साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बिहीबार भएको खेलमा नेपाल माल्दिभ्ससँग २–१ गोलले पराजित भयो ।
टी–२० विश्वकप : अभ्यास खेलमा श्रीलङ्का ‘ए’ सँग नेपालको दोस्रो हार
जितका लागि श्रीलङ्का ‘ए’ ले दिएको दुई २३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४९ रनमा समेटियो । नेपाल यसअघि पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो ।
च्याम्पियन्स लिग : बायर्न म्युनिक र लिभरपुल विजयी
बुधबार राति भएको खेलमा बायर्नले युनियन सेन्ट गिलोसमाथि २–० गोलको जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
टी–२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदै समूह बी बाट सुपर सिक्समा स्थान बनाएको हो ।
शुक्रबारदेखि पोखरा रङ्गशालामा भलिबलको महाकुम्भ
पोखरामा शुक्रबारदेखि राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले विगत पाँच वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ अन्तर्गतको छैठौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुने भएको हो ।
चुनावी मैदानमा खेलकर्मी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको माहोल तातेका बेला खेलकर्मी पनि पछाडि पर्ने कुरै भएन । आगामी चुनावका लागि सङ्घका अध्यक्ष, प्रशिक्षक, खेलाडी, कमेन्टेटरलगायतले उम्मेदवारी दिएका छन् ।
साफ महिला फुटसल : नेपालले पाकिस्तानलाई हरायो
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ गोलले हरायो ।
च्याम्पियन्स लिग : रियलको सानदार जित
रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमा मोनाकोमाथि सानदार जित निकालेको छ ।
एन्फा निर्वाचन प्रक्रिया स्थगित
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
टी–२० विश्वकप : अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग पराजित
आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ ।
राष्ट्रिय लिग : पुलिस र चित्लाङको बराबरी
नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
पदक विजेता सरिनालाई घले समाज युकेको सम्मान
अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ ।
साफ फुटसल : नेपाल र पाकिस्तानको बराबरी
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा मङ्गलबार भएको खेलमा नेपाल पाकिस्तानसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो बराबरी हो ।
साफ यु–१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।
एरिकाले वर्ल्ड कराते लिग खेल्ने
नेपालकी कराते स्टार एरिका गुरुङले ब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नु हुने भएको छ ।
हिमालयन च्यालेन्जर्स चेसमा अभिक च्याम्पियन
सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बन्नुभएको छ । उहाँले अन्तिम तथा नवौँ चरणमा हार्दिक पन्तलाई पराजित गर्नुभयो ।
सनी, अनिशा र सपना च्याम्पियन
नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ ।
राष्ट्रिय लिग : एनआरटी र लालिगुँरास विजयी
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ गोलले हरायो ।
साफ महिला फुटसल : नेपाल बङ्गलादेशसँग पराजित
बैंककस्थित नोनथाबुरी रङ्गशालाको फुटसल एरिनामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले हरायो ।
सेनेगल अफ्रिका कप अफ नेसन्स च्याम्पियन
रबातमा आइतबार राति भएको खेलमा मोरोक्कोलाई १–० गोलले हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।
दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको सदस्यमा निर्वाचित
नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को सदस्यमा निर्वाचित हुनुभएको छ ।
जुनियर टेनिस : सोनाम, सारा र विश्वलाई स्वर्ण
सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जित्नुभएको छ ।
धरानमा आइबिए बक्सिङ प्रो एन्ड एमेचर फाइट नाइट हुने
धरान उपमहानगरमा राष्ट्रिय स्तरको दास्रो आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट माघ २३ गते हुने भएको छ ।