सहारा (कथा)
“कहिले जाँदै हुनुहुन्छ आमा ! उताबाट कोही लिन आउँछन् कि हामीले नै पु¥याउनुपर्ने ?” बुहारी सोध्दै थिई । “के थाहा ?” छोरोको स्वर सुनियो । “आमा उता हुँदा महिना नमर्दै फोन आउँछ– कहिले लिन आउने भनी । लानु पर्दा भने सधैँ यस्तै हो ।” “ल ल, भैहाल्यो ।” छोराले कुरा टुङ्ग्यायो ।
जाग जाग, युवा जाग (कविता)
युवा हौ, जोस हौ उन्नतिको संवाहक कर्णधार राष्ट्रको व्यथितिको संहारक !
सुहाएन (कविता)
सितलु चस्मा, सुकिलो कोट घाँटीमा टाई छ, चट्ट कपाल औँलामा च्यापेको चुरोट अनि ओठले उडाएको धुवाँ सुहाएन ।
आमा (कविता)
गर्भबाट घरी घरी लात हान्दा खुसी खुसी सहने आमा तिमी सन्तानको दिसापिसाब
मुस्ताङ घुम्दा छिङहाईको झल्को
ल्होमन्थाङ घुम्ने अनि कोरला नाका पुगेर २४ नम्बरको पिल्लरमा उभिएर तस्बिर खिच्ने रहर अधुरो अधुरो बन्दै आएको थियो । नेपालका ६५ भन्दा बढी जिल्लाको माटोसँग स्पर्श गरेको मलाई एक पटक मुस्ताङ जाने, मार्फागाउँ घुम्ने हुटहुटी थियो । जोमसोम टेक्ने, मुक्तिनाथको दर्शन गर्ने, कागबेनी हुँदै कालीगण्डकीको तटैतट कोरला नाकासम्म पुग्ने रहर केवल रहरमै सीमिति थियो ।
श्रेय र प्रेयको दोबाटो
मानव जीवन निर्णयको एउटा अविरल शृङ्खला हो । जन्मदेखि मृत्युसम्मको यात्रामा यस्ता अनेकौँ दोसाँधमा उभिन्छौँ, जहाँ एउटा बाटोको छनोटले भविष्यको सम्पूर्ण नक्सा नै बदलिदिने सामथ्र्य राख्छ । यही मानवीय दुबिधा र छनोटको मनोविज्ञानलाई चित्रण गरी अमेरिकी कवि रोबर्ट फ्रस्टले आफ्नो कालजयी कविता ‘दी रोड नट टेकन’ मार्फत अत्यन्तै घनीभूत रूपमा प्रस्तुत गरेका छन् ।
प्रिय जिरी न्यानो सलाम !
जिरी पुग्दा अपराह्न ४:०० बजेको थियो । काठमाडौँबाट सात घण्टाको सडक यात्रा त्यति सहज थिएन । चैत २७ गतेको दिन प्रथम बागमती पर्यासाहित्य महोत्सव–२०८२ मनाउने मेलोमा जिरी टेकिएको थियो । जिरी नामको मनोरम उपत्यका, जसको चारैतिर गाढा हरियाली छाएका पहाडहरू छन् । बिचमा छ रिकापी आकारको हरियो उपत्यका; यही हरित उपत्यकाको उत्तरी कुनामा छ– लिङ्कन बजार । बजारकै हृदय त
साधक लालसोर सेन्दाङ
सुदूरपूर्वी नेपालमा मुख्य रूपमा आवाद भएर रहेका लिम्बूहरूले आफूलाई ‘याक्थुङ’ भन्छन् । युद्ध वा सुरक्षाका लागि बनाइएको किल्ला वा गढीलाई लिम्बूहरूले आफ्नो मातृभाषामा ‘यक’ भन्छन् । र लिम्बू भाषामै ‘थङ’ भनेको शक्ति प्राप्त गर्नु हो । अर्थात् ‘यक’ र ‘थङ’ मिलेर यकथङ हुँदै याक्थुङ शब्दको व्युत्पत्ति भएको मानिन्छ । यस अर्थमा गढीका शक्तिशाली भन्ने अर्थमा याक्थुङ शब्दको व्युत्पत्ति भएको मान्यता रहेको छ ।
