अर्थमन्त्रीलाई राष्ट्र बैँकको आर्थिक र वित्तीय प्रतिवेदन पेस
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैँकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरेको छ ।
पूर्वाधारमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
नेपाल उद्योग परिसङ्घले आगामी एक दशकसम्म कुनै फेरबदल नहुने गरी नीतिगत सुधार तथा स्थिरताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेस गरिएको सुझावमा यस्तो माग राखिएको हो । परिसङ्घले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी बढाउने नीति लिन आग्रह गरेको छ ।
साहसिक पर्यटन नियमनमा कडाइ
सरकारले साहसिक पर्यटनमा क्षेत्रको नियमनमा कडाइ गर्ने भएको छ । पर्यटन विभागका अनुसार साहसिक खेल सञ्चालन गर्न विभागबाट अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । हाल देशका विभिन्न स्थानमा बिनाइजाजत र सुरक्षाको उचित विश्लेषण नै नगरी आफूखुसी यस्ता गतिविधि भइरहेको भन्दै विभागले इजाजत नलिई साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने भएको हो ।
मूल्य पारदर्शिता सप्ताहमा ऐक्यबद्धता
सरकारले घोषणा गरेको मूल्य पारदर्शिता सप्ताहप्रति पूर्ण समर्थन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घले देशभरका उद्योगी व्यवसायीलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
उद्योगले गर्दैनन् वायु र पानी परीक्षण
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ५५० भन्दा बढी उद्योग सञ्चालन छन् तर अधिकांशले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दा कोरिडोर क्षेत्रमा वायुप्रदूषण अत्यधिक बढेको पाइएको छ । विराटनगरदेखि इटहरी र विराटनगरदेखि रङ्गेलीसम्मको सडकखण्डमा यात्रा गर्दा कतिपय ठाउँमा यात्रुले नाक थुन्नुपर्ने र सास फेर्नै गाह्रो हुने अवस्था छ । उ
बागमती प्रदेश : आयोजना छनोटमा नयाँ व्यवस्था
बागमती प्रदेश सरकारले बजेट तथा कार्यक्रम तर्जुमाका लागि आयोजना तथा कार्यक्रम छनोटमा नयाँ व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी थालेको आर्थिक मामिला तथा योजना मन्त्रालय आयोजनाको बजेटको सीमा निर्धारणसँगै आयोजना छनोट जिल्लाबाट सिफारिस गर्नुपर्ने व्यवस्था गरेको हो ।
अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इप्पान० ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ ।
भृकुटीमण्डपमा ट्रेड फेयर २०२६ (फोटो फिचर)
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकको उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी रहेको छ। सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवर्धन बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबिच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो ।
मुआब्जा विवाद सुल्झिएपछि सेतीमा पुल निर्माण : ६० प्रतिशत काम सम्पन्न
पोखरा–मुग्लिन सडक (पश्चिम खण्ड) अन्तर्गत पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन पुलको अवरोध हटेपछि निर्माण कार्य पुनः सुरु भएको छ।
आठ सडक आयोजनाका लागि बहुवर्षीय स्रोत सहमति सिफारिस
राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ ।
मेगा कलेजमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
समकालीन वाणिज्यका मुद्दाहरूसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने चाँदीको मोल भने रु २५ ले बढेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
