• २५ फागुन २०८२, सोमबार

पाँचथरमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टि पहिलो

blog

पाँचथरमा समानुपातिक तर्फको मत गणना गर्दै गरिएको दृश्य । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, फागुन २५ गते । पाँचथरमा समानुपातिक तर्फको पनि मतगणना सकिएको छ । अन्तिम मत परिणाम सार्वजनिक हुँदा श्रम संस्कृति पार्टिलाई सबैभन्दा धेरै मत प्राप्त भएको छ ।

अञ्जुलीमा माटो चुनाव चिन्ह रहेको यो दललाई पाँचथरबाट १८ हजार ३६८ मत प्राप्त भएको हो ।

जिल्लाबाट नेपाली काँग्रेसले १४ हजार १ सय मत प्राप्त गरेर दोस्रो भएको हो । यस्तै, १३ हजार ४ सय १५ मत सहित नेकपा (एमाले) तेस्रो र ७ हजार ७ सय ६० मत प्राप्त गरेर नेपाली कम्युनिस्ट पार्टी चौथो भएको छ ।

यसैगरी समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७ हजार २ सय ९१ मत प्राप्त गरेर पाँचौ र ३ हजार ८ सय १५ मत सहित राष्टिय परिवर्तन पार्टि छैटौं भएको छ ।

जिल्लास्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा पाँचथरबाट  माथिका पाँचसहित ५७ वटा दलका चुनाव चिन्हमा मत प्राप्त भएका छन् । यहाँ समानुपातिकतर्फ ६८ हजार ७ सय ७० मत खसेको थियो । जसमध्ये ७१ हजार ५सय ३६ सदर भएका छन् । दुई हजार ७ सय ६५ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले बताउनुभयो ।