नौ महिनामा साढे १३ हजार पर्यटकले गरे राराको अवलोकन
पर्यटकीय क्षेत्र रारा तालमा पछिल्लो नौ महिनामा साढे १३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले अवलोकन गर्नुभएको छ । रारा घुम्ने सिजन सुरु भएसँगै पहिल्ला दिनमा आन्तरिक पर्यटकहरुको चाप बढेको हो ।
सर्केगाडको कल्लास गाउँमा आगलागी
सर्केगाड गाउँपालिका–५, कल्लास गाउँमा शनिबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे बाँचबहादुर रोकायाको घरमा आगलागी भएको हो ।
उत्तरी हुम्लामा नेपाली नम्बर प्लेटका सवारी मात्र
सिमकोट गाउँपालिका केन्द्रदेखि नाम्खा गाउँपालिकाका विभिन्न क्षेत्रमा अब नेपालमा दर्ता भएका नेपाली नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन गर्न पाइने भएको छ ।
पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनमा
डिभिजन वन कार्यालय हुम्लाको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना पारित भई कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष ०८२/०८३ देखि ०८६/०८७ सम्मका लागि यो योजना लागू भएको हो ।
सोह्र लाखभन्दा बढी नागरिकको विपत् बिमा
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपत्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बिमा कार्यक्रम लागु गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्बाट स्वीकृत ‘विपत् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबिच एक वर्षका लागि बिमा सम्झौता गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेत र राष्ट्रिय बिमा कम्पनी लि
जाजरकोट–डोल्पा सडक : चौध नयाँ पुल बन्दै
भेरी कोरिडोर अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डमा नयाँ १४ वटा पक्की पुल निर्माणका लागि सरकारले एक अर्ब २७ करोड २० लाख रुपियाँ बराबरको सहमति दिएको छ ।
मार्सी धान रोपाइँ सुरु
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को ज्युलामा मार्सी धान रोपाइँ सुरु भएको छ । चिल्खायाको ज्युलामा वैशाख ३० गतेदेखि औपचारिक रूपमा मार्सी धानको रोपाइँ सुरु भएको हो । स्थानीय सरकारले एकै समयमा रोपाइँ सुरु गर्ने गरेको छ । परापूर्वकालमा वैशाखको १० गतेबाटै मार्सी धान रोप्ने गरिन्थ्यो । पछिल्लो समय भने हिउँदेबाली गहुँसमेत लगाउने भएकाले मार्सी रोप्न केही ढिला अर्थात् वैशाख ३० गतेबाट सुरु गर्न थालिएको छ । गहुँबाली काट्दै यता रोपाइँ चलिरहेको छ । वडा नं. ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले चिल्खायाको ज्युला खेतमा बुधबारदेखि मार्सी धानको रोपाइँ सुरु भएको बताउनुभयो ।
सल्यानका वडाध्यक्ष आधारभूत सेवाको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्नामा
आधारभूत सेवाको माग राख्दै सल्यानको कालिमाटी गाउँपालिका वडा नं.७ का वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना सुरु गर्नुभएको छ ।
कर्णाली करिडोरका १२३ किलोमिटर सडक कालोपत्र हुने
भारत र चीनलाई जोड्ने कर्णाली करिडोरअन्तर्गत १२३ किलोमिटर सडक कालोपत्र हुने भएको छ । करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको उक्त खण्ड कालोपत्र तथा स्तरोन्नति गर्ने योजना अघि बढाइएको हो ।
तेस्रो पटक म्याद थप्दा पनि अस्पताल भवन अधुरै
निर्धारित समयभन्दा दुई वर्ष नाघिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । पटक पटक म्याद थप्दा पनि निर्माणले गति लिन नसकेपछि अस्पताल भवन अझै अधुरै बनेको छ ।
जाजरकोटमा सतहत्तर करोड लगानी