पत्रिका मात्र होइन गोरखापत्र
सवा एक शताब्दीको शिशिर वसन्त झेलेर इतिहास रचिसकेको राष्ट्रिय गौरव गोरखापत्रले अझ धेरै उकाली ओराली पार गर्दै आफ्नो अविराम यात्रालाई निरन्तरता दिइरहेको छ । यस परिप्रेक्ष्यमा गोरखापत्रले आफ्नो यात्रामा पछाडि छोडिएका पाइलाहरूलाई नबिर्सीकन सावधानीपूर्वक अघि पाइला चाल्नु पर्छ किनकि कुनै पनि यात्रा चुनौती र अवसररहित हुँदैनन् । गोरखापत्र एक समाचारपत्रिका मात्र हैन, सवा एक श
जय पृथ्वीबहादुर स्मृतिग्रन्थ कक्षभित्र
२०८३ वैशाख १४ सोमबार । गोरखापत्र राष्ट्रिय दैनिक । तत्कालिन अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी, प्रधान सम्पादक जुनारबाबु बस्नेत, दी राइजिङ नेपाल अङ्ग्रेजी दैनिकका सम्पादक रमेशकुमार लम्साल संयुक्त भई जयपृथ्वीबहादुर स्मृतिग्रन्थ कक्ष स्थापना–तुल अनावरण गर्नुभएको चित्रपट विवरण हेरेँ, पढ़ेँ रमाएँ मनज्ञ । आल्हादित भएँ । विवेकशील व्यक्तिले विवेक सिंच्ने क्षेत्र यिनै यस्तै हुन्, सोचेँ । बनेर निर्धक्क !
यो गोरखापत्र (कविता)
गोरखापत्र हो यौटा नेपाली इतिहासमा अखबार भयो जेठो छापामाध्यम लोकमा ।
गोरखापत्रको मुद्रण गिद्धे–वेब यात्रा
नेपाली छापाखानाको इतिहास केलाउँदा १९०८ सम्म पुग्नु पर्छ । १९०८ सालमा पहिलोपल्ट स्थापना भएको छापाखानालाई ‘गिद्धे प्रेस’ नामले चिनिन्छ । प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणबाट १९०८ सालमा फर्कदा ल्याएको हाते छापाखानाबाट नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास सुरु भएको पाइन्छ । त्यसपछि सरकारी र निजी छापाखानाको स्थापना हुँदै इतिहास छ ।
गोरखापत्र डिजिटल यात्रा
गोरखापत्रले आफ्नो प्रकाशनको सवा सय वर्ष पूरा गर्ने क्रममा एक्काइसौँ शताब्दीको उन्नत प्रविधि कृत्रिम बौद्धिकता (एआई)को प्रयोगकर्ताका रूपमा आफूलाई स्थापित गरिसकेको छ । सिसाका साना अक्षर हातैले टिपेर स्टिकमा मिलाउने, ग्यालीमा राखेर पृष्ठ तयार गर्ने र हाते मेसिनबाट छापेर पाठकसम्म पुर्याउने प्रारम्भिक अवस्थाबाट एआईको प्रयोगसम्म आइपुग्नु गोरखापत्रको दीर्घकालीन वि
पुस्तकमा गोरखापत्र
जहानियाँ राणा शासनकालमा सुरु भएको नेपालको जेठो अखबार गोरखापत्र विभिन्न राजनीतिक पद्धति पार गर्दै हालको अवस्थामा आइपुगेको छ । यसले आफ्नो स्थापनाकालदेखि नै सूचना, समाचार र विचार प्रवाह गरेर नेपाली समाजमा वैचारिक तरङ्ग ल्याउन सघाएको छ । समयक्रममा गोरखापत्र स्वयम् वैचारिक दुनियाँमा समालोचनाको विषय बनेको छ । यही सिलसिलामा गोरखापत्रको योगदानलाई सम्झेर वा कतिपय अवस्थामा गोरखापत्रप्रति आलोचनात्मक दृष्टि राखेर असङ्ख्य लेख लेखिएका छन् ।
गोरखापत्रकी सूर्यमती
उत्कृष्ट तस्बिरमा फोटो पत्रकारको सफलता मात्र होइन इतिहास पनि झल्कन्छ । १९८४ वैशाख १३ गते गोरखापत्रमा ‘विविध विषय’ शीर्षकमा छापिएको एउटा तस्बिरले पनि त्यस्तै इतिहास बोकेर बसेको छ ।
पहिलो अङ्कमै उद्यम तृष्णा
अहिले संसार नै डिजिटल युगमा पौडिरहेको छ । मार्सल म्याक्लुहानले सन् १९६० कै दशकमा ‘विश्वलाई एकै गाउँ हुन्छ’ भन्दा इन्टरनेटको उद्भव नै भएको थिएन । इन्टरनेटको अन्वेषणले मूर्त रूप लिएसँगै सूचना प्रविधिको विकासले संसारलाई तीनचार दशकयता एउटा गाउँ बनाउँदै छ । पत्रकारिताको मूल मार्ग डिजिटल आयाम बनिरहेको छ । तर पत्रकारिताको आधुनिक स्वरूपका पछाडि लामो इतिहास छ ।
गोरखापत्रको ‘सनद’ विश्व पत्रकार आचारसंहिताको मानक
नेपालमा विसं १९५८ वैशाख ११ गते अर्थात् सन् १९०१ मा सनद जारी भएको थियो । गोरखापत्र साप्ताहिक प्रकाशन (विसं १९५८, वैशाख २४ गते) हुनु तीन हप्ताअघि प्राइममिनिस्टर श्री ३ देवशमशेरद्वारा जारी उक्त सनदमा छाप्न हुने र नहुने विषय यसरी उल्लेख गरिएको छ । “दुनियाँलाई हुन्या इस्तीहार नटाँसिने कुरा र नयाँ जारी भ
दाङका थारू जहाँबाट फैलिए देशभर
दाङ देउखुरीमा स्वतन्त्र थारू राज्य थियो । राजा पुण्य मल्लको विसं १३९३ को कनकपत्रमा ‘हुम दाङका पेख अडै अधिकारी महर महतो सभौ प्रति’ अर्थात् हुम्लादेखि दाङसम्म प्रेरक्षक,
भासिएको स्वर (कथा)
परिचित ठाउँमा धेरै वर्षपछि जाँदा बिरानो जस्तो लाग्दो रहेछ । बाटोदेखि माथि केही पारिपट्टि सानो छाप्रो जस्तो दृश्यले मन खिच्यो । मनमा एक प्रकारकोे कौतूहलता जाग्यो । पहिला र अहिले कति फरक परेछ ? त्यहाँ जाने कसरी ?
आर्यजातिको आदिम प्रणाली
श्याम अधिकारीद्वारा लिखित ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ पुस्तक डिमाई साइजका १२३ पृष्ठ एवं लगभग ३६ हजार दुई सय शब्दमा समेटिएको छ । पुस्तक ऐतिहासिक म
अस्तित्व
समुद्रमा प्रवेश गर्नै लागेको नदी थरथरी कामिरहेको छ आज लल्याकलुलुक गलेको छ, अनि आभाष गरिरहेछ–
हिट सिनेमाको झुर सिक्वेल (कविता)
एघार सय त्रिपन्न दिनको अफेयरपछि बिहे भयो आज हाम्रो
वाचा (कविता)
हराएँ आफैँलाई र खोजिहेरेँ एकदिन व्यस्त चौबाटोमा, रोकिएँ गल्छेँडोमा
दार्जिलिङको मोहनी
झिसमिसे उज्यालोमा इलामको पशुपतिनगरमा पुगेर गाडी घ्याच्च रोकियो । साँझ ४ बजे ‘श्री जनज्योति मावि खुर्कोट’ को ब्यानर टाँगेर रातभरि गुडेको गुड्यै थियो गाडी । ११ र १२ कक्षाका