• २८ वैशाख २०८३, सोमबार

मूल्य पारदर्शिता सप्ताहमा ऐक्यबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २८ गते । सरकारले घोषणा गरेको मूल्य पारदर्शिता सप्ताहप्रति पूर्ण समर्थन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घले देशभरका उद्योगी व्यवसायीलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । 

सरकारले यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा ‘मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासङ्घले आफ्नो ऐक्यबद्धता जनाएको हो । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

महासङ्घले मन्त्रालयको परिपत्र अनुसार आफ्ना सदस्य उद्योग वाणिज्य सङ्घ, वस्तुगत सङ्घ र आबद्ध व्यवसायीलाई सम्पूर्ण उद्योगी, पैठारीकर्ता, आपूर्तिकर्ता, थोक तथा खुद्रा विक्रेताले आफूले बिक्रेी गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न आग्रह गरेको छ ।