पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु
पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ ।गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।
मान्छे खाने बाघ मार्न आदेश जारी
सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ ।
जाजरकोटमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे छेडागाड नगरपालिका–५ ,रातिपोरी भिर नजिकै भित्रि सडक खण्डमा मनघाटबाट खारा बजारतर्फ जाँदै गरेको भे १ द ६५ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको हो ।
सुख्खा र खडेरीका कारण हुम्लाका वनमा आगलागी बढ्दै
हिमाली जिल्ला हुम्लामा हिउँदयाम सुरु भएसँगै वनजङ्गलमा आगलागीका घटनाहरू बढ्दै गएका छन् । हालसम्म वर्षा तथा हिमपात नभएकाले सुख्खा र खडेरीका कारण आगलागीका घटना वृद्धि भएको हो ।
हुम्लाबाट नेकपाको केन्द्रीय सदस्यमा १९ जना मनोनित
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा हुम्ला जिल्लाका १९ जना मनोनित भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल मिलेर बनेको नेकपाको विस्तारित केन्द्रीय समितिमा हुम्लाबाट १९ जना मनोनित भएका हुन् ।
गाउँपालिकाले वन कार्यालयसँग माग्यो बाघ मार्ने आदेश
सल्यानको कालीमाटी गाउँपालिकाले बाघ मार्ने आदेश मागेको छ । गाउँपालिकाभित्र बाघ मानव बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिने, घरपालुवा पशु मार्ने तथा स्थानीयलाई असुरक्षित बनाएको भन्दै गाउँपालिकाले डिभिजन बन कार्यालय सल्यानलाई बाघ मार्ने आदेश जारी गर्न पत्राचार गरेको हो ।
हुम्लाबाट साढे चार करोडको मह बिक्री
हिमाली जिल्ला हुम्लामा यसवर्ष साढे चार करोडको मह उत्पदन भएर बिक्री भएको छ । बाईस हजार पाँच सय केजी मह उत्पादन भएर अधिकांस मह बिक्री समेत भइसकेको हो ।
क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको भवन पुनर्निर्माण सुरु भएको छ । एउटा पक्की र एउटा प्रिफ्याब संरचनासहित दुई भवन निर्माण सुरु भएका हुन् । मुसीकोट नगरपालिका–१
लामो खडेरीका कारण हिउँदे बाली सुक्दै
गत भदौ यता पानी नपर्दा हिउँदेबाली सुक्न थालेको छ । जिल्लाका अधिकांश क्षेत्र यतिबेला पानी नपरेका कारणले सुख्खा बन्दै गएका छन् भने पिउने पानीका मुहानसमेत सुक्न थालेका छन् ।
हाजिरी नगराई कर्मचारी फिर्ता
रुकुमपश्चिमको मुसीकोट नगरपालिक–११ को कार्यालयले वडामा खटाइएका स्थायी कर्मचारीलाई हाजिरी गर्न नदिएर फिर्ता पठाएको छ । नगरपालिकाबाट वडा सचिवको जिम्मेवारीमा खटाइनुभ
जाजरकोटमा नौ सय ८२ जना निर्वाचन प्रहरी भर्ना गरिने
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीले दरखास्त दिन थालेका छन् । निर्वाचन सुरक्षाका लागि नौ सय ८२ जना निर्वाचन प्रहरी भर्ना हुने छन् ।
मुगुमा छसय निर्वाचन प्रहरी भर्ना हुने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मुगुमा निर्वाचन सुरक्षाका लागि छसय २६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
चिसो बढेपछि यारी भन्सार कार्यालय तीन महिना बन्द
हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।
दुर्गममा राष्ट्रिय वाणिज्य बैंकको सेवा सुरु
रुकुमपश्चिममा भौगोलिक रुपले ठुलो र दुर्गम मानिएको आठबिसकोटमा राष्ट्रिय वाणिज्य बैंकले सेवा सञ्चालन गरेको छ । बैंकको ३१२ औँ शाखा कार्यालय स्थापना गरेर सोमबारबाटै सेवा सुरु गरेको बैंकले जनाएको छ ।
खेतीबाट बस्तीमा रूपान्तरण हुँदै मार्तडी जिउलो
बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका –८ र ९ को मार्तडीवासीको भात खाने जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ ।
जुनु हमाल कर्णालीबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी
जुम्ला निवासी जुनु हमाल ढकाललाई सरकारले डोल्पाको प्रमुख जिल्ला अधिकारी पदमा खटानुभएको छ । गृह मन्त्रालयमा कार्यरत हमाललाई डोल्पामा पदस्थापना गरी खटाइएको हो ।
भूकम्पपीडितद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापान पत्र
जाजरकोटका भूकम्पपीडितले पुनर्निर्माणको काममा ढिला सुस्ती भएपछि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
निर्माण हुँदै आकासे पुल
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मङ्गलगढी चोकमा कर्णालीकै पहिलो आकासे पुल निर्माण सुरु गरिएको छ । यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न आकासे पुल निर्माण गर्न लागिएको हो ।
पुस सकिन लाग्दापनि परेन हिउँ
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा यस वर्ष पुस सकिन लाग्दासमेत हिमपात भएको छैन । जुम्लाको पातारासी गाउँपालिकामा पर्ने पातारासी हिमाल र गुठीचौर गाउँपालिकामा पर्ने कान्जिरोवा हिमालमा पुसको अन्तिमसम्म पनि हिउँ नपरेपछि विगतमा सेताम्मे देखिने हिमाल अहिले कालापत्थरमा परिणत भएका छन् ।
तीन हजारभन्दा बढी घरधुरीलाई सुधारिएको चुलो
सल्यानको शारदा नगरपालिकाको तीन हजार २८० घरधुरीमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ । स्वास्थ्यमा सुधार ल्याउने, घरभित्रको धुवाँ न्यूनीकरण गर्ने तथा दाउराको खपत कम गर्ने उद्देश्यले चुलो वितरण गरिएको हो ।
राप्ती राजमार्गको पैयाखरे-राम्री सडक दैनिक ६ घण्टा बन्द हुने
राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान जोड्ने पैयाखरे–राम्री सडक खण्डमा सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द हुने भएको छ ।
प्रहरी हवल्दार कार्यालयमै मृत फेला
सल्यानमा एकजना प्रहरी हवल्दार मृत फेला पर्नुभएको छ ।
खानेपानी आयोजनाको काम धमाधम
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्ट खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । आयोजनाले सबैखाले कानुनी अड्चन पूरा गरेसँगै पहिलो चरणको कामले गति लिएको हो ।
मातृशिशु मृत्युदर घटाउने कार्यक्रम
मातृ तथा शिशु मृत्युदर घटाउन सचेतना कार्यक्रम कार्यान्वयन गरिने भएको छ । जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर उच्च रहेको भन्दै यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।