शंकर वारियर्सविरुद्ध गण्डकी फायर भिड्दै
चापाकोट –१० गंगालाल माविको खेलमैदानमा जारी ‘मुन लाइट गु्रप’ चापाकोट क्रिकेट लिगमा सोमबार दुई खेल हुँदैछ । आज पहिलो खेल शंकर वारियर्सविरुद्ध गण्डकी फायर र दोस्रो खेल रोयल आँधीखोलाविरुद्ध कुवाकोट युथ स्टारबिच हुने छ ।
मुसिकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड त्रिभुवन माविलाई
गुल्मीको मुसिकोट नगरपालिका–४ कुर्घा भुवाचिदीस्थित ग्वादीकाचौर खेलमैदानमा सम्पन्न आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालयले जितेको छ ।
टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता
युथ अफ टीकापुरको आयोजनामा टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा कालिकोट, बर्दिया र कैलालीका नौ वटा टीम सहभागी छन् । आइतबार सुरु भएको खेल जेठ ३ गते सम्म चल्नेछ ।
महिला राष्ट्रिय कबड्डी : एपीएफ विजयी
सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपिएफ क्लब विजयी भएको छ ।
काभा महिला भलिबलको ट्रफी सार्वजनिक
नेपाल भलिबल सङ्घको आयोजनामा आगामी जेठ ८ देखि १५ गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड सुरु
सल्यानमा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (आइतबार) देखि सुरु भएको छ ।
चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी
‘मुन लाइट गु्रप’ चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी भएको छ । आइतबार भएको खेलमा गण्डकीले कुवाकोट युथ स्टारलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।
विश्वकप लिग–२ : इशानलाई समेट्दै नेपाली टोलीको घोषणा
यही वैशाख २९ देखि जेठ ८ गतेसम्म घरेलु मैदानमा हुने नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुसिकोटको ग्वादिका चौरमा तीन हजार खेलाडी भिड्दै
गुल्मीको मुसिकोट नगरपालिका–४, भुवाचिदीको ग्वादीका चौर खेल मैदानमा तीन हजार खेलाडी भिड्ने भएका छन् ।
तेस्रो निस्दी कपको उपाधि पिरामिडलाई
तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्स्ट्रक्सन हङकङले जितेको छ । तेस्रो निस्दी खेलकुद महोत्सव अन्तर्गत भएको क्लब स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा शाही फलफुल वालिङलाई ३–१ सेट अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
जुम्ला–रारा अल्ट्रा म्याराथनमा धिर बुढा र कल्पना बुढा प्रथम
जुम्ला–रारा अल्ट्रा म्याराथनमा पुरुषतर्फ धावक धिर बुढा प्रथम हुनुभएको छ । उहाँले ६ घण्टा १२ मिनेटमा ५४ किलोमिटर दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो । यस्तै, द्वितीयमा होमबहादुर हमाल र तृतीयमा गोपाल तामाङ रहनुभएको छ ।
‘मुन लाइट गुप्र’ चापाकोट क्रिकेट लिगमा आज दुई खेल हुँदै
‘मुन लाइट गुप्र’ चापाकोट क्रिकेट लिगमा आइतबार दुई खेल हुँदै छ । आज पहिलो खेल गण्डकी फायरविरुद्ध कुवाकोट युथ स्टार हुने छ भने दोस्रो खेल ह्वाइट हर्षविरुद्ध रोयल आँधीखोलाबिच हुने छ ।
खजुरामा आजदेखि प्रथम अशोक स्मृति कप फुटबल सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता आइतबारदेखि खजुरा गाउँपालिकामा सुरु हुँदैछ । स्थानीय खेलाडीलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक श्री द फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक संघ बाँकेले जनाएको छ ।
चन्द्रकोटमा ‘चौथो अध्यक्ष कप’ हुँदै
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। चन्द्रकोट क्याम्पसको खुला स्थानमा सञ्चालन हुन लागेको ‘चौथो अध्यक्ष कप’ अन्तर्गत यस गाउँपालिकाले आगामी जेठ ५ र ६ गते ‘वडा स्तरीय चौथो अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता’ आयोजना गर्न लागेको हो।
कोहलपुर गोल्डकपको उपाधि रेसिङ साहारालाई
कोहलपुर गोल्डकपको चौथो संस्करणको ट्रफी आयोजक कोहलपुर रेसिङ साहारा क्लबले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३ को विरूद्ध ४ गोलले हराउँदै रेसिङ साहाराले ट्रफी उचालेको हो ।
चित्लाङलाई बागमती गोल्डकप उपाधि
बागमती गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको बागमती गाउँपालिकामा आयोजना गरेको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चित्लाङ एफसी, काठमाडौँले जितेको छ ।
नेपाल ‘ए’ को तेस्रो जित
नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको । मुलपानी मैदानमा शनिबार वर्षाले प्रभावित खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई डिएलएस प्रणालीका आधारमा नौ रनले हरायो ।
इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त
इरानको फुटबल सङ्घले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ । इरानी टोलीले मध्यपूर्वमा रहेको युद्धलाई सङ्केत गर्दै आयोजकलाई आफ्ना केही सर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ ।
दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल हुने
दोलखा चेस होम नेपालको आयोजानमा वैशाख २८ देखि जेठ २ गतेसम्म छैटौँ खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ ।
कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा केपिएल कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण गरेको छ ।
दोस्रो नेपालगन्ज १०–के नाइट रन च्याम्पियन अंकल र सन्तोष
त्रिभुवन आर्मी क्लबका अंकल बहादुर पाल र सन्तोषी श्रेष्ठले दोस्रो नेपालगन्ज १०–के म्युजिक नाइट रनको ट्रफी जित्नु भएको छ ।
चापाकोट क्रिकेट लिग आजदेखि सुरु
स्याङ्जाको चापाकोट नगरपालिका–१० स्थित गंगालाल माविको खेलमैदानमा ‘मुनलाइट ग्रुप चापाकोट क्रिकेट लिग’ शनिबारदेखि सुरु हुँदैछ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा प्रथम
जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदीमा आयोजित १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ ।
जुम्ला–रारा अल्ट्रा म्याराथुन सुरु
जुम्लामा जुम्ला–रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको सातौँ संस्करण सुरु भएको छ । कर्णाली खेलकुद क्लबको आयोजना तथा स्थानीय तहको समन्वयमा ५४ किलोमिटरको म्याराथुन दौड प्रतियोगिता सुरु गरिएको हो ।