गृहमन्त्री अर्यालद्वारा पदबहाली
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गर्नुभएको छ ।
अर्थमन्त्री खनालले गर्नुभयो पदबहाली
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पदबहाली गर्नुभएको हो । उहाँ पूर्व अर्थसचिव पनि हुनुहुन्छ ।
इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार
जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार ।
एक जना पर्यटकलाई पनि भएन कुनै क्षति
नेपाल भ्रमणमा रहनुभएका बेलायती पर्यटक ह्यारीले खिच्नुभएको भदौ २४ गतेको जेनजी प्रदर्शनको भ्लग यतिबेला नेपालमा चर्चामा छ । युट्युबमा ‘विहेटदकोल्ड’ च्यानलबाट प्रसारित उक्त भ्लग यो समाचार तयार गर्दासम्म दुई करोड ३५ लाखभन्दा बढीले हेरिसकेका छन् ।
रेशम र सुमनाद्वारा पार्टी परित्याग
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आइतबार पार्टी छोड्नुभएको छ । चौधरीले पार्टीलाई विधिविधानमा चलाउन नसकेपछि परित्याग गरेको जानकारी दिनुभयो ।
छमध्ये चार पटक विघटनको सिकार
झन्डै आधा कार्यकाल बाँकी रहेको अवस्थामा प्रतिनिधि सभा २०८२ भदौ २७ गतेबाट लागु हुने गरी विघटन भयो । २०७९ पुस २५ बाट औपचारिक कार्यकाल सुरु भएको प्रतिनिधि सभा विघटन यसअघिभन्दा केही फरक पनि रह्यो ।
उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने
सार्वजनिक यातायातमा सुरक्षित र सहज यात्रा बनाउन तथा तत्काल गुनासो सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने भएको छ ।
लाइसेन्ससम्बन्धी सम्पूर्ण काम बन्द
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण कार्य बन्द भएको छ । यातायात व्यवस्था विभाग जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि लाइसेन्सका सबै काम बन्द भएको हो ।
कार्यालय खुले तर कर्मचारी बाहिरै
जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्रका अधिकांश मन्त्रालय तोडफोड र आगजनी भएपछि सामान्य सेवा सुरु भएको सिंहदरबारभित्र आइतबार कतिपय कर्मचारी कार्यालय प्रवेश नै गर्न सकेनन् । कार्यालयको मूल प्रवेशद्वारमा सिसा, काठका टक्रा र जलेका सवारीसाधनका धुलोले कार्यालय प्रवेश गर्नै कर्मचारीलाई सकस भयो । मन्त्रालय र कार्यालयमा कहाँ कति क्षति पुगेको छ भन्ने मुचुल्का तयार गर्ने काम भइरहेका छन् ।
‘ध्वंशका दोषीलाई छाड्न सकिन्न’
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताको सोचबमोजिम काम गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ । उहाँले सिंहदरबारमा आइतबार पद बहालीपछि भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता कायम गर्ने अठोटका साथ काम गर्नसमेत सचिवहरूलाई सुझाउनुभयो ।
तीन जना मन्त्री सिफारिस
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उहाँले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।
पालमुनिबाट सर्वोच्चको सेवा
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले मुख्य भवनसहितका भौतिक संरचनामा आगजनी गरेपछि सर्वोच्च अदालतले पालमुनिबाट आंशिक सेवा सुरु गरेको छ । कोभिड–१९ को समयमा म्याद, हदम्यादलगायतका मुद्दामा निकासका लागि १९ न्यायाधीशको इजलास पालमुनि गठन भएको थियो । करिब पाँच वर्षपछि प्रदर्शनकारीको निसानामा भवन पूर्ण रूपमा आगजनी भएपछि सर्वोच्च पुनः केही समयका लागि पालमुनि पुगेको हो ।
प्लेकार्डले जोगाइयो सम्पदा
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, जिल्ला प्रहरी कार्यालयलगायतका भवन जलेर खरानी हुँदा सँगसँगै रहेको पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालय भवन जोगियो कसरी ? अहिले पनि वरपरका खण्डहर देख्दा अचम्म लाग्छ– के जेनजीका नाममा तोडफोड र आगजनीमा उत्रिएको समूहले यी पुराना भवनलाई बेवास्ता गरेका थिए ? होइन, कर्मचारीको सचेत प्रयत्नसँगै सांस्कृतिक अभियानकर्मीले प्लेकार्ड प्रदर्शनसहित अनुनय विनय गरेर यी भवन जोगाएका हुन् ।
नवलपुरको थारु समुदायमा जितिया पर्व मनाइँदै
थारु समुदायका महिलाहरूले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिवारदेखि सुरु भएको छ । तर, यस वर्ष अरु वर्षकोजस्तो रौनक छैन ।
देशभर बदली : आउँदो तीन दिन नै वर्षा हुने
आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ ।
सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो।
जेनजी आन्दोलन : निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको मृत्यु, भौतिक क्षति, नेतामाथि भएका आक्रमण, प्रतिनिधिसभा विघटनलगायतका पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहना बमोजिम काम गर्न निर्देशन
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोच बमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।
निजी क्षेत्रको आत्मबल कहिल्यै जल्दैन
जेन्जी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशात्मक रूपले उद्यम व्यवसायमा धेरै ठुलो हुन्डरी ल्यायो र सखाप पार्ने प्रयास भयो । निजी क्षेत्रका नेता चन्द्रप्रसाद ढकाल पनि त्यसमा पर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष रहेका उहाँका आफ्नै लगानी भएका केही उद्योगमा पनि क्षति भयो । उहाँ जस्ता धेरै उद्यम खरानी भए र सबै आआफ्नै पीडामा छन् ।
थपियो महँगीको मार
जेनजीको आन्दोलन र निषेधाज्ञा र कफ्र्युका कारण काम र दाम दुवै गुमाएका सर्वसाधारण उपभोक्ता दसैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु तेल र दाललगायतको मूल्य बढेर उपभोक्ता झनै महँगीको मारमा परेका हुन् ।
नेपालको संविधानले बालबालिकाको हकलाई सुनिश्चित गरेको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सरकारको भुक्तानी प्रणाली बन्द
जेनजी प्रदर्शनपछिको सरकारी खर्च व्यवस्थापनलाई ध्यानमा राखी अर्थ मन्त्रालयले सरकारको भुक्तानी प्रणाली बन्द गरेको छ । सरकारी खर्च व्यवस्थापनको जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि सरकारका तर्फबाट हुने खर्च बन्द गरेको हो ।
जनजीवन सामान्य बन्दै
अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्तिसँगै उपत्यकाको जनजीवन सामान्य हुँदै गएको छ । उपत्यकाका तीन वटै जिल्लामा यसअघि जारी गरिएको कफ्र्यु तथा निषेधाज्ञा आदेश शनिबारदेखि नै हटेको छ ।