जाजरकोटमा साझेदार निकायले ७७ करोड रुपियाँभन्दा बढी बजेट लगानी गर्ने भएका छन् । सात वटा स्थानीय तहमा दातृ निकायले क्षमता विकास, विकासनिर्माणलगायत क्षेत्रमा वार्षिक लगानी गरेका हुन् । जिल्ला समन्वय समितिले आयोजना गरेको गैरसरकारी संस्था तथा विकास साझेदार निकायको समीक्षा कार्यक्रममा साझेदार निकायले ७७ करोड ८९ लाख ६७ हजार रुपियाँ चालु आर्थिक वर्षमा लगानी गरिने जनाएका हुन् ।
ताँजाकोटमा सात महिनादेखि फोरजी सेवा अवरुद्ध
हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका का अधिकांश वस्तीमा विगत सात महिनादेखि नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध हुँदै आएको छ ।
मूल्य समायोजन गर्न निर्माण व्यवसायीको माग
नेपाल निर्माण व्यवसायी संघ सल्यान ले निर्माण सामग्री र इन्धनको मूल्यवृद्धिका कारण विकास निर्माणका काम संकटमा परेको भन्दै सरकारले तत्काल मूल्य समायोजनको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा
जुम्लाका आठवटा स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन् ।
जडीबुटी छ, प्रशोधन केन्द्र छैन
जडीबुटीको थलो रहेको कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र छैन । सङ्घीयता कार्यान्वयन भएको दशक पुग्न लागिसक्दासम्म पनि प्रदेश सरकारले जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन । साझेदारीमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाइएको भए पनि काम सुरु हुन नसकेको कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
हुम्लाको सिमकोट–हिल्सा मार्ग हुँदै मानसरोवर यात्रा
यस वर्षको मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटकहरू आउने क्रम बुधबारदेखि सुरु भएको छ ।
मार्सीधान रोप्दै किसान
जुम्लाको चन्दननाथ नगरपालिका२ भण्डारीवाडाका किसान खेतमा मार्सीधान रोप्दै ।
टेलरिङबाट गार्मेन्ट उद्योगसम्म, अम्बिकाको प्रेरक यात्रा
चन्दननाथ नगरपालिका–५ निवासी अम्बिका श्रेष्ठले पहिले घरेलु तथा साना उद्योगमार्फत सिलाइकटाइ तालिम लिएपछि जीविकोपार्जनको उपाय खोजिरहनुभएको थियो ।
बाटोमै सुत्केरी भएकी महिलाको प्रहरीद्वारा उद्धार
सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँकी स्थायी बासिन्दा तथा हाल वडा नं. ५ काठेचुली चोकमा डेरा गरी बस्दै आएकी २२ वर्षीया चिनकली कामी बिहीबार बिहान बाटोमै सुत्केरी भएकी अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ ।
भिरबाट लडेर जुम्लामा एक जनाको मृत्यु
जुम्लाको चन्दननाथ नगरपालिका–३ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ चन्दननाथ नगरपालिका–३ बुढथावाडागाउँ निवासी ५६ वर्षीय गोपाल खत्रीको मुसिना पाखाबाट घर फर्कने क्रममा चेरेको भिरस्थित गोरेटो बाटोबाट लड्दा मृत्यु भएको हो ।
एसइईमा नरहरीनाथ जिल्लामै पहिलो
नरहरीनाथ गाउँपालिका यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । गाउँपालिकाबाट परीक्षामा सहभागी ३ सय ९३ विद्यार्थीमध्ये ३ सय ९ जना अर्थात् ८४ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि नरहरीनाथ जिल्लामै पहिलो बनेको हो ।
क्षतिग्रस्त टावर बन्न एक महिना लाग्ने
तीन महिनाअघि सञ्चालनमा आएमा कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी विद्युत् प्रसारण लाइनका दुई वटा टावर गत शनिबारको ठुला हावाहुरीका कारण ढलेपछि बनाउन थालिएको छ । बुधबारदेखि ती टावर पुनः बनाउन थालिएको हो ।
जाजरकोटमा जिप दुर्घटना, चालक घाइते
जाजरकोटको भेरी नगरपालिका–४, पानीट्याङ्कीस्थित भित्रि सडक खण्डमा आज बिहान जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
सल्यानमा ६ विद्यार्थीले ल्याए ४ जीपीए
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सल्यानका ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका चार विद्यालयका ६ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।