• २२ चैत २०८२, आइतबार

डिजेल र पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुल्यो

blog

काठमाडौँ, चैत २२ गते । सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । 

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भन्नुभयो,‘डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ।’ 

त्यसैगरी सरकारले आगामी वर्षको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णयसमेत गरेको छ ।