जयकृष्ण यादव
इनरुवा, वैशाख २६ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा केपिएल कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण गरेको छ ।
नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग (केपिएल) सिजन–३ आगामी जेठ ९ गतेदेखि प्रारम्भ हुने भएकाले त्यस अगाडि सनिबार कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण गरेको हो । सनिवार आयोजित एक कार्यक्रमबिच कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण गरेको हो ।
कोशी प्राइड लिगजस्ता प्रतियोगिताले खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने उल्लेख गर्दै स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका क्रिकेट संरचनाबिच सहकार्य आवश्यक रहेको आयोजक समितिका अफलज हुसेनले जानकारी दिनुभयो ।
निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र क्रिकेट प्रतिको बढ्दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने मुख्य आधार भएको बताइएको छ । कोशी प्राइड लिगलाई नेपालको प्रमुख क्रिकेट प्रतियोगितामध्ये एक बनाउने लक्ष्यसहित अघि बढाइएको आयोजकको भनाइ छ ।
प्रतियोगितामा सहभागी टिम, खेलाडी र समर्थकको उत्साहले यसलाई अझ भव्य बनाउने विश्वास लिइएको छ । आयोजकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न आह्वान गर्दै नेपाली क्रिकेटको विकासका लागि यस्ता पहलहरू निरन्तर रहने जनाएको छ ।