काठमाडौँ, वैशाख २५ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले २०८१ असार २३ गतेको फैसलामा आशिंक सफाई दिएको थियो । गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तका नाममा राखेको पाइएको छ ।
विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, थप कारवाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिनुभयो । रासस