• २४ जेठ २०८०, बुधबार

हजुरआमाको हेरचाह ‘मेरी प्यारी नातिनी’ (बालकथा)

‘बच्चालाई रुवाउन हुन्न, ल्याइदेओ न हो ।’ – नातिनातिना रोएको सुन्ने बित्तिकै हजुरआमाहरूले भन्ने शब्द । रोएको सुन्ने बित्तिकै कराउने पनि । बच्चाको जिकिरमा तर आज बच्चा बाहिर गएर आई । उसको बाबा दिनेशले पटक–पटक जिस्काउँदा नि सधैँ जस्तो छोरी रोइन् । न त केही चाहियो भनेर दुःख नै दिई । ऊ आज घरबाट निस्किँदा जस्तै खाली हातमै घरभित्र पसी । सिधै भान्छामा गई र फ्रिजबाट आइसक्रिम निकाली । मैले खान हुन्न भन्न मात्र के लागेकी थिएँ । उसले त आधाभन्दा धेरै भएको आइसक्रिमको बट्टा नै डसबिनमा हालिदिई । किन भनेको त आज डाक्टरकामा गएकी थिइन् । ‘बाबामामु डाक्टर अङ्कलले भनेको चकलेट, आइसक्रिम धेरै खान हुन्न रे । चाउचाउ, लेज, कुरकुरे त झन् खानै हुन्न रे । खायो भने पेटमा कीरा पर्छ रे । पढ्न आउँदैन रे । था’छ ?

मरेको नक्कल गरेर बच्यो ज्यान (कथा)

एउटा जङ्गलमा धेरै मृगहरू बस्थे । त्यसैले त्यो जङ्गलमा धेरै सिकारी पनि आउने गर्थे । त्यसैले मृगहरू सधैँ चनाखो भएर बस्नु पथ्र्यो । नभए ती सिकारीको पासोमा पर्थे । जङ्गलमा मृगहरूका एक जना गुरु थिए । गुरुले साना साना मृगहरूलाई ‘मृग माया’ सिकाउँथे । मृगमाया भनेको अनेक खालका अभिनय हो । यसलाई नक्कल गर्ने कलाभन्दा पनि हुन्छ । सिकारीबाट बच्न मृगहरूले अभिनयका तरिकाहरू सिक्नु पथ्र्यो ।

स्वादिलो जु जु धौ (दही)

भक्तपुर दहीका लागि प्रख्यात छ । दहीलाई नेपाल भाषामा धौ भनिन्छ । जु जु भन्नाले राजालाई बुझाउँछ । दहीमा पनि एकदम मीठो र विशेष दहीलाई जु जु धौ भनिन्छ । भक्तपुरको जेला टोलमा सबैभन्दा पहिला जु जु धौ बनाइएको थियो । भक्तपुरका सैजु तथा दुवालहरूले जु जु धौ बनाउने पेसा गर्दै आएका छन् । पर्यटकहरू भक्तपुरमा जु जु धौ खान आउँछन् । जु जु धौ बनाउन हामीलाई निम्न कुरा आवश्यक पर्दछन् ः दुध, चिनी, ल्वाङ, सुकुमेल, भुस, सिरक, माटोको भाडो ।

टौदह (यात्रा)

नयाँ वर्ष २०८० को पहिलो दिन अर्थात् गत वैशाख १ गते म काठमाडौँको टौदह घुम्न गएँ । मसँगै बाबाममी हुनुहुन्थ्यो भने बहिनी पनि सँगै थिइन् । म पहिलो पटक टौदहको भ्रमणमा गएकी हुनाले निकै उत्सा

शीर्षक के हो ?

मुना र छुना दिदीबहिनी थिए । उनीहरू काठमाडौँ उपत्यकानजिकैको एक सरकारी स्कुलमा कक्षा ७ मा पढ्थे । मुना हरेक दिन स्कुलमा पढाएको कुरा घरमा आएपछि रिभिजन गर्थिन् । मन लगाएर होम वर्क गर्थिन् । फुर्सदको बेला ममीलाई पनि सघाउँथिन् । क्लासमा पनि ध्यान दिएर पढ्थिन् तर छुना भने स्कुलबाट घर पुग्नासाथ झोला एकातिर फालेर मोबाइलमा झुन्डि