प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।
शिक्षकलाई सम्मानसहित बिदाइ
चार दशक सेवा गर्नुभएका शिक्षकलाई गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी माविले दीर्घसेवा गर्ने शिक्षकलाई सम्मान तथा बिदाइ गरेको छ ।
निर्वाचन प्रहरीलाई तालिम सुरु
धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम सुरु गरिएको छ । शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम सुरु गरिएको हो।
मतदान केन्द्रको सुरक्षा अवस्था बुझ्दै समिति
इलामस्थित जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको मतदान केन्द्रहरूको स्थलगत अध्ययन थालेको छ ।
प्रजातन्त्रको खोजीमा असफल ती विद्रोह
राजा महेन्द्रले विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरेसँगै सत्तासीन कांग्रेसका प्रमुख नेताहरू पक्राउ गरिए । जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति बिपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतका नेतालाई नजरबन्दमा राखियो ।
अपाङ्गता भएका व्यक्ति चुनावी मैदानमा
अपाङ्गता भएका व्यक्तिहरू देश बनाउने र जनताको सेवा गर्ने हुटहुटीले चुनावी मैदानमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा गरी करिब ८
अनावश्यक ‘रिफर’ नगर्न बिमा बोर्डको आग्रह
स्वास्थ्य बिमा बोर्डले बिरामीलाई अनावश्यक प्रेषण (रिफर) नगर्न आग्रह गरेको छ । स्वास्थ्य बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिँदै बोर्डले अनावश्यक रिफर नगर्न आग्रह गरेको हो ।
विमानस्थलको काम अझै सकिएन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तोकिएकै समयमा सम्पन्न नहुने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत भइरहेका काम सन् २०२६ को अक्टोबरभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर बजेट अभाव, निर्माण सामग्रीको आपूर्ति समस्या, नेपाल आयल निगमको डिपोलाई स्थानान्तरणलगायतका कारणले आयोजनाको काम पर धकेलिने भएको हो ।
क्रिएटर मेलाले अर्थतन्त्रको विकासलाई सघाउने
नेपालस्थित अमेरिकी दूतावासले आममानिसमा डिजिटल सिर्जनालाई रचनात्मक र आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यसहित क्रिएटर्स मेला–२०२६ को आयोजना गरेको छ । ‘भिजन टु भेन्चर’ नारासहित चितवनबाट सुरु भएको क्रिएटर्स मेला शुक्रबारदेखि भने काठमाडौँमा सञ्चालन गरिएको हो । चितवन र नेपालगन्जको सक्रिय सञ्चालनपछि दूतावासले काठमाडौँमा शनिबारसम्म दुई दिन काठमाडौँमा डिजिटल सिर्जनामा रमाउनेका लागि आयोजना गरेको दूतावासले जनाएको छ ।
समृद्धिको आधार पूर्वाधार विकास
मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाको बिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावरले ठडिएका अत्याधुनिक ‘बक्स ब्रिज’ हेर्दा विकसित मुलुकमा भएको आधुनिक विकास पूर्वाधारको झल्को दिन्छ ।
निर्वाचन अधिकृतको नियुक्ति, प्राथमिकतामा महिला
आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले तीव्रता दिएको छ । आयोगले हरेक जिल्लामा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिसकेको छ । अन्य कर्मचारी पनि फागुन लाग्नेबित्तिकै खटाइने आयोगले जनाएको छ ।
कोदालो चलाउने हातमा किताब, कापी
चौँरीदेउराली गाउँपालिकाका वडा नम्बर ५ की अग्रणी किसान भमीकुमारी तिवारीका हातमा बर्सौंपछि कलम र कापी परेको छ । अधिकांश समय हँसिया, कुटो र कोदोलो बोक्ने हातमा किताब, कापी परेपछि उहाँको दिनचर्या फेरिएको मात्र छैन केही सिकौँ भन्ने हुटहुटी पनि थपिएको छ ।
सिन्धुलीमा बढ्दै निर्बाचन सरगर्मी
सिन्धुलीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्बाचनको सरगर्मी बढ्दै गएको छ ।
टिप्परले ठक्कर दिँदा एकको मृत्यु
टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा ९ टारी बजारमा शुक्रबार साँझ टिप्परको ठक्करबाट उमेश खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
तेस्रो स्मृति कपका लागि संकल्प र पर्पल हेज भिड्ने
तेस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि संकल्प पुनस्र्थापना केन्द्र र पर्पल हेज एभिएम भिड्ने भएका छन् । शुक्रबार बाङेचोर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै संकल्प र पर्पल हेजले फाइनल यात्रा तय गरेका हुन् ।
‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’
गृहमन्त्री ओमप्रकाश अर्यालले विधिको शासन सुदृढ गर्नु नै सहिदप्रतिको सच्चा सम्मान भएको बताउनुभएको छ।
ठक्करबाट महिलाको मृत्यु
मोटरसाइकलको ठक्करबाट सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा शुक्रबार एक महिलाको मृत्यु भएको छ । गाउँको भित्री सडकमा बीआर ३० एपी ३०३७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ६५ वर्षीया शान्तिदेवि ठाकुरको मृत्यु भएको हो ।
चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवारः दलभन्दा स्वतन्त्र उम्मेदवार बढी
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेशी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् ।
सहिद दिवसको अवसरमा प्रभातफेरी
सहिद दिवसको अवसर पारी कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार बिहान जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको प्रभातफेरी कार्यक्रममा पूर्व मन्त्रीहरु, सुरक्षाकर्मीहरू, विभिन्न कार्यालयका प्रमुख, सङ्घ संस्था लगायत विभिन्न विद्यालयका विद्यार्थी सहभागी हुनुभयो ।
काभ्रेपलाञ्चोक–१ मा त्रिपक्षीय प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लामा रहेका राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन्। विगतका निर्वाचनमा भन्दा यस पटक जिल्लामा निर्वाचन रोचक र प्रतिस्पर्धात्मक देखिने भएको छ।
सिन्दूर, टुथपेस्ट र गाजलमा भेटियो स्वास्थ्यका लागि हानिकारक रसायन
नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य सामग्रीमा स्वास्थ्यका लागि हानिकारक रसायन र भारी धातु प्रयोग भइरहेको एक अध्ययनले देखाएको छ।
रुखले च्यापिएर बालकको मृत्यु
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –३ हाईबाङमा खेल्नेक्रममा रुखले च्यापिँदा एक बालकको मृत्यु भएको छ। आज बिहान झुलनेटा–खुम्चेरी जोड्ने निर्माणाधीन नयाँ भित्रीसडक खण्डमा उक्त घटना भएको हो।
ज्वरो आउनु मात्र बिरामी होइन : डा. बाँस्तोला
आम नेपालीहरुले ज्वरो, खोकीको अवस्थालाई मात्र बिरामी भएको ठान्नुभन्दा नसर्ने रोगका बारेमा सचेत हुनुपर्ने बेनीमा आयोजित कार्यक्रममा चिकित्सकहरुले बताउनुभएको छ ।
सहिद दिवसमा चक्रपथ परिक्रमा
सहिद दिवस २०८२ को अवसरमा पैदल यात्रीले शुक्रबार काठमाडौँ चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको छ । २७ किलोमिटर (१७ माइल) लम्बाइ रहेको चक्रपथको दूरी पार गर्न करिब ६ घण्टा समय लागेको पैदलयात्रीहरुको भनाइ छ ।