• ७ मंसिर २०८२, आइतबार

कैलालीमा सात प्रतिशतले घट्यो धान उत्पादन

blog

किसानले थ्रेसिङ गरेर राखेको धान । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर ७ गते । कैलालीमा यसवर्ष करिब सात प्रतिशतले धान उत्पादन घटेको छ। पट्के खडेरी, मल अभाव, सिँचाइमा विद्युत आपूर्ति नहुनु लगायतको कारणले गतवर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । सो कार्यालयका अनुसार गतवर्ष प्रति हेक्टरमा ४.७ प्रतिशतको दरले तीन लाख १६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

यसवर्ष दुई लाख ९४ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक विष्टले बताउनुभयो । यसवर्ष करिब २२ हजार १८६ मेट्रिकटन धान घटेको उहाँको भनाइ छ। 

पटके खडेरी, मल अभाव र सिँचाइमा विद्युत आपूर्ति कमीका कारण गतवर्षको तुलनामा धान उत्पादनमा कमी आएको उहाँले उल्लेख गर्नुभयो । “बेलैमा पर्याप्त मात्रामा मल, पानी नपाउँदा धान उत्पादन राम्रो हुन सकेन”, विष्टले भन्नुभयो । कैलालीमा ६८ हजार हेक्टर जमिनमा धानखेती गरिएको थियो ।