हारजितमा झिनो र फराकिलो मतान्तर
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक हुँदा केही उम्मेदवार यस्तो भाग्यमानी ठहरिए, जो प्रतिस्पर्धीलाई अत्यान्त झिनो मतले उछिनेर भए पनि निर्वाचित भए । तर केही उम्मेदवार भने निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पारेर आरामसँग विजयी बने । यस्ता भाग्यमानी उम्मेदवारमध्येका एक हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ओखलढुङ्गाका उम्मेदवार विश्वराज पोखरेल । पोखरेलले प्रतिस्पर्धीलाई मात्र पाँच मतको अन्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
बुधबारसम्म समानुपातिक प्रणालीतर्फको मतगणना सकिने
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ ।
कर्णालीभर ९० उम्मेदवारको जमानत जफत
प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ ।
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ ।
श्रम संस्कृतिसहित ६ दलले पाए राष्ट्रिय दलको मान्यता
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ ।
चुनावी मैदानमा १० पूर्व स्वास्थ्य मन्त्री पराजित
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा १० जना पूर्व स्वास्थ्य मन्त्रीहरू पराजित भएका छन्।
नवलपरासीमा ५ प्रतिशत बढी मत बदर
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पश्चिम नवलपरासीका दुई वटा निर्वाचन क्षेत्रमा पाँच प्रतिशत बढि मत बदर भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फ कुल खसेको मत ३ लाख ४४ हजार ३९८ मध्ये १८ हजार ४६६ मत (५.३६ प्रतिशत) बदर भएको छ । प्रत्यक्ष तर्फ धेरै मत बदर भएको छ ।
रौतहटमा १२८ उम्मेदवारको धरौटी जफत
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रौतहटका चार वटा निर्वाचन क्षेत्रका १२८ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
पाल्पामा २३ जना उम्मेदवारको जमानत जफत
पाल्पामा पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारहरूको जमाानत जफत भएको छ । पाल्पा-१ मा १३ र पाल्पा-२ मा १६ गरी २९ जना उम्मेदवारहरूमध्ये २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
निर्वाचन परिणाम चैत पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने
निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार
मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् ।
निर्वाचन प्रहरीलाई उद्यमशीलतासँग जोड्न सरकारकाे ध्यानाकर्षण
नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचनमा खटिएका निर्वाचन प्रहरीलाई बिदाइपछि सीप र उद्यमशीलतासँग जोड्न सरकारसँग माग गर्नुभएको छ।
झापामा ३९ उम्मेदवारले सय मत कटाएनन्
फागुन २१ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गरी पहिलो पार्टी बनेको छ भने श्रम संस्कृति पार्टीले पुराना दलहरूलाई चुनौती दिँदै तेस्रो स्थान हासिल गरेको छ ।
रौतहटमा २२ हजार मत बदर
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट जिल्लामा १ सय २८ जना उम्मेदवारको जमानत जफत भएको छ भने २२ हजारभन्दा बढी मत बदर भएको छ ।
मतदाता शिक्षा कमजोर हुँदा मुगुमा एक हजारभन्दा बढी मत बदर
प्रतिनिधिसभा सदस्य निर्वाचनअघि मुगु जिल्लाका चारवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिए पनि बदर मतको सङ्ख्या उल्लेख्य देखिएको छ ।
श्रम संस्कृति बन्यो राष्ट्रिय पार्टी
प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ 'थ्रेसहोल्ड' कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
बाँकेमा ४७ उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ ।
सप्तरीमा तीन राष्ट्रिय अध्यक्ष पराजित
सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी जिल्लाबाट तीनवटा राजनीतिक दलका राष्ट्रिय अध्यक्ष पराजित भएका छन् । पराजित हुने तीनै जना मधेसकेन्द्रित दलका अध्यक्ष हुनुहुन्छ ।
धनुषाका तीन क्षेत्रमा रास्वपा र एकमा नेकपा विजयी
धनुषा जिल्लाका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार निर्वाचित भएका छन् ।
सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मतपत्र बदर
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरीमा प्रत्यक्षतर्फ झण्डै ७ प्रतिशत मत बदर भएको छ ।
लमजुङमा समानुपातिकतर्फ रास्वपालाई दोब्बर मत
लमजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य राजनीतिक दलको तुलनामा दोब्बरभन्दा बढी मत प्राप्त गरेको छ ।
तनहुँमा पूर्वमन्त्री न्यौपानेसहित २३ उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ ।
प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका तीन पराजित
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चुनावमा होमिनुभएको थियो ।
तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम
तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ ।