यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ ।
व्यवसायीदेखि पूर्वप्रशासकसम्म
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा उद्योग तथा व्यवसायको क्षेत्रमा प्रसिद्धि कमाएका थुप्रै व्यक्ति उम्मेदवार बनेका छन् । विगतमा जस्तै यस पटक पनि निर्वाचनमा होमिएका व्यक्ति अर्बपतिदेखि शिक्षा, स्वास्थ्य, होटेल, पर्यटन, चिकित्सा, निर्माण, जलविद्युत्, घरजग्गालगायतका व्यावसायिक क्षेत्रमा स्थापित छन् । साथै प्रशासन, सुरक्षालगायतका क्षेत्रबाट नेतृत्व तहमा पुगेका व्यक्ति पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस्ता व्यक्ति नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सानादेखि ठुला दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गतेलाई तोकिएको छ ।
अब विकासका एजेन्डामा केन्द्रित हुनुपर्छ : अध्यक्ष उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानताको संघर्षसँगै अब विकासका एजेन्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा महोत्तरीका मतदान केन्द्रको अनुगमन
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीको सिमावर्ती क्षेत्रको अनुगमन गर्नुभएको छ ।
बाँकेमा राजनीतिक दल र उम्मेदवार चुनावी प्रचारको रणनीति बनाउन व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन तनहुँका दलहरू प्रतिबद्ध
तनहुँका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको अक्षरसः पालना गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गर्नुभएको छ।
मधेश कांग्रेसको जन्मभूमि हो : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताउनुभएको छ । बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो ।
महोत्तरीमा जेनजीको राजनीतिक प्रवेश, आठ युवा उम्मेदवार
महोत्तरीको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिबिम्बित गरेको छ ।
निर्वाचन निष्पक्ष गराउन सरकार प्रतिबद्ध
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । सर्लाहीको लालबन्दीस्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक जुटपानीमा मङ्गलबार साँझ सर्लाहीका सुरक्षा अधिकारीलाई निर्वाचनलक्षित निर्देशन दिँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । परराष्ट्रमन्त्री शर्माले जिल्लाका सुरक्षा अधिकारीसँग सर्लाहीमा निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजनाबारे जानकारीसमेत लिनुभएको छ ।
उदयपुरमा बहुपक्षीय प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं. १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि चुनावी माहोल भने फरक ढङ्गले अगाडि बढेको छ । विगत दुई दशकदेखि नेपाली कांग्रेसको एकछत्र प्रभाव रहँदै आएको यस क्षेत्रमा दल विभाजन, गठबन्धन गर्ने परिपाटीको अन्त्य, विभिन्न घटकका कम्युनिस्ट पार्टी एकताको प्रयोग र नयाँ राजनीतिक शक्तिको उदयले यसअघिको चुनावी अभ्यासलाई फरक बनाएको छ ।
मोदीलाई दुई घिमिरेको चुनौती
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ४ मा राजनीतिक चासो बढेको छ । लगातार दुई पटक निर्वाचित भई तेस्रो इनिङ्सको तयारीमा रहेका पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र उहाँलाई रोक्न मैदानमा उत्रिएका नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे एवं एमालेका जीवन घिमिरेबिचको त्रिपक्षीय भिडन्तले यस क्षेत्रलाई चर्चामा ल्याएको हो । आगामी निर्वाचन मोदीको व्यक्तिगत लोकप्रियताको वास्तविक परीक्षासमेत हुने छ ।
नवलपुरमा नयाँ उम्मेदवारको वर्चस्व
दुई पदका लागि नवलपुरमा २६ वर्षका जेनजीदेखि ७० वर्ष कटेकासम्म ३६ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये आठ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी दलीय आधारमा प्रतिस्पर्धामा छन् ।
चुनाव चिन्हसहित चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार लेखक
प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ, भीमदत्त नगरपालिका–६ ऐठपुरका थानेश्वर लेखक । कञ्चनपुर निर्वाचन क्षेत्र–३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका ४३ वर्षीय लेखक ‘डस्टबिन’ चुनाव चिन्हसहित चुनावी मैदानमा होमिनुभएको हो ।
दुई पूर्वमन्त्रीसँग पूर्वनगरप्रमुखको टक्कर
दाङको पश्चिम क्षेत्र अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ यस पटक निकै चासो र चर्चाको केन्द्र बनेको छ । दुई जना पूर्वमन्त्री र एक पूर्वनगरप्रमुखसहित २५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा यहाँको प्रतिस्पर्धा रोचक मात्र होइन, बहुपक्षीय र अनिश्चित बनेको छ । पुराना अनुभवी नेतासँगै नयाँ राजनीतिक अनुहारको उपस्थितिले मतदातालाई विकल्प दिनुका साथै मत विभाजनको सम्भावना पनि बढाएको छ ।
मतदाता शिक्षाको आवश्यकता
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा जिल्लाका अधिकांश अशिक्षित, दलित तथा पिछडावर्गका मतदाताले मतदान शिक्षाको आवश्यकता महसुस गरेका छन् । ती समुदाय तथा वर्गका मतदातासमक्ष चुनावी गतिविधि पुगे पनि मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणाली अनुरूप मतदान गर्ने तरिकाबारे अनभिज्ञता जनाएका छन् ।
काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला अधिकृतलाई
आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ ।
चर्चामा झापा ५, ओली–साह प्रतिस्पर्धाको देशभर चासो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र ५ अहिले देशको सबैभन्दा धेरै चर्चामा रहेको क्षेत्र बनेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको उम्मेद्वारीले यो क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको हो ।
१६५ निर्वाचन क्षेत्रमा कांग्रेसका १०६ नयाँ अनुहार मैदानमा
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दा १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ।
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
अनुगमन अधिकृतलाई छुट्टै छाप, आचारसंहितामा कडाइ गरिने
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला तहमा खटिने अनुगमन अधिकृतहरूलाई विशेष अधिकारसहितको ‘छाप’ प्रयोग गर्न निर्देशन दिएको छ।
पाँच उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै सातवटा स्पष्टीकरण सोधेको छ । सो स्पष्टीकरणमा विभिन्न उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेका उल्लेख छ।
सुनसरी क्षेत्र नं. ३ मा पुरानै प्रतिस्पर्धी मैदानमा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् । प्रमुख राजनीतिक दलका केन्द्रीयस्तरका प्रभावशाली नेताबिच नै प्रतिस्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा (एमाले) का नेतृ भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीबिच प्रतिस्पर्धा हुने भएकाले यस क्षेत्रको निर्वाचनलाई विशेष रूपमा हेरिन थालिएको छ ।