बजेटसम्बन्धी सुझाव सिधै प्रधानमन्त्रीलाई
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले suggestions.opmcm.gov.np नामक डिजिटल प्लेटफर्म सुरु गरेको हो ।
बैङ्कमै थुप्रियो पैसा
नेपालको बैङ्किङ प्रणालीमा निक्षेप तीव्र रूपमा बढ्ने तर कर्जा प्रवाह भने सुस्त नै रहने अवस्थाले चुनौती थप्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैङ्किङ प्रणालीमा निक्षेप साढे ७९ खर्ब रुपियाँ नाघेको छ तर कर्जा प्रवाह भने ५८ खर्ब ७४ अर्ब रुपियाँमा सीमित छ । यसले बैङ्कहरूसँग पर्याप्त लगानीयोग्य स्रोत थुप्रिएको छ । ब्याजदर घट्दा पनि निजी क्षेत्रबाट कर्जा माग अपेक्षा अनुसार बढ्न नसक्दा तरलता परिचालन चुनौतीपूर्ण बन्दै गएको हो ।
मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ
पछिल्लो समयमा पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य लगातार बढेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पुगेको छ । करिब दुई महिनायता इन्धनको भाउ पाँच पटकसम्म बढेपछि यातायात र ढुवानीको भाडावृद्धिको प्रभाव आमनेपाली उपभोक्ताको भान्सासम्म पुगेको हो ।
बगरमा लोभलाग्दो तरबुजा खेती
केही वर्षअघिसम्म उराठलाग्दो, सुनसान र उपयोगविहीन देखिने बाँकेको सिधनियाँघाटस्थित राप्ती नदीको बगर अहिले लटरम्म तरबुजाले ढाकिएको छ । तीन वर्षअघिदेखि भारतका विभिन्न स्थानबाट आएका किसानले श्रम र सिपको प्रयोग गरेर सो बगरमा तरबुजा उत्पादन गरी लाखौँ आम्दानी गर्न थालेका छन् । भारत उत्तरप्रदेशको बागपत जिल्लाका पाँच भाइ र तिनका आफन्त गरेर १० परिवारले तीन वर्षदेखि सिधनियाँघाटआसपास तरबुजा खेती सुरु गरेका थिए ।
भृकुटीमण्डपको चालिस लाख बक्यौता उठ्यो
समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित भवन, हल र सटर भाडामा लिएका २० सङ्घ संस्थाले ४० लाख ७५ हजार ७५४ रुपियाँ बक्यौता बुझाएका छन् । परिषद्ले लामो समयदेखि बक्यौता नदिने सङ्घ संस्था र व्यक्तिलाई दुई पटक सार्वजनिक सूचना जारी गरेपछि उक्त रकम उठेको हो ।
घोङी बिक्री गरि जिविकोपार्जन गर्दै मुसहर–माझी समुदाय
महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा मुसहर–माझी समुदायका महिलाहरु घोङी बिक्रीका लागि ग्राहक कुर्दै बसेका छन्।
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
सहकारीको सङ्कट टार्न पूर्वसतर्कता अभियान
सहकारी क्षेत्रमा बढ्दो वित्तीय जोखिम र बचतकर्तामा देखिएको अविश्वासलाई मध्यनजर गर्दै तनहुँमा सहकारीहरूलाई सङ्कटबाट जोगाउन पूर्वसतर्कता अभियान सुरु गरिएको छ ।
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
सहकारीमार्फत मौरीपालन विस्तार
भूमिकास्थान नगरपालिकाले मौरीपालन गरी मह उत्पादन गर्ने जिम्मा कृषक सहकारी संस्थालाई दिएको छ । वडा नम्बर १ र २ को ढाकावाङमा रहेको प्रगति कृषक सहकारी संस्थालाई ४७ थान मौरीसहितका घार र सामग्री उपलब्ध गराएको हो । नगरले वडा नं. ९ को ढिकुरा, १० को धनचौरलगायत सम्भावित क्षेत्रलाई मौरी पकेट क्षेत्र घोषणा गरी कृषकलाई मौरीपालन वृद्धि गर्न विभिन्न घार वितरणदेखि प्राविधिक सहयोग गर्दै आएको छ ।
बाँकेमा एउटा मात्रै छोटी भन्सार
बाँकेमा सशस्त्र द्वन्द्वकालअघि सात वटा छोटी भन्सार कार्यालय रहेकोमा नयाँ नियमावली अनुसार एउटा मात्रै कायम हुने भएको छ । नेपाल सरकारले वैशाख २१ गते राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार बाँकेमा छोटी भन्सारका रूपमा नरैनापुर मात्रै उल्लेख गरिएको छ ।