सुनसरी क्षेत्र नं. ३ मा पुरानै प्रतिस्पर्धी मैदानमा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रेका छन् । प्रमुख राजनीतिक दलका केन्द्रीयस्तरका प्रभावशाली नेताबिच नै प्रतिस्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा (एमाले) का नेतृ भगवती चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीबिच प्रतिस्पर्धा हुने भएकाले यस क्षेत्रको निर्वाचनलाई विशेष रूपमा हेरिन थालिएको छ ।
नयाँ दल उदाउने पुराना पकड जमाउने कोसिसमा
सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ दल उदय र पुरानो दल पकड कायम राख्ने कोसिसमा छन् । चार वटा निर्वाचन क्षेत्रमध्ये सर्वाधिक मतदाता रहेको यस क्षेत्रमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), स्वाभिमान, जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल निर्माण गर्न सक्ने उम्मेदवारलाई मतदान गर्नुस्
विशेष परिस्थितिका बिच फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार ९० प्रतिशत तयारी पूरा भएको छ । उम्मेदवारी दर्ता भइसकेको छ । राजनीतिक दल चुनावी अभियानमा तीव्र रूपमा लागिरहेका छन् ।
महोत्तरीमा निर्वाचन प्रतिस्पर्धा : अनुभवी र नयाँको परीक्षा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले महोत्तरी जिल्लाको राजनीतिक वातावरण असाध्यै तातिएको छ । मधेशको राजनीतिमा सधैँ अर्थपूर्ण भूमिका खेल्दै आएको यो जिल्ला यसपटक झनै विशेष चासोको विषय बनेको छ ।
चुनावी मैदानमा बाँकेका चार महिला उम्मेदवार
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् ।
आचारसंहिता पालना गर्ने प्रतिबद्धता
मकवानपुरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
डडेलधुराका मतदाताले ३४ वर्षपछि पाए नयाँ अनुहार
विसं २०४८ देखि निरन्तर उम्मेदवार भएर सात पटक चुनाव जित्नुभएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक उम्मेदवार नबनेपछि डडेलधुराका मतदाताले ३४ वर्षपछि नयाँ अनुहारका उम्मेदवारलाई मत हाल्न पाउने भएको छ । मनोनयन दर्ताको एक दिनअघि मात्रै पूर्वसभापति देउवा उम्मेदवार नबन्ने खबर बाहिर आएको थियो ।
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
आचारसंहिता अनुसारै राष्ट्रिय झन्डा प्रयोग गर्नू : कांग्रेस
नेपाली कांग्रेसले निर्वाचनको मैदानमा निश्चित सङ्ख्यामा राष्ट्रिय झन्डाको प्रयोग गर्न पाउने वैधानिक व्यवस्था अनुसार मर्यादा र उच्च सम्मानको हेक्का राख्न परिपत्र गरेको छ । कांग्रेसले सबै कार्यसमितिलाई परिपत्र गरेर आचारसंहितामा उल्लेख गरिएबमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्न निर्देशन दिएको हो ।
आचारसंहिता परिपालनामा कडाइ गर्दै आयोग
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएसँगै आचारसंहिता उल्लङ्घनका घटना नियमन र नियन्त्रणमा निर्वाचन आयोगले कडाइ गरेको छ । आयोगले मनोनयन दर्तासँगै प्रचारका घटनामा केन्द्रित रहेर उम्मेदवार तथा संस्थालाई समेत स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगको राजनीतिक दल तथा कानुन महाशाखाका अनुसार आइतबारसम्म आठ वटा स्पष्टीकरण सोधिएको छ । जसमा बहालवाला मुख्यमन्त्रीदेखि उम्मेदवारसम्म छन् ।
उम्मेदवारको सुरक्षामा विशेष सतर्कता
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनसँगै थप सुरक्षा सतर्कता अपनाइएको छ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारहरूको आवतजावत र बसाइमा कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृ
निर्वाचनको अन्तिम तयारीमा आयोग
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको अन्तिम तयारी भइरहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपालद्वारा सोमबार आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले मतदानका लागि अन्तिम तयारीका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
चुनौतीको घेरामा पूर्वप्रम नेपाल
नेपाली कांग्रेससहित प्रमुख राजनीतिक दलले गठबन्धन नगरी आफ्नै उम्मेदवार उठाएपछि रौतहट क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसबाट अनिलकुमार झा, नेकपा (एमाले) बाट अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेशकुमार चौधरी, जनता समाजवादी पार्टी नेपालबाट योगेन्द्र यादवसहित ३९ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।
मधेशले कांग्रेस र प्रजातन्त्रलाई लगाएको गुण भुल्न सकिँदैन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको बताउनु भएको छ ।
प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
२०८२ फागुन २१ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
एमाले नेता गुरुङलाई कांग्रेस–रास्वपा उम्मेदवारको चुनौती
बाह्र वर्षपछि राजनीतिक दलहरुबिच एक्ला–एक्लै प्रतिष्पर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुभएका हेवीवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई यस पटक कांग्रेस र रास्वपाका उम्मेदवारले चुनौती दिने बताएका छन् ।
चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार
यातायात व्यवसायी तथा मजदुरका मुद्दा बोकेर आगामी प्रतिनिधीसभा निर्वाचनमा चार यातायात व्यवसायी उम्मेदवार बन्नुभएको छ ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।
निर्वाचन सुरक्षामा कमी कमजोरी नगरी खटिन महानिरीक्षक अर्यालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनीधि सभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
कल सेन्टरमा जिज्ञासाको चाङ : मतदाता नामावली र आचारसंहितामा बढी चासो
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आकर्षण बढेको छ । माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको छ ।
कांग्रेस सभापति थापालाई सर्लाहीमा स्वागत
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार दिउँसो सर्लाही आइपुग्नुभएको छ ।
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन् ।
आचारसंहिता उल्लङ्घन : मुख्यमन्त्रीदेखि उम्मेदवारसम्मलाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीदेखि विभिन्न उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको छ।
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गर्नुभएको छ ।