• १३ पुस २०८२, आइतबार

रुखबाट लडेर वृद्धको निधन

blog

 राधा लुइटेल

फिदिम, पुस १३ गते। पाँचथरको फिदिम नगरपालिका ४ मा रुखबाट लड्दा ८० वर्षीय वृद्धको  निधन भएको छ ।

ज्यान गुमाउनेमा फिदिम ४ थापाटारका ८० वर्षीय चुडामणि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

शनिबार बिहान घाँस काट्न जानु भएका थापा साँझसम्म घर नर्फेपछि खोजतलास गर्ने क्रममा आफन्त र छिमेकीले मृत अवस्थामा फेला पारेका थिए ।

खबर पाए लगत्तै पुगेको प्रहरीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीको भनाई छ ।करिब २५ फिट अग्लो टाँकीको बोटमा घाँस काट्ने क्रममा थापाको रुखदेखि खसेर ज्यान गएको प्रहरीको भनाइ छ ।