बागमती प्रदेशमा मतदाता नामावली दर्ता गराउने युवाको सङ्ख्या अधिक
आगामी फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन कार्यालयहरुमा मतदाता नामावली दर्ता गराउनेहरुको विशेष घुइँचो लाग्दै आएको छ ।
विदेशबाटै नेपालीले मतदान गर्न सक्ने प्रविधि तयारीमा सरकार
प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिंदै गर्दा सरकारले फाल्गुन २१ गते हुने चुनावमा नयाँ प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका सबै नेपाली नागरिकलाई विदेशबाटै कसरी आफ्नो मतदानको अधिकार प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायबिच छलफल गरेको छ।
एक लाख ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
निर्वाचन आयोग नेपालले आज नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ।
गुल्मीमा १८ सयभन्दा बढी नयाँ मतदाता
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पनि नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य तीव्र रुपमा अघि बढिरहेको छ ।
दाङमा १२ नयाँ मतदानस्थल थप्ने तयारी
दाङमा आगामी निर्वाचनका लागि १२ नयाँ मतदानस्थल थप्ने तयारी गरिएको छ । भौगोलिक विकटतालाई मध्यनजर गर्दै निर्वाचनमा सबै मतदाताको भोट सुनिश्चिता गर्ने गरी जिल्लाका सात स्थानीय तहमा १२ मतदानस्थल थपका लागि प्रक्रिया अघि बढाइएको हो ।
मतदाता नामावली सङ्कलनमा देखिएन उत्साह
जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वमा मतदाता नामावलीमा नाम दर्ता गराउनेमा उत्साह कम देखिएको छ । विगतका निर्वाचन हुन गइराखेको समयभन्दा यस पटकको निर्वाचन हुन गइरहेकोमा मतदाता नामावली सङ्कलन गर्नेमा उत्साह कम देखिएको हो ।
निर्वाचन आयोगले भन्यो : एकीकृत सुरक्षा देऊ
निर्वाचन आयोगले नेपाली सेनासहित चार वटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गर्न सुझाव दिएको छ । निर्वाचनको वातावरण बनाउन सुरक्षा पहिलो सर्त रहेको बताउँदै राजनीतिक दलहरूले सरकार र निर्वाचन आयोगलाई आग्रह गर्दै आएका पनि छन् ।
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : एक थोपा रगत नबगाई चुनाव गराउने लक्ष्य
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनु भएको छ।
उपत्यकामा मतदाता दर्तामा युवाको उत्साहजनक सहभागिता
काठमाडौं उपत्यकाका तीनै जिल्लामा विशेष गरी २५ वर्षभन्दा कम उमेरका युवाको उत्साहजनक सहभागिता देखिएको छ ।
निर्वाचन नजिकिँदै गर्दा बारामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड
राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न व्यस्त भएका छन् ।
दाङमा मतदाता सङ्कलनमा उत्साह देखिएन
गत असोज १२ गतेदेखि सुरु गरिएको दर्ता तथा अद्यावधिक अभियानको एक महिनाभित्र हालसम्म जम्मा एक हजार पाँच सय १४ जना नयाँ मतदाता मात्र थपिएका छन् ।
निर्वाचन सफल पार्न शान्ति सुरक्षामा विशेष ध्यान दिन्छु : प्रजिअ तामाङ
सिराज खान नेपालगन्ज, कात्तिक १९ गते । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई भव्य रुपमा सफल पार्न केन्द्रित भएर काम गर्ने बताउनुभएको छ।प्रजिअ तामाङले पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा जिल्लाको समग्र अवस्था र संवेदनशीलतालाई ध्यानमा राखेर सदभाव र शान्ति सुरक्षामा विशेष ध्यान दिने बताउनुभएको हो ।उहाँले निर्वाचनलाई सफल बनाउने सबैको साझा जिम्मेवारी भएको जनाउँदै आफूले पाएको कानुन अनुसारको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रजिअ तामाङले भन्नुभयो, “सिडिओले के-के गर्नुपर्छ भन्ने कुरा कानुनले नै भनेकाले मैले बाँकेमा त्यसको जिम्मेवारी इमानदारीपूर्वक कार्यान्वयन गर्ने छु । जिम्मेवारीमा बस्दा गरेका कामकारबाहीको सम्बन्धमा आलोचना र प्रश्न मज्जाले गर्नुहोला ।” सो अवसरमा उहाँले भारतीय सीमानासँग जोडिएको यो जिल्लाको शान्ति सुरक्षा देखि लिएर सामाजिक र धार्मिक सदभाव बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्ने पनि बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋिषि चौलागाईँ, प्रदेश सचिव गोविन्द शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका सभापति नविन गिरी, पूर्व सभापति रुद्र सुवेदी, पत्रकारहरु अर्जुन ओली, प्रियास्मृति ढकाल र विजय मल्ल लगायतले सूचना प्रवाह गर्ने सवालमा पारदर्शी भएर छिटो छरितो सूचना दिन आग्रह गर्दै मिडिया मैत्री भएर काम गर्न प्रजिअलाई सुझाव दिनुभयो । सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप अनुसन्धान निर्देशक हरिश बहादुर विष्टको पनि उपस्थिति थियो ।
‘सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण’
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको उच्च प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताउनु भएको छ ।
मतदाता नामावली सङ्कलनमा जारी छ चाप
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।
निर्वाचनलाई लक्षित सुरक्षा तयारी सुदृढ गर्न गृहमन्त्री अर्यालको निर्देशन
आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई उच्च सतर्कता र सुदृढ तयारीका साथ खटिन निर्देशन दिनुभएको छ।
निर्वाचन पर्यवेक्षण अनुमतिका लागि निवेदन आह्वान
निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई निवेदनका लागि आह्वान गरेको छ।
निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताउनु भएको छ ।
म्यान्माको आगामी चुनावमा पर्यवेक्षक नपठाउने आसियानको निर्णय
दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले डिसेम्बर महिनामा म्यान्मामा हुन लागेको आमनिर्वाचनमा पर्यवेक्षक नपठाउने निर्णय गरेको छ ।
झापामा मतदाता सङ्ख्या छ लाख ८२ हजार ९९३ जना कायम
जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबिचको संवादले निर्वाचनको माहोल बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र राजनीतिक दलहरुबिच भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारपक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”
बोलिभियाको नयाँ राष्ट्रपति चयनको विरोध
बोलिभियामा सोमबार सयौँ प्रदर्शनकारी मतगणनाका क्रममा धाँधली भएको भन्दै पुन मतगणनाको माग गर्दै सडकमा उत्रिएका छन् ।
प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलसँग छलफल गर्नुहुँदै
प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ ।
फागुन २१ को निर्वाचन सफलतापूर्वक सम्पन्न हुने राष्ट्रपतिको विश्वास
निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१–८२ का मुख्य काम, कारबाही र उपलब्धिहरू समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पेश गरेको छ।
निर्वाचनलाई ‘राष्ट्रको काँचुली फेर्ने महाअभियान’का रूपमा सफल बनाउन आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गर्नुभएको छ ।