पोखरा विमानस्थल निर्माण : पूर्वमन्त्री कार्कीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौता विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन मन्त्री, सचिवहरूसहित १० जना र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
राष्ट्रपतिबाट पाँच पत्रकार सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बर्षापछि खुलेको बल्ले लेक
कालीकोटको रास्कोट नगरपालिका केन्द्रदेखि सान्नीत्रिवेणी गाउँपालिकाको केन्द्र मेहेलमुडीको सिरानमा रहेको बल्लेलेकमा हिमपातले डाँडाको सुन्दरता बढाएको छ ।
सप्तरीमा फरार चार प्रतिवादीलाई अदालतमा बुझाइयो
सप्तरी प्रहरीले फरार चार जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।
धनकुटामा आँखाको शिविर सञ्चालन
धनकुटाको पाख्रिबासमा आँखाको सल्यक्रिया शिविर आजबाट सञ्चालन गरिएको छ । स्थानीयहरूको आँखाको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न संघ संस्थाको सहयोगमा जिल्लाको बिभिन्न पालिकामा निःशुल्क आँखा जाँच शिबिर सञ्चालन गरिएको हो ।
जलवायु परिवर्तन नीतिलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा प्रवक्ता डा. ढकालको जोड
जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकालले नेपालको सामाजिक–आर्थिक समृद्धिका लागि जलवायु उत्थानशील समाज निर्माण अपरिहार्य रहेको बताउनुभएको छ ।
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल तानिने
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ ।
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।
उदीपुरमा हट्यो पहिरोको जोखिम
बेँसीसहर नगरपालिका –१, उदीपुरमा पाँच वर्षअघि गएको पहिरो नियन्त्रण भएपछि यातायात आवागमनमा सहज भएको छ । सङ्घीय सरकारको बजेटमा उदिपुर देउराली डाँडाको पहिरो रोकथाम गरिएको हो ।
तीन प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले अभद्र व्यवहार तथा सवारी ज्यान कसूरसम्बन्धी मुद्दामा तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका –१ भारदहका ३६ वर्षीय दिनेश मण्डल र ३१ वर्षीय अनिल माझीलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको हो।
दुई सय पाँच जनाको निःशुल्क आँखा जाँच
गुल्मीको कालीगण्डकी गाउँपालिकाका २०५ जना नागरिकको निःशुल्क आँखा जाँच गरिएको छ । कालीगण्डकी गाउँपालिका र नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रको प्राविधिक सहयोगमा दुई दिन आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो ।
राजस्व चुहावट नियन्त्रण
मुलुकमा लगभग दुई तिहाइ बहुमत भएको सरकार गठन भएको छ । यो सरकार गठन हुनुपूर्व नै राष्ट्रिय योजना आयोगको स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपियाँ बजेटको आकार तोकेको छ । यस्तो बजेटका लागि करिब १४ खर्ब ५० अर्ब रुपियाँ आन्तरिक राजस्व असुलीबाटै पु¥याउनुपर्ने हुन्छ । चालु आव २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपियाँको बजेट घोषणा गरिएको थियो । यस्तो खर्च थेग्ने स्रोतमा राजस्वको अंश १४ खर्ब ८० अर्ब रुपियाँ तोकिएको थियो । यसलाई मध्यावधि समीक्षाबाट १२ खर्ब ९८ अर्ब रुपियाँमा झारिएको छ, जस अनुसार २०८२ चैत मसान्तसम्मको असुली आठ खर्ब ९१
सुनचाँदीको मूल्य आज पनि बढ्यो
बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ ।
