रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
प्रधान न्यायाधीश सिफारिस प्रक्रिया संविधानसम्मत नभएको जिकिरसहित सर्वोच्च अदालतमा पेस भएका तीन वटा रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) भएका छन् । सर्वोच्च अदालत प्रशासनले तीन वटै रिट दरपीठ गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको संवैधानिक परिषदले डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस अनुसार शुक्रबार नै संसदीय सुनुवाइको प्रक्रियासमेत अघि बढिसकेको छ ।
पन्ध्र अवैतनिक वाणिज्यदूत पदमुक्त
सरकारले विदेशस्थित १५ जना नेपाली अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।
अन्तर्राष्ट्रिय सहकार्यमार्फत आर्थिक समृद्धि
सभामुख डोलप्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्व बढ्दै गएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य आधारस्तम्भमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्धन, आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
रास्वपाको ‘नीतिमन्थन’ : विपत् पूर्वतयारी र व्यवस्थापन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपत् जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रियस्तरको ‘नीतिमन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ । जलवायु परिवर्तनसँगै नेपालमा प्राकृतिक विपत्का घटना बढ्दो क्रममा रहेका बेला रास्वपाले नीतिगत बहसलाई केन्द्रमा राख्दै पूर्वतयारी र व्यवस्थापनबारे व्यापक छलफल सुरु गर्न लागेको हो ।
भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन हुने
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ ।
उपकुलपतिका लागि एकीकृत कार्यविधि
सरकारले विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ को व्यवस्थाबमोजिम आठ वटा विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनोट प्रक्रिया अगाडि बढाएको हो ।
महानगरको बिचमा अस्थिपञ्जर भवन
सङ्घीय राजधानी काठमाडौँको मुटु मानिने पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ ‘भ्यु टावर’ समयमै सम्पन्न नहुँदा सहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको छ । मुख्यतया बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स तथा व्यवस्थित बस टर्मिनलको उद्देश्यले निर्माण सुरु गरिएको यस टावरको निर्माण स्थल लामो समयदेखि जस्तापाताले घेरिएको र अधुरो कङ्क्रिट संरचना अस्थिपञ्जर जस्तो देखिन्छ ।
लहना साप्ताहिकको वार्षिकोत्सवमा आठजना सम्मानित
नेपाल भाषाको साप्ताहिक पत्रिका लहनाले १३ औं वार्षिकोत्सव मनाएको छ । १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेशको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा विभिन्न विधाका ८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
वडामै सेवा पुुग्दा गाउँलेहरू खुसी
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाले वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी भएका छन् । भौगोलिक रुपमा दुुर्गम क्षेत्र रहेको गाउँपालिकामा गाउँपालिका केन्द्रसम्म सेवा लिन आउन समस्या भएपछि पालिकाले वडा–वडामै घुम्ती शिविर सम्पन्न गरेको हो ।
बेपत्ता रहनुभएका ८० वर्षीय वृद्ध मृत फेला
झापाको हल्दिबारीमा बिहीबारदेखि हराइरहनु भएका ८० वर्षीय वद्ध मृत अवस्थामा भेटिनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका घर भएका ८० वर्षीय मानभक्त लावती हल्दिबारी गाउँपालिका–१ स्थित पैनीमा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँ छोरीको घरमा बस्दै आउनु भएको थियो ।
‘सती घाटु’ नाचको संरक्षण गरिँदै
जिल्लामा लोपोन्मुख ‘सती घाटु’ नाच संरक्षण गरिएको छ । पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको सिसाखानी र गलकोट नगरपालिकाको पाण्डखानी र रिघामा झण्डै तीनसय वर्ष पुरानो ‘सती घाटु’ नाच प्रचलनमा छ ।
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु
सरकारले मुलुकका आठ वटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि नयाँ र पारदर्शी प्रक्रिया सुरु गरेको छ ।
कोहलपुर गोल्डकपः पुलिस क्लब फाइनल प्रवेश
बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले रोमाञ्चक जित हात पारेको छ ।
गीत-सङ्गीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उहाँले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत हो भन्नुभयो ।
गोरखापत्रमा नाम छापिँदा ‘चार्म’ नै बेग्लै हुन्थ्यो
नेपाली कला क्षेत्रमा हरिवंश आचार्य विशिष्ट प्रतिभाका रूपमा चिनिनुहुन्छ । उहाँ सुपरिचित हास्य कलाकार हुनुहुन्छ । ‘लालपुर्जा’, ‘पन्ध्र गते’, ‘भकुन्डे भूत’, ‘हरिबहादुर र मदनबहादुर’ र ‘दसैँको च्याङ्ग्रा’ उहाँका हास्य टेलिशृङ्खलामध्ये चर्चित छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् ‘मह जोडी’ का रूपमा पनि उहाँका प्रस्तुति लोकप्रिय छन् । आचार्यले गाईजात्रा महोत्सवमा विसं २०३४ मा भाग लिएपछि उहाँको प्रसिद्धि बढ्यो । ‘बलिदान’, ‘लोभीपापी’, ‘फिलिम’, ‘राजामती’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘भुठान’ र ‘हरिबहादुरको जुत्ता’ उहाँका
सोह्र युरोपेली देशसँग श्रम समझदारीको पहल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिनुभएको हो ।
सुनको आयात र कारोबार दुवै घट्यो
सुनचाँदीको कारोबारमा ९० प्रतिशतले गिरावट आएको छ । बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ । निरन्तर मूल्य बढ्दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रेसले लोकतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ । राष्ट्रपतिनिवास शीतलनिवासमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय पत्रकारिता दिवस, २०८३ का अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रम’ लाई सम्बोधन गर्दै राष्ट्रपतिले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
प्रस्तावित प्रधान न्यायाधीश डा शर्माको फैसलादर उच्च
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्तिका लागि सिफारिस हुनुभएको छ । रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको हो । प्रधान न्यायाधीश सिफारिसमा पहिलो पटक रोलक्रम तोडिएको हो । वरिष्ठतामा न्यायाधीश शर्माभन्दा अघि तीन जना हुनुहुन्थ्यो । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयाल शर्माभन्दा अघि हुनुहुन्थ्यो । संस
पूर्वमन्त्री कार्कीसहित तेह्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा आयोगले बिहीबार कार्कीसमेतविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले कार्कीसहित १४ जनालाई प्रतिवादी बनाएको छ ।
सांसदलाई विद्युतीय हाजिरी
सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यको विद्युतीय हाजिरी प्रयोजनका लागि ‘बायोमेट्रिक’ विवरण लिन सुरु गरेको छ । सचिवालयले वैशाख २४ देखि २८ गतेसम्म सङ्घीय संसद्का सदस्यको ‘बायोमेट्रिक’ लिने छ ।
आयातित औलोको जोखिम कायमै
गर्मी मौसमको सुरुवातसँगै औलोको जोखिम बढ्दै गएको छ । पछिल्लो समय पाल्पा जिल्लामा औलो (मलेरिया) रोग पुष्टि भएको छ । पाल्पामा देखिएको औलो आयातित औलो हो । रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारत जाने नेपाली नागरिकमा औलो (मलेरिया) सङ्क्रमण पुष्टि भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनले आयातित औलो बर्सेनि देखापर्ने जानकारी दिनुभयो । उहाँले पाल्पा जिल्लामा देखिएको औलो भारतबाट फर्किने व्यक्तिमा देखिएको बताउनुभयो ।
सार्वजनिक सवारी व्यवस्थित गर्न नयाँ निर्देशिका
सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन नयाँ निर्देशिका तयार भएको छ । यातायात व्यवस्था विभागले सवारीसाधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनेसम्बन्धी निर्देशिका, २०८२ को मसौदा तयार गरी सुझावका लागि सार्वजनिक गरेको छ ।
सुकुमवासी व्यवस्थापन कार्य तीव्र
सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका सुकुमवासी व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । त्यसका लागि सरकारले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नयाँ नीति तयार गर्दै छ । सहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले यस्तो नीति तयार गरिरहेको जनाइएको छ ।