताउँदै नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।
बायोमेट्रिक दिन नपरेपछि कार्यालयमा भीडभाड कम
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि पाँच दिन म्याद थप भएको छ ।
प्रधानमन्त्री कार्की नागरिक समाजका अगुवासँग अन्तर्क्रिया गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समुचित वातावरण निर्माण गर्ने उद्देश्यले नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँग अन्तर्क्रियामा सुरु गर्नुभएको छ।
गुल्मीमा थपिए पच्चीस सय सत्तरी नयाँ मतदाता
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पच्चीस सय सत्तरी जना नयाँ मतदाताले नाम दर्ता गराउनुभएको छ।