मैत्री पुल सञ्चालनबारे नेपाललाई पत्राचार
नेपाल र चीनको सिमाना हिल्सामा निर्माण भएको मैत्री पुलबारे छलफल गर्न चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । पुल निर्माण पूरा भएकाले त्यसको अवस्थाबारे जानकारी गराउने र सञ्चालनमा ल्याउनका लागि चिनियाँ पक्षले नेपाली पक्षलाई पत्राचार गरेको हो । चीनको पुराङ काउन्टीको ताक्लाकोटबाट दुई देशको सिमाना हिल्सामा निर्माण भए पनि सञ्चालनमा आउन नसकेको मैत्री पुलबारे छलफलका लागि चिनियाँ पक्षले नेपाललाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताउनुभयो । गत मङ्सिरमा उक्त पुलको निर्माण पूरा भए पनि सञ्चालनमा आउन सकेको छैन ।
आगलागीका घाइतेको उपचारमा युवाद्वारा सहयोग संकलन
जाजरकोटका युवाहरूले आगलागीमा गम्भीर घाइते भएका तीन जनाको उपचारका लागि आर्थिक सहयोग संकलन गरेका छन्।
हुम्ला प्रशसानले सार्वजनिक बिदामा तीन प्रकारका सेवा दिने
जिल्ला प्रशासन कार्यालय हुम्लाले यस वर्ष सार्वजनिक बिदाका दिनमा पनि तीन प्रकारका सेवा प्रदान गर्ने भएको छ। गृह मन्त्रालयको निर्देशनबमोजिम २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म पर्ने सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्न लागिएको हो।
माछापालनमा भविष्य खोज्दै जुम्ली युवा
जुम्लाका युवा परम्परागत कृषि पेसासँगै नयाँ सम्भावनाको खोजीमा छन् । पछिल्लो समय जिल्लामा माछापालनतर्फ आकर्षण बढ्दै गएको छ । आत्मनिर्भर बन्ने लक्ष्यसहित केही युवाले व्यावसायिक माछापालन सुरु गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–१० का देवन्द्रराज गिरी र वडा नम्बर ६ का दिल्लीबहादुर रावल छ वर्षदेखि रेन्बो ट्राउट जातका माछापालनमा सक्रिय हुनुहुन्छ । उहाँहरूले २०७७ सालमा नुवाकोटबाट १५ हजार भुरा ल्याएर माछापालन सुरु गर्नुभएको थियो । त्यतिबेला प्रतिगोटा भुरा १९ रुपियाँमा खरिद गरिएको थियो ।
चिकित्सक अभावले अस्पतालमा सल्यक्रिया सेवा बन्द
जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावका कारण सल्यक्रिया (अपरेसन) सेवा पूर्ण रूपमा बन्द भएको छ । जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलालाई सेवा दिँदै आएको अस्पतालमा एमडीजीपी चिकित्सक अभाव भएपछि चैत २८ गतेदेखि सेवा ठप्प भएको हो ।
सल्लेरी जंगलमा पुरुषको शव फेला
रुकुमपश्चिमको चौरजहारी नगरपालिका ११ मा एक पुरुषको शव फेला परेको छ । शुक्रबार दिउँसो सर्केनाको सल्लेरीस्थित जंगलमा शव फेला परेको हो ।
झगडा मिलाउन गएका वडाध्यक्षमाथि कुटपिट
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । वडाध्यक्ष श्रीकृष्ण शर्मामाथि आफ्नै वडाका एक पुरुषले कुटपिट गर्दा उहाँ घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
हुम्लाको एउटै विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनी
हिमाली जिल्ला हुम्लाको एक माध्यमिक विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनीले एकैसाथ अध्ययन गरिरहेका पाइएको छ । सदरमुकाम सिमिकोटस्थित बालमन्दिर माध्यमिक विद्यालयमा चार जोडी जुम्ल्याहा दिदीबहिनीले अध्ययