• ६ मंसिर २०८२, शनिबार

दोलखाका चाडपर्व, जात्रा र बाजा

blog

प्राचीन सहर दोलखामा बाह्रै महिना केही न केही चाडपर्व, जात्रा र मेला हुने भएकाले त्यहाँ बाजाको ठुलो महìव छ । जात्रा भनेपछि नाचगान र धार्मिक यात्रा हुन्छ जसमा बाजा अनिवार्य हुन्छ । 

नेवार बस्ती दोलखाका बासिन्दा जन्मदेखि मृत्यसम्म बलिष्ठ रूपमा बाजासंँग आबद्ध छन् । जस्तो कि बालकको व्रतबन्ध गर्दा सहरको पश्चिमस्थित गणेश मन्दिरदेखि उत्तरपूर्वमा भीमेश्वर मन्दिरसम्म बाजा बजाएर लैजाने चलन छ । विवाहका बेला गुजराती बाजा बजाउने चलन छ । बुढा पास्नी (जङ्कु) मा पनि बाजा बजाउने गरिन्छ । कसैले मुद्दा जितेमा टाउकोमा पगरी लगाएर गणेश मन्दिरदेखि भीमेश्वर मन्दिरसम्म बाजा बजाएर पूजा गर्न जाने चलन छ । त्यस्तै मृत्यु भएमा ‘सिकु बाजा’ बजाएर अन्तिम संंस्कारका लागि शव लैजाने चलन छ । तेह्रौँ दिनमा पिण्ड सेलाउन लैजाने बेला मुहारी बाजा मात्र बजाउने चलन छ । अन्य विभिन्न शुभकार्यमा र सगुन दिने बेला ‘सगुन बाजा’ बजाउने गरिन्छ । खाँडो जात्रामा देवताको महिषासुरसँगको युद्धमा विजय हासिल भएपछि सगुण बाजा बजाएर हर्षाेल्लाससाथ फर्कने चलन छ । त्यस्तै कुमारीजात्राको प्रत्येक बिहान कुमारी भित्र जाने बेलामा पनि सगुण बाजा बजाइने गरिन्छ । पञ्चबलि पूजा, याकर पूजा जस्ता ठुलठुला पूजामा पनि बाजा बजाइने प्रचलन छ । दसैँमा बोका पूजा गर्न जाँदा ठुलो कुल भएको ड्वाकुछेंं टोलकाहरू बाजा बजाएर जाने गर्छन् ।  

दोलखाका बाजामा प्रयोग गरिने मुख्य उपकरण ढोलक, मुहारी (सनई), बुक्सेल (झ्याम्टा) र च्यामच्याम (झ्याली) हुन् । गुजराती विशेष किसिमको मुहारी हो जुन मुहारीभन्दा ठुलो र मिठो धुन निकाल्ने हुन्छ । यो बाजा खास गरेर विवाहमा र नेपाल डाकस (रात्रिकालीन लाखे) नचाउने बेला ढोलक र बुक्सेलसाथ बजाउने गरिन्छ । मुहारी र गुजरातीबिचमा केही प्वाल भएको मुखले फुक्ने उपकरण हो बाँसुरी जस्तै जसबाट विभिन्न लयका धुन निकालिन्छ । ढोलक भने दुईतिर दुई हातले मात्र या दुवैतिर लट्ठी प्रयोग गरेर बजाउने गरिन्छ । अक्सर धार्मिक उत्सव तथा जात्रामा ढोलक र च्यामच्याम नै प्रयोग गरिन्छन् । दमाईंले बजाउने नगरा फूलपातीको दिन फूलपाती राजकुलेश्वर भिœयाउने व्रmममा बजाउने गरिन्छ । विगतमा भीमेश्वर मन्दिरमा नित्य पूजा गर्दा पनि नगरा तथा ध्वाँध्वाँ (दमाहा) बजाउने चलन थियो । उहिले दोलखा एक स्वतन्त्र राज्यका रूपमा रहँदाका राजाहरूका बेला देखिनै बाजा बजाउने जिम्मेवारी कसाही र कुसुले समुदायलाई दिइएको पाइन्छ । कसाही जातिले ढोलक मात्र बजाउँछन् । कुसुले जातिले मुहारी मात्र बजाउँछन् । उहिले देखिनै कसाही जातिलाई सहरको पश्चिम गणेश टोलमा र कुसुले जातिलाई जोगी टोलमा बसाइएको पाइन्छ । उसबेलादेखि अहिले उनीहरूका सन्तानले दोलखाका जात्रामा बाजा बजाउने बिँडो थामिरहेका छन् । मूर्दा लाने बेलामा कुसुले बिना एक जना कसाहीले मात्र च्यामच्यामसमेत ढोलकमाथि राखेर बजाउने गर्छन् । हाल उनीहरूले बाजा बजाउन नमानेका हुनाले छेत्री, बाहुन जस्तो शङ्ख बजाएर लाने गरेका छन् ।

स्पष्टतः दोलखामा जात्राका बाजाहरू नेवारहरूले बजाउने चलन छैन । लाखे नचाउने बेला, कालिञ्चोक जाने बेला, ‘गुल्ना हुई’ मा सहर परिव्रmमा गर्ने आदि बेलामा नेवार युवाले नै ढोलक बजाउने गर्छन् तर हाल कसाही जातिले बजाउन नमान्ने भएको र मानिस पनि कम भएकाले एक दुई नेवार युवाले पनि कुमारी जात्राको बेला ढोलक बजाउन थालेका छन् । आफ्ना परम्परागत जात्रा जोगाइ राख्नु पर्छ कर्तव्य बोधले गर्दा उनीहरूले ढोलक बजाउन थालेका हुन  । धेरै प्रयोग हुने मुहारी भने अहिलेसम्म जुनसुकै कार्यमा पनि कुसुलेहरूले नै बजाउने गरेका छन् ।   

केही जात्रा तथा उत्सवहरूमा ढोलकबिना केवल मुहारी मात्र बजाउने चलन छ । जस्तो कि पिण्ड सेलाउन लगेको बेला, दसैंँमा हिपाथामी जात्रामा त्रिपुरासुन्दरी मन्दिरबाट अगाडि बढ्दा र बाहिरको मण्डपमा पुग्दा, दसैँमा केही देकुठामा (कुल्यानमा) मुहारी मात्र फुक्ने गरिन्छ । त्यस्तै मत्स्येन्द्रनाथ जात्रामा ट्वाल पूजा गर्दा मुहारी मात्र बजाउने गरिन्छ । कुमारी जात्रा तथा खड्ग जात्रा जस्ता ठुला जात्रामा मुहारीको साथमा ढोलक र च्यामच्याम प्रयोग गर्ने गरिन्छ । 

दोलखाका अधिकांंश चाडपर्व र जात्रामा कसाही÷कुसुलेले बजाउने बाजाको प्रचलन भए पनि केही अवसरमा खींं भनिने ढोलक जस्तो देखिने ठुलो बाजा बजाएर दाफा भजन गाउने चलन छ । जस्तो कि दसैँमा एकादशीको दिन हुने खाँडो जात्रामा दुङ्गलको नाटेश्वर मन्दिरदेखि खीं बाजा बजाएर देवी भगवतीको भजन र मालश्री भजन गाउने चलन छ । ‘खरी प्याखन’ भनिने शास्त्रीय नृत्यमा खींं मात्र बजाएर नचाउने चलन छ । फूलपाती लिएर फर्कने बेलामा खींं बजाएर भजनसमेत हुन्छ । गाईजात्रामा खींं बजाएर सरकारी गाई जात्रा हुन्छ । खींं बजाउने बेला ताल, बौल भनिने र खास खास अवसरमा बुक्सेल बाजाहरू बजाइन्छन् । दोलखा एक सांंस्कृतिक र धार्मिक सहर भएकाले जन्मदिन, पास्नी जस्ता शुभकार्यमा घरमा आमन्त्रण गरेर दाफा भजन गाउन लगाउने चलन छ ।   

त्यस्तै ‘बुगदेउ’ (मत्स्येन्द्रनाथ) डवाकुलुङगास्थित मन्दिरमा भिœयाउने बेला र स्वस्थानी सकेको दिन वाराणसीदेखि सहस्रधारा सहर परिव्रmमा गराउँदा सबै टोलका दाफा खलक मिलेर भजन गाउने चलन छ । हिले जात्रामा कालिञ्चोक गएको दाफा खलकहरू फर्किंंदा पाखलतीदेखि दाफा खलकले भजन गाउन थाल्छन् र सँगसँगै सहर परिव्रmमा गर्छन् । कात्तिकको हरिबोधिनी एकादशीमा तल्लो टोल, माथिल्लो टोल र डवाकुलुङ्गा टोलका दाफा खलकहरूले आआफ्ना टोलभित्रका स्थानीय भाषामा ‘तुरसी’ को (तुलसी) मठमा गएर भजन गाउने गर्छन् । बालाचतुर्दशीमा तल्लो टोल र माथिल्लो टोलको बेग्लाबेग्लै समूह बाजा बजाएर सहरस्थित सबै देवालयको परिव्रmमा गरेर शतबीज छर्छन् । एक महिना गणेश मन्दिरदेखि भीमेश्वर मन्दिरसम्म माघ गाउनेमा भने आधुनिक बाजा हार्माेनियम, तवला र छिलिमिली बजाउने गर्छन् । फागुपूर्णिमामा पनि तल्लो टोल र माथिल्लो टोलको बेग्लाबेग्लै दुई समूह बाजा बजाएर फागु खेल्दै सहर परिव्रmमा गर्छन् । चैते दसैँको निमन्त्रणा पूजा जाने बेला र मत्स्येन्द्रनाथ जात्रामा डवाकुलुङ्गा टोलमा मत्स्येन्द्रनाथ लिन जाँदा र फर्काउने बेला पनि बाज बजाउने गरिन्छ । 

बाजाको धुन र बजाउने तरिका मौसम अनुसार, जात्रा र नृत्य अनुसार फरक फरक हुन्छन् । दोलखा सहरमा वर्षभरि हुने चाडपर्व र जात्रा मध्य गठेमङ्गलमा घन्टाकर्णको पुतला तान्नेमा बाजा बजाउने गरिन्छ । यसको पर्सिपल्ट परेवाको दिनदेखि तल्लो र माथिल्लो टोलका टोली बिहान बिहान बाजा बजाएर देवालयहरू परिव्रmमा गर्ने ‘गुलना उइ’ गर्छन् जुन कागेअष्अन्त हुन्छ । गुलनापर्व नौ दिनसम्म हुन्छ जसमा गठेमङ्गलको भोलिपल्टदेखि बाजा बजाएर लाखे नृत्य हुन्छ, जसमा ढोलक र च्यामच्याम बाजा प्रयोग हुन्छ । नेपाल डाकसमा गुजराती र ढोलक प्रयोग हुन्छ । चतुर्दशीको दिन नखत याने भोज खाने खास चाडको दिन दुई टोलका दुई समूह बाजा बजाएर कालिञ्चोक जान्छन् र जनैपूर्णिमाको दिन फर्केर ढोलक र च्यामच्याम बजाएरै सहर परिव्रmमा गर्छन् । गाईजात्राको साँझ देखाइने ‘ट्वाकल प्याखन’ मा पनि ढोलक र च्यामच्याम नै प्रयोग हुन्छ । द्वितीयादेखि खस्टीसम्म पाँच रात ढोलक र च्यामच्याम बाजा बजाएर रातभरि कुमारी जात्रा हुन्छ । 

यसरी अधिकांंश अवसरमा ढोलक र च्यामच्याम बाजा बजाउने गरे पनि केहीमा मुहारी मात्र बजाउने गरिन्छ । कागेअष्दसैँ आगमनको सङ्केत गर्दै कुसुलेले देवालयहरूमा मालश्री धुनमा मुहारी बजाउँछन् । पाङ्जामा बाँडाहरू बाजा बजाएर टोल टोलमा भिक्षा लिन जान्छन् । दसैंँमा जमरा राखेको दिनदेखि एकादशीसम्म बिहान र साँझ देवालयहरूमा र विभिन्न टोलका देकुठामा बाजा बजाउने गरिन्छ । साना परिवारका देकुठामा मुहारी मात्र बजाउने गरिन्छ । घटस्थापना र नखतको दिनमा निलोखु (चोखो पानी) थाप्न र राजकुलेश्वर र त्रिपुरासुन्दरी मन्दिरसम्म पु¥याउँंदा पनि बाजा अनिवार्य हुन्छ । 

अहिले यी बाजा लोपोन्मुख हुने अवस्थामा छन् । उसबेला बाजा बजाउने कसाही कुसुले सरकारले गरिदिएको कार्यविभाजन अनुसार काम गर्न बाध्य थिए । साथै उनीहरूलाई केही जग्गा दिइराखिएको थियो र चाडपर्वमा कसाही कुसुलेलाई केही भाग दिने गरिन्थ्यो । जस्तो कि हिले जात्रामा सरकारी निकायले उठाएको राँगोको टाउको आदि कसाही÷कुसुलेलाई पनि दिइन्थ्यो । अहिले ती सबै चलन हराइसकेका छन् । त्यसमाथि एकातिर एक÷दुई जना मात्र छोरा हुने र अर्काेतिर भएका छोराहरू पनि स्वदेश तथा विदेशतिर जागिरको खोजीमा जानाले कसाही÷कुसुलेका छोराहरू घरमा कमै मात्र छन् । त्यसमाथि शिक्षित दलित युवा आफ्ना साथीका अगाडि बाजा बजाउने काम गर्न सरम मान्छन् । 

सधैँ परम्परा भनेर अहिले कसैले सांंस्कृतिक तथा धार्मिक काम गरिरहेका छैनन् । यही कारण कुमारी जात्रामा नेवार युवकले पनि ढोलक बजाउन थालेका हुन् । खड्ग जात्रामा ढोलक बजाउन दुई जना कसाही र छ÷सात जना मुहारी बजाउने कुसुले आवश्यक हुन्छ । कुमारी जात्रामा ढोलक र झ्याम्टा बजाउने दुई जना कसाही र सनई बजाउने १२ जना कुसुले गरी १४ जनाको बाजा समूह हुन्छ । खड्ग जात्रा बिहान सबेरैदेखि सुरु भएर दिउँसो घाम डुब्न लाग्दा अन्त्य हुन्छ । कुमारी जात्रा साँझतिर सुरु भएर भोलिपल्ट बिहान अन्त्य हुन्छ । यी दुवै जात्रामा बाजा अटुट बजाइरहनु पर्छ । 

सांस्कृतिक चाडपर्व र जात्रामा बाजा बजाउने प्रथा परम्परालाई दिगो बनाउन एउटा अक्षयकोष खडा गरेर उनीहरूले वार्षिक रूपमा केही पारिश्रमिक पाउने व्यवस्था गर्न अत्यन्त जरुरी छ । बाजाबिना जात्रा र चाडपर्वको केही रौनक हुँदैन; चाडपर्व र जात्राबिना दोलखा सहरको अस्तित्व हुँदैन ।