पहिला आउनेलाई पहिलो ग्यास सेवा
लमजुङमा खाना पकाउने एलपी ग्यास लगायत अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना हुन नदिन सरोकारवालाबिच बैठक बसेर ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउने निर्णय गरिएको छ ।
१० महिना बित्दा पनि सञ्चालनमा आएन राजविराज बसपार्क
निर्माण कार्य सम्पन्न भएर उद्घाटन भएको १० महिना बित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् ।
खाने तेल र ग्यासको कृत्रिम अभाव हुन नदिन अनुगमन
सदरमुकाम बागलुङ बजारमा खाने तेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन थालेको छ । बजारमा तेल प्रशस्त भएर उपभोक्तामा नपुगेको हो वा नभएर अभाव भएको पत्ता लगाउन पसलमा अनुगमन गरिएको हो ।
रौतहट जिल्ला हुलाक कार्यालयको मन्त्रालयद्वारा अनुगमन
रौतहट जिल्लामा हुलाक सेवालाई छिटोछरितो, भरपर्दो र व्यवस्थित बनाइ प्रभावकारी सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्ला हुलाक कार्यालयको अनुमगन गरेको छ ।
पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ ।
करेन्ट लागेर एकको मृत्यु
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका–८, बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको हो ।
‘युवाले भविष्य सुरक्षित नदेख्दा जेनजी आन्दोलन’
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश नभई भ्रष्टाचार कुशासन आर्थिक अवसरको अभाव सामाजिक अन्याय र संस्थागत असफलताविरुद्धको सामूहिक र संरचनागत प्रतिक्रिया भएको एक अध्ययनले देखाएको छ ।
औषधीबारे जानकारी लिन ‘एपोन केयर्स’
औषधीसम्बन्धी प्रश्न तथा जिज्ञासा मेट्न डिजिटल प्लेट फर्म ‘एपोन केयर्स’ सञ्चालन गरिएको छ । उक्त डिजिटल प्लेटफर्मको सहायतामा आमनागरिक तथा बिरामीले औषधीको समुचित प्रयोगबारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्ने छन् ।
उपभोक्ताको हित जिम्मेवारी नारामा मात्रै
सार्वजनिक यातायात क्षेत्रको नियमन प्रभावकारी नहुँदा यातायातका उपभोक्ताको अधिकार कुण्ठित हुन पुगेको उपभोक्ता अधिकारवादी संस्थाको निष्कर्ष छ । मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा यातायात क्षेत्रका उपभोक्ताको समस्या र उनीहरूको अधिकारबारे सार्वजनिक बहससमेत हुन सकेन ।
गोरखापत्रमा एआई नीति लागु
गोरखापत्र संस्थानले ‘गोरखापत्र कृत्रिम बौद्धिकता/बुद्धिमत्ता (एआई) प्रयोगसम्बन्धी नीति–२०८२’ आइतबारदेखि लागु गरेको छ । पत्रकारिता क्षेत्रमा प्रविधिको प्रयोगलाई व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउन उक्त नीति लागु गर्ने निर्णय गरेको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले जानकारी दिनुभयो ।
जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण
सरकारले २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सम्पन्न मन्त्रीपरिषद् बैठकले जेनजी जनआन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।
राजनीतिक दलले बुझाए समानुपातिक सदस्यको सूची
राजनीतिक दलहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा बुझाएका छन् । प्राप्त सूचिमाथि निर्वाचन आयोगले रुजु गर्ने प्रक्रिया सुरु गरेको छ ।
पुनः सञ्चालनको पर्खाइमा रज्जुमार्ग
कुनैबेला तराईबाट हेटौँडा हुँदै काठमाडौँसम्म मालसमान ढुवानीको भरपर्दो साधनका रूपमा रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग (रोपवे) अहिले आफ्नै अस्तित्व संरक्षणको चुनौतीमा रुमलिएको छ । विगत २६ वर्षदेखि बन्द भई अहिले अस्थिपञ्जरमा परिणत भइसकेको यो रोपवे नेपालको पहिलो आधुनिक ढुवानी माध्यम थियो, जसले ढुवानी समय र खर्च निकै कम गरेको थियो ।
लडेर एक पुरुषको मृत्यु
धनकुटाको छथरजोरपाटी गाउँपालिका ४, स्थित तेलियामा लडेर एक जना पुरुषको मृत्यु भएको छ। आइतवार मध्यान्ह करिब १२ बजे फलैचाबाट लड्दा एक जना पुरुषको मृत्यु भएको हो ।
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ।
प्रधानमन्त्रीसँग कांग्रेस नेतृत्वको भेट
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका नेताले भेटवार्ता गर्नुभएको छ ।
ईनिशा हत्याका दोषीलाई कानुनी दायरामा ल्याइनेछ : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले बलात्कारपछि हत्या भएकी सुर्खेतकी ईनिशा विकको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याने बताउनुभएको छ ।
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ ।
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु
रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु भएको छ ।
इशानी हत्याका दोषीलाई कानुनी दायरामा ल्याइनेछ : गृहमन्त्री अर्याल
नेपाल दलित मुक्ति मोर्चाले किशोरो इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच भेट, शोकमा समवेदना प्रकट
प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
माओवादी नेता कोइरालाद्वारा राजीनामा
नेकपा (माओवादी) का धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ ।
जिल्ला अस्पतालमा ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना
हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पहिलो पटक ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना भएको छ ।