कार्यविधि नआउँदा आयआर्जनका कार्यक्रम सञ्चालनमा समस्या
आयआर्जनका कार्यक्रमका लागि सूचना जारी गरेर प्रास्तावना माग गरिएको भए पनि छनोटमा समस्या आएको छ । नयाँ कार्यविधि नआउदा आयआर्जनका कार्यक्रम सञ्चालनमा समस्या भएको हो ।
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्याइ शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताउनुभएको छ ।
हातहतियार खोज्दै प्रहरी
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न गाउँमा अवैध हातहतियारको खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालले निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत गाउँ गाउँमा हातहतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको जानकारी दिनुभयो ।
प्रदेश सभाको बैठक सूचना प्रविधि कक्षमा
कर्णाली प्रदेश सभाको आगामी हिउँदे अधिवेशनको बैठक सूचना प्रविधि कक्षमा बस्ने भएको छ । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते कर्णाली प्रदेश सभामा आगजनी भएको थियो । आगामी माघ २१ गतेदेखि हुने हिउँदे सभाको बैठक प्रदेश सभाको परिसरमा रहेको सूचना प्रविधि कक्षमा बस्ने भएको हो ।
हिउँद सुरु भएसँगै खर काट्ने चटारो
सल्यानका ग्रामीण भेगमा हिजोआज स्थानीयहरूलाई खर, घुरो काट्ने चटारो छ ।
लागुऔषधको दलदलमा युवा
जिल्ला प्रहरी कार्यालय जुम्लाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने यहाँका युवा लागुऔषधको दलदलमा फस्दै गएको देखिन्छ ।
जलेको नापीबाट किस्ताबन्दीमा सेवा
जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनी भएको नापी कार्यालय सुर्खेतले सेवाग्राहीलाई किस्ता किस्तामा सेवा दिन थालेको छ । गत मङ्सिर १ देखि अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) को मात्र सेवा सुरु गरेको कार्यालयले यही पुस १ देखि नेलिस प्रणालीमा रहेका अधिकांश कित्ताको फिल्ड रेखाङ्कन, कित्ताकाट, लगतकट्टा र कित्ता एकीकरणको सेवा सुरु गरेको हो ।
महिला जनप्रतिनिधिको गुनासो
स्थानीय तहमा निर्वाचन महिला जनप्रतिनिधिले आफ्नो भूमिका केवल औपचारिकतामा मात्र सीमित रहेको गुनासो गरेका छन् । स्थानीय तहका वडा तथा कार्यपालिका सदस्यमा निर्वाचित महिला जनप्रतिनिधिले वास्तविक प्रभाव नपाएर कागजमा हस्ताक्षर गर्ने वा निर्णयको वैधानिकताको साक्षी बस्नुमै सीमित भएको अनुभव सुनाएका छन् ।
टावर बन्यो, फोन लाग्दैन
जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्ला क्षेत्रमा पर्ने इमिल्चा, मछालबाडा र बुढाबाडाका बासिन्दा अहिले पनि मोबाइल नेटवर्कका लागि घन्टौँ पैदल हिँड्न बाध्य छन् । उक्त ठाउँमा टेलिफोनको टावर बने पनि फोन नलाग्दा स्थानीवासी सञ्चार सुविधाबाट वञ्चित रहनु परेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा सामुदायिक भवन निर्माण हुँदै
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा सामुदायिक संरचनाहरु निर्माणको क्रम वढिरहेको छ । २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पले क्षतिग्रस्त सामुदायिक तथा व्यक्तिगत संरचनाहरु निर्माणमा विभिन्न विकास साझेदारहरुले सहयोग गरिरहेका छन् ।
विज्ञान प्रयोगशालाले प्रयोगात्मक सिकाइमा सहजता
हिमा गाउँपालिका–१ बड्कीस्थित कालिका माध्यमिक विद्यालयमा स्थापना गरिएको विज्ञान प्रयोगशालाले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई सहज बनाएको छ ।
अटो दुर्घटनामा चालकको मृत्यु
गए राति अटो दुर्घटना हुँदा रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी राजमार्गअन्तर्गत मुसिकोट नगरपालिका १ खलङ्गाबाट सानिभेरी गाउँपालिकातर्फ गइरहेको अन टेस्ट अटो सानिभेरी गाउँपालिका ९ को खारखोलामा दुर्घटना भएको हो ।
प्राविधिक कर्मचारीको जहाजमै कार्यालय
नेपाल एयरलाइन्सले कर्णालीमा उड्ने जहाजको तेल भर्ने प्राविधिक कर्मचारीको सुर्खेतमा दरबन्दी कायम नगर्दा जहाजमै घुमेर काम गर्न बाध्य छन् । काठमाडौँबाट दुई जना कर्मचारीमा एक इन्जिनियर र एक प्राविधिक सधैँ जहाजमा आउनेजाने गर्दा कार्यालय पनि जहाजै भएको छ ।
मानसिक स्वास्थ्य समस्याका कारण आपराधिक घटना
दैलेख जिल्लामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्यासँगै आपराधिक घटना बढ्दै जान थालेका छन् । पारिवारिक तनाव, आर्थिक अभाव, लैङ्गिक हिंसा तथा सामाजिक दबाबका कारण मानसिक समस्या जटिल बन्दै जाँदा आपराधिक घटना बढ्दै गएको हो ।
पूर्वाधार भएर पनि शैक्षिक गुणस्तर कमजोर
कर्णाली प्रदेशमा शिक्षा क्षेत्रको पूर्वाधारमा पर्याप्त लगानी भएर पनि सो अनुसार गुणस्तर प्राप्त हुन नसकेको शिक्षासँग सरोकार राख्ने पक्षले बताएका छन् । उनीहरूले तीन तहका सरकारले पछिल्लो समय विद्यालयको पूर्वाधार विकासमा लगानी गरे अनुसार शैक्षिक गुणस्तरमा आशातीत उपलब्धि हासिल हुन नसकेको बताएका हुन् ।
हाडनाता करणीका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय सल्यानले हाडनाता करणी र सवारी ज्यान मुद्दाका फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ । हाडनाता करणीका दुई फरार प्रतिवादी १२ वर्षपछि र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ परेका हुन् ।
राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि ...
राजुली नगरअस्पतालमा कार्यरत ‘निर्सिङ इन्चार्ज’ अञ्जना धामीको अनुहार चमकदार देखिन्थ्यो । नर्सिङ स्टाफ सधैँ चिटिक्क, चमकदार र हसमुख नै हुन्छन् हैन रु प्रश्न गर्दै गर्दा उहाँले भन्नुभयो, “यसमा सत्यता होला । तर यत्तिमा मात्र होइन ।
भैलो खेलेर ‘पाटीभात’ खाने चलन
जुम्लामा यतिबेला परम्परागत रूपमा खेलिँदै आएको भैलो सुरु भएको छ । पुसे औँसीदेखि पाँच दिनसम्म भैलो खेलिने चलन रहेको छ । जसलाई स्थानीय भाषामा ‘ए औँसी बार’ पनि भन्ने गरिन्छ तर पछिल्लो समय जुम्लामा पुस्तौँदेखि खेलिँदै आएको भैलो संस्कृति क्रमशः लोप हुँदै गएको छ ।
लुम्बिनी लायन्सको घोराहीमा ट्रफी उत्सव र्याली
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ ।
विद्युत विस्तारलाई तिब्रता दिने सहमति
लामो समयदेखि सम्पन्न हुन नसकेको पूर्ण विद्युतीकरण ठेक्का कार्यको प्रगति र समाधानका विषयमा यहाँ छलफल भएको छ ।
तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र
जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् ।
कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै
कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो ।
अनुदान कटौतीले योजना प्रभावित
अघिल्लो वर्ष रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ का विभिन्न सात स्थानमा किरियापुत्री ट्रस्ट निर्माणको योजना पूरा हुन सकेको छैन । त्यो योजनाका लागि नौ लाख ८० हजार रुपियाँ विनियोजन तथा नगरपालिकाको रातो किताबमा समेत छापिए पनि योजना पूरा हुन सकेको छैन ।
प्रविधिको सही प्रयोगगर्न नजान्दा हिंसा
प्रविधिको सही प्रयोग गर्न नसक्दा हिंसा बढेको पाइएको छ । सामाजिक सञ्जाललगायतका आधुनिक प्रविधिको सही प्रयोग गर्न नसक्दा र नजान्दा विशेष गरी महिला तथा किशोरी हिंसाको सिकार हुने गरेका छन् ।