जनताका मुद्दा संसद्मा उठाउने सांसद भुसालको प्रतिबद्धता
पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको समस्या र आवाज संसद्मा बुलन्द रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘जनताका समस्या समाधान गर्छु’
भूवैज्ञानिक र हिमनदीविज्ञका रूपमा परिचित डा. धनञ्जय रेग्मीले यही फागुन २१ गते भएको निर्वाचनबाट पहिलो पटकमै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको छ ।
रास्वपा, कांग्रेस र नेकपाको बैठक आज
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दै छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्ने भएको हो । उहाँले बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि निर्वाचन आयोगमा बुझाउने जानकारी दिनुभयो । सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ ।
सत्ताइस जना जनजाति निर्वाचित
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणामले उमेर समूह र दलीय हिसाबले परिवर्तन ल्याए पनि सामाजिक समावेशीकरणमा भने खासै परिवर्तन ल्याउन सकेन । पुराना दल र नेताहरू पराजित भएको यस निर्वाचन मतपरिणामले सामाजिक सन्तुलनमा खासै परिवर्तन ल्याउन नसकेको देखिन्छ ।
दोस्रो सातामा नयाँ सरकार
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउँदै छन् । निर्वाचन आयोगको पत्राचार अनुसार छ वटा राजनीतिक दलका तर्फबाट निर्वाचित हुने सदस्यको नामावली आइतबारसम्म पठाउनुपर्ने छ । कार्यतालिकाबमोजिम काम सम्पन्न भएमा चैत ५ गतेसम्म प्रतिनिधि सभामा २७५ सदस्यै निर्वाचित हुने छन् । प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतले यसअघिको परिणाम बदरको कुनै आदेश नगरेमा निर्वाचन परिणामले पूर्णता पाउने छ । आयोगको तयारी अनुसार चैत ५ गते नै अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइने छ ।
घट्यो बदर मत प्रतिशत
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बदर मतदानको प्रतिशत अघिल्ला निर्वाचनका तुलनामा घटेको छ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ । जसमध्ये प्रत्यक्षतर्फ ५.४५ र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको छ । बदर मतको प्रतिशत निर्धारण गर्दा दुवैतर्फको बदर मतलाई औसत मान्ने गरिएको छ । यस पटकको निर्वाचनको मतदान फागुन २१ गते भएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
एमालेले टुंगो लगायो समानुपातिकतर्फका १६ सांसद
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
‘जनताले मत दिए, हामी सुशासन दिन्छौँ’
गण्डकी प्रदेशभरिका १८ वटा निर्वाचन क्षेत्रमध्ये १५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकी रास्वपा उम्मेदवार बिना गुरुङ प्रदेशकै प्रत्यक्षतर्फ निर्वाचित एक मात्र महिला सांसद बन्नुभएको छ ।
चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नाै लाख, अरु नेता कसको कति ?
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ ।
डा. स्वर्णिम वाग्लेद्वारा झन्डै २७ लाखको निर्वाचन खर्च विवरण सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
स्वतन्त्रबाट विजयी महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा. महावीर पुनले चुनावी खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ ।
सुशासनको वाचा पूरा गर्ने पाठकको लक्ष्य
शिक्षण, सामाजिक सेवा र सार्वजनिक जीवनमा लामो अनुभव बोकेका देवराज पाठकले संसदीय यात्रा सुरु गरेको दोस्रो पटकमै बाजी मार्नुभएको छ । अघिल्लो प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. १ मा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पाठक यस पटक भारी मतान्तरले विजयी हुँदै सङ्घीय संसद्को ढोका खोल्नुभएको छ । हाल पार्टीको लुम्बिनी प्रदेश सभापति तथा केन्द्रीय समिति सदस्यसमेत रहेका पाठक साहित्य लेखनमा पनि उत्तिकै रुचि राख्नुहुन्छ । विसं २०२२ चैतमा दाङको गढवा गाउँ
‘विकास पहिलो प्राथमिकता’
सल्यानबाट प्रतिनिधि सभामा पहिलो पटक नवनिर्वाचित सांसद रमेश मल्लले जिल्लाको विकासका लागि सडक तथा आधारभूत पूर्वाधार सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
‘जनताका समस्या सदनमा बुलन्द गर्छु’
कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले यस क्षेत्रका जनताको समस्या सदनमा प्राथमिकताका साथ उठाउने बताउनुभएको छ । निर्वाचित भएपछि पछिल्लो समय जनताका समस्या सुन्न टोल, बस्तीमा भेटघाटमा व्यस्त प्रतिनिधि समा सदस्य धामीले गोरखापत्रसँग कुरा गर्दै यहाँका समस्या समाधानका लागि सदनमा आवाज बुलन्द गर्ने बताउनुभयो । सांसद धामीले क्षेत्र–१ मा रानाथारू समुदायको छुट्टै पहिचान सूचीकृतका लागि पहल गर्ने, भन्सार, सीमा समस्या समाधान, बेलौरी कलुवार सडक शीघ्र निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समानुपातिकमा रास्वपालाई सन्ताउन्न सिट
निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फको मतगणना बुधबार नै सकिएको थियो । तर जिल्लाबाट प्राप्त विवरणलाई अध्ययन गरेर आयोगले बिहीबार सिट बाँडफाँटको टुङ्गो लगाएको हो ।
आयोगद्वारा निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ ।
निर्वाचन आयोग समानुपातिकले सिट सङ्ख्या टुङ्गो लाग्यो, कुन दललाई कति सिट ?
निर्वाचन आयोगले समानुपातिकतर्फकाे मत परिणाम सार्वजनिक गरेकाे छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फकाे एक सय १० सिटकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
मतदानपछि मतदाता भारत फर्किन थाले
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् ।
निर्वाचन खर्च विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ।
रुकुमपश्चिमका ९४९ निर्वाचन प्रहरीको बिदाइ
फागुन २१ गते सम्पन्न निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरुको औपचारिक रुपमा बिदाइ गरिएको छ ।
सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुराक्षार्थ खटी आफ्नो जिम्मेवारी पूरा गरेका निर्वाचन प्रहरीहरुको विदाइ गरिएको छ ।
‘पहिलो आमनिर्वाचन २०१५’ वर्तमानका लागि दृष्टिविन्दु
ऐतिहासिक महत्त्व: २००७ सालको क्रान्तिपछि २०१५ सालमा मात्र किन निर्वाचन भयो भन्ने ऐतिहासिक अन्योललाई पुस्तकले चिरेको छ।