पूर्वाधारमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
नेपाल उद्योग परिसङ्घले आगामी एक दशकसम्म कुनै फेरबदल नहुने गरी नीतिगत सुधार तथा स्थिरताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेस गरिएको सुझावमा यस्तो माग राखिएको हो । परिसङ्घले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी बढाउने नीति लिन आग्रह गरेको छ ।
साहसिक पर्यटन नियमनमा कडाइ
सरकारले साहसिक पर्यटनमा क्षेत्रको नियमनमा कडाइ गर्ने भएको छ । पर्यटन विभागका अनुसार साहसिक खेल सञ्चालन गर्न विभागबाट अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । हाल देशका विभिन्न स्थानमा बिनाइजाजत र सुरक्षाको उचित विश्लेषण नै नगरी आफूखुसी यस्ता गतिविधि भइरहेको भन्दै विभागले इजाजत नलिई साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने भएको हो ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा तोकिएको छ ।
मूल्य पारदर्शिता सप्ताहमा ऐक्यबद्धता
सरकारले घोषणा गरेको मूल्य पारदर्शिता सप्ताहप्रति पूर्ण समर्थन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घले देशभरका उद्योगी व्यवसायीलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।
बागमती प्रदेश : आयोजना छनोटमा नयाँ व्यवस्था
बागमती प्रदेश सरकारले बजेट तथा कार्यक्रम तर्जुमाका लागि आयोजना तथा कार्यक्रम छनोटमा नयाँ व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी थालेको आर्थिक मामिला तथा योजना मन्त्रालय आयोजनाको बजेटको सीमा निर्धारणसँगै आयोजना छनोट जिल्लाबाट सिफारिस गर्नुपर्ने व्यवस्था गरेको हो ।
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’
सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ ।
एसइई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याएको छ । बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु गरेर कम्प्युटरमा प्रविष्ट गर्ने काम सकिएको छ । कुनै जटिल प्राविधिक समस्या आएन भने ढिलोमा मङ्गलबारसम्ममा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । विगतमा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो । एसइई गत चैत २९ गते सकिएको थियो ।
राष्ट्रिय सभाको कार्यसूची
सरकारले सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सोमबारको बैठकमा सभासमक्ष आठ वटा अध्यादेश पेस गर्दै छ । सोमबार अपराह्न २:०० बजेका लागि निर्धारण गरिएको बैठकमा अध्यादेश पेस हुने छन् ।
आजदेखि संसद्को बर्खे अधिवेशन
निर्धारित रूपमा सम्पन्न गर्नुपर्ने संवैधानिक र कानुनी दायित्वका कार्यसूचीको दबाबबिच सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आज (सोमबार) देखि सुरु हुँदै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेसका लागि संयुक्त सदनको बैठकसमेत बस्ने छ ।
सय कार्यसूची परिवर्तनको अनुभूति
सरकारले शासकीय सुधार गर्ने उद्देश्यले एक सय दिनमा गरिने एक सय कार्यसूची सार्वजनिक गरी कार्यान्वयन सुरु गरेसँगै आमनागरिकले परिवर्तनको अनुभूति गर्न थालेका छन् । विगतमा अधिकांश सरकारी कार्यालयमा समयमा नै सेवा प्राप्त गर्न नसकेर हैरानी भोग्दै आएका सेवाग्राहीले अहिले तोकिएकै समयमा सेवा प्राप्त गर्न थालेका छन् । कर्मचारी प्रशासन सेवाग्राहीप्रति उत्तरदायी र सेवाग्राहीमैत्री बन्दै गएका छन् ।
आधार शिविरमा सानो बजार
सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहणका लागि पुगेका पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथप्रदर्शक, भरिया, भान्से र उचाइमा जाने कामदारको जमघटले यतिबेला सगरमाथा आधार शिविर सानो सहर जस्तै बनेको छ । अग्ला शिखरको फेदीमा आरोहीको बास व्यवस्थापनका लागि चट्टानी भूभागमा फैलिएका सयौँ रङ्गीचङ्गी पाल र ध्वजा, आधार शिविरमा दैनिक दर्जनौँ पटक हुने हेलिकोप्टरको ओहोरदोहोर, टेन्टभित्र बालिएका बत्ती र सङ्गीतको धुनले कठोर हिमगल्छी एउटा अस्थायी सहर जस्तो भएको छ । आरोहण सहजीकरणका लागि अस्थायी फिल्ड कार्यालय खुम्बुमा खटिएका ज्ञानेन्द्र श्रेष्ठका अनुसार शिखर चुम्ने एउटै सपना बोकेर संसारभरबाट आएका आरोही तथा सहयोगीलगायत करिब दुई हजार जना त्यहाँ छन् ।
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ। प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको हो ।
भृकुटीमण्डपमा ट्रेड फेयर २०२६ (फोटो फिचर)
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकको उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी रहेको छ। सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवर्धन बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबिच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो ।
“बाल पोषण भत्ता” देशभर कार्यन्वयन गर्नुपर्नेमा जोड
सरकारले सामाजिक सुरक्षा अन्तर्गत प्रदान गर्दै आएको “बाल पोषण भत्ता” ५३२ बाट वृद्धि गर्दै देशभर कार्यन्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
आठ सडक आयोजनाका लागि बहुवर्षीय स्रोत सहमति सिफारिस
राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ ।
सोमबारदेखि संसद्को बजेट अधिवेशन
सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।
काठमाडौँसहित कुन कुन जिल्लामा भइरहेछ वर्षा ?
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको बताएको छ ।
जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छः आइजिपी कार्की
नेपाली प्रहरीका प्रमुख (आइजिपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताउनुभयो ।
मनाइयो सत्यमोहन जोशीको १०६ औं जन्मजयन्ती
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०६ औं जन्मजयन्ती वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा मनाइँदैछ ।
सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाउनुभएको छ ।
पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ ।
भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित गत बिहीबारदेखि स्थानीय भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श
मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय जेष्ठ नागरिक सम्मेलन अन्तर्गत आज जेष्ठ नागरिकको सम्मान र सुरक्षाबारे विमर्श भएको छ ।