• २० वैशाख २०८३, आइतबार

चट्याङसहितको वर्षा हुने क्रम बढ्दो

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे क्षेत्रमा आइतबार वर्षासँगै परेको चट्याङको दृश्य । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, वैशाख २० गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे क्षेत्रमा आइतबार वर्षासँगै आकाश नै चम्कने गरी परेको चट्याङको परेकाे छ । मौसममा आएको बदलीसँगै यस क्षेत्रमा पछिल्ला केही दिनयता चट्याङसहितको वर्षा हुने क्रम बढ्दो छ । 

प्रि–मनसुन सक्रिय भएसँगै अपराह्न र साँझपख हावाहुरी, गर्जन र चट्याङसहित पानी पर्ने गरेको छ । मौसमविद्हरूका अनुसार यो समयमा वायुमण्डलमा विकसित हुने स्थानीय प्रणालीका कारण चट्याङको जोखिम बढी हुने गर्दछ । 

विगत केही दिनदेखि कपिलवस्तुसहित तराईका जिल्लाहरूमा गर्मी बढिरहेका बेला भएको यो वर्षाले तापक्रममा केही गिरावट ल्याए पनि चट्याङका कारण सर्वसाधारणमा त्रास भने बढेको छ ।