निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
'पुराना दल छाडे, रास्वपाबाट जिते'
सप्तरीमा चारवटै प्रतिनिधि सभा सदस्य क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ । जितेका चारमध्ये तीन जनाको राजनीतिक पुष्ठभूमी पुरानो दलसँग जोडिएको छ । जिल्लाको क्षेत्र नं १ बाहेकका तीन वटा क्षेत्रका विजेताहरुको पृष्ठभूमी पुराना दलसँग रहेको छ ।
गण्डकी प्रदेशकी एक्ली सांसद महिला
छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका एक सय ६५ सिटमध्ये १४ सिटमा मात्र महिलाले जित हात पारेका छन् ।
इलाममा १८ जना उम्मेदवारको जमानत जफत
२१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलामका २७ मध्ये १८ जना उम्मेदवारको जमानत जफत भएको छ ।
रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोस्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो
दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ ।
सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको छ ।
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ ।
सबैको सहयोगले निर्वाचन शान्तिपूर्ण सम्पन्नः मुख्य निर्वाचन अधिकृत श्रेष्ठ
मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले सबैको सहयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभएको छ ।
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् ।
समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ ।
निर्वाचन: दुई हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाको मत 'शून्य'
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ ।
जनमतसँगै युवाको आशा: भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवामा जोड
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ ।
सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक तर्फ ९२ हजारभन्दा बढी मत बदर
सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ ।
निर्वाचन खर्च विवरण सार्वजनिक गर्न आग्रह
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी बुझाउन आग्रह गरेको छ ।
सभापति लामिछानेद्वारा निर्वाचन खर्च विवरण सार्वजानिक
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गर्नुभएको छ । उहाँ रास्वपाका पार्टी सभापति समेत हुनुहुन्छ ।
सकियो समानुपातिकतर्फको मतगणना
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।
सोलुखुम्बुमा तीन हजार ७६४ मत बदर
तिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा तीन हजारभन्दा बढी मत बदर भएको पाइएको छ ।
एक लाखभन्दा बढी मत बदर
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा एक लाखभन्दा बढी मत बदर भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर खसेको कुल १९ लाख ५२ हजार ८६४ मतमध्ये एक लाख दुई हजार ९५६ मत बदर भएको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशभर करिब ५.२७ प्रतिशत मत बदर भएको छ ।
जाजरकोटमा समानुपातिक तर्फ कांग्रेस पहिलो
जाजरकोटमा समानुपातिक तर्फको परिणाममा नेपाली कांग्रेस पहिलो भएको छ । सात वटा स्थानीय तहका १४७ मतदान केन्द्रमा खसेको मत गणना गर्दा कांग्रेस पहिलो दल बनेको हो ।
दुई सातापछि नयाँ सरकार
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने प्रणालीको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ११० जना उम्मेदवार टुङ्गो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आउँदै
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम २०८२ चैत पहिलो साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फ (पहिलो निर्वाचित हुने) प्रणालीको मतपरिणाम आइसकेको र समानुपातिकतर्फ मतगणना पनि सम्पन्न भएपछि प्रतिवेदन पेस गर्ने तयारीमा निर्वाचन आयोग जुटेको हो ।
सहकार्य गर्ने भारतको प्रतिबद्धता
नेपालको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सानदार जित हासिल गर्न सफल भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिनुभएको छ । उहाँले टेलिफोन गरेरै उहाँहरूलाई जितका लागि बधाई दिनुभएको हो ।
प्रत्यक्षमा एक जना दलित विजयी
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ नै दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुनुहुन्छ ।