• ३ वैशाख २०८३, बिहिबार

अधिकार सुरक्षित नभएसम्म होर्मुज जलक्षेत्र नछोड्ने इरानको चेतावनी

blog

इरानका पूर्वसर्वोच्च नेता खामेनी ।

तेहरान, वैशाख, ३ गते । इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्ण सुरक्षित नभए सम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन् । इरानी बन्दरगाहमा सैनिक नाकाबंदी गरे पछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन् । 

मिडियाका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) का पूर्व कमान्डरसमेत रहेका सल्लाहकार, रेजाईले इरानको जलमार्गलाई आर्थिक र समुद्री गतिविधिमा प्रतिबन्धमा नियन्त्रण कायम राख्ने बताउनुभएको छ । आफ्नो अधिकार पूर्णरूपमा सुरक्षित नभएसम्म इरानले स्ट्रेट अफ होर्मुज नछोड्ने उल्लेख गर्दै उहाँले विगतको वार्ताका विषयमा ध्यान केन्द्रित गर्दै सम्झौता थप सावधानीपूर्वक मस्यौदा बनाउनु पर्ने बताउनुभएको छ । 

पछिल्लो समयमा होर्मुजको जलक्षेत्र इरान र अमेरिकाबिच चलिरहेको द्वन्द्वको केन्द्रबिन्दु बनेको छ । संयुक्त राज्य अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबंदी कार्यान्वयन गरिएको बुधबार घोषणा गर्दै, अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज लगायत प्रमुख क्षेत्रीय जलमार्गहरूमा अवरोध सिर्जना गरेको छ । सेन्टकमका कमाण्डर एडमिरल ब्राड कुपरले विज्ञप्ति जारी गर्दै अपरेसन सुरु भएको ३६ घण्टा भित्रै अमेरिकी सेनाले इरानमा प्रवेश गर्ने बताउनु भएको छ । रासस/एएनआइ