लागुऔषधसहित दुई जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङका एक लाख ३६ हजार पशुलाई खोप लगाइयो
बागलुङको ६ वटा स्थानीय तहका एक लाख ३६ हजार ७८१ पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ ।
सुशासनको मार्गचित्र
‘सुशासन’ शब्द यतिखेर के सरकार, के नागरिक सबैको प्रिय बनेको छ । यो शब्द अहिले आमजनजिब्रोमा झुन्डिएको छ । हामी सबैको गन्तव्य निःसन्देह सुशासन हो तर सुशासन भनेकै आखिर के हो, त्यसतर्फको यात्रा कसरी तय गर्ने, त्यहाँ पुग्ने मार्गचित्र के हो, के हामी सही बाटोमा त छौँ र बाटोमा आइपर्ने बाधा अडचनलाई कसरी निराकरण गर्ने भन्ने जस्ता कुरालाई नछिचोलीकन हामी गन्तव्यमा पुग्न सक्दैनौँ ।
सुशासन कार्यसूची
सुशासनका विषयमा दिनहुँ जसो चर्चा हुन्छ तर यो व्यावहारिक बुझाइबाट पर पुग्दा भ्रम पनि उत्पन्न हुने गरेको छ । सुशासनलाई आआफ्नै अर्थ, आवश्यकता र सन्दर्भमा बुझ्ने गरिएको पाइन्छ । राजनीतिक कार्यकर्ता, कर्मचारी, अभियन्ता तथा विकास साझेदारले यसलाई आआफ्नै अनुकूलतामा लिँदै आएका छन् र आफूलाई भने समेट्दैनन् । सैद्धान्तिक अर्थभन्दा व्यावहारिक अनुभूतिले सुशासनको अर्थवत्तालाई सिद्ध गर्दछ भन्ने भुलिएको पनि छ ।
सरकारको शासकीय सुधार
जनताका आवश्यकता र आकाङ्क्षा पूरा गर्न सार्वजनिक मामिला र स्रोतहरूको व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता, कानुनी शासन र नागरिक सहभागिता सुनिश्चित गर्दै भ्रष्टाचारमुक्त, जनमुखी र प्रभावकारी सेवा प्रवाह गर्ने प्रक्रिया सुशासन हो । जनतालाई सुशासनको प्रत्याभूति गराउन झन्डै दुई तिहाइको सरकारले शासकीय सुधारका एक सय कार्यसूचीलाई कार्यान्वयनको ढोकामा प्रवेश गराएको एक महिना बितिसकेको छ; जसमा
जुम्लामा घरदैलोमै राहदानी वितरण सुरु
जुम्लामा घरदैलोमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ ।
सङ्घीयताको आधार
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, लोकतन्त्र र विधिको शासन संविधानका आधारभूत स्तम्भ हुन् । यी स्तम्भमा एउटा मात्र तलमाथि हुनेबित्तिकै संविधान रहँदैन । मुलुकको स्थायित्वमा गम्भीर समस्या आउँछ । सङ्घीयताको प्रतीकका रूपमा प्रदेश तह छ तर प्रदेशप्रतिको दृष्टिकोण धेरैको नकारात्मक छ । पुराना पार्टी विचारमा प्रदेशप्रति उदार थिए तर व्यवहार अनुदार थियो । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशप्रतिको धारणा स्पष्ट छैन । व्यवहार
शिक्षा : नीतिमा सुधार व्यवहारमा समस्या
मुलुकको आर्थिक, प्रशासनिक, सामाजिक क्षेत्रमा सुधारको बहस भइरहँदा कहिल्यै नछुट्ने विषय हो– शिक्षा । जसरी गाँस, बास र कपासलाई नागरिकको नैसर्गिक अधिकार मानिन्छ; सर्वसुलभ गुणस्तरीय शिक्षा पनि हरे
जेनजी आन्दोलन सुशासनको आधार
एक जुगमा एक दिन एकचोटि आउँछ उलट–पुलट, उथल–पुथल, हेरफेर ल्याउँछ । ...
राष्ट्रिय पत्रकारिता दिवस जवाफदेही पत्रकारिता
नेपाली भाषाको पहिलो समाचारपत्र गोरखापत्र विसं १९५८ वैशाख २४ गतेदेखि प्रकाशन सुरु भएको हो । यही दिन राष्ट्रिय पत्रकारिता दिवस पनि मनाइन्छ । सरकारले २०७३ सालमा यो दिवस मनाउने निर्णय गरेको थियो । यो दिनलाई मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको मात्र वार्षिकोत्सव नभएर समस्त नेपाली पत्रकारिताको जग राखिएको दिनका रूपमा पनि स्मरण गरिन्छ । विशेष गरी नेपाली पत्रकारिताको सुरुवा
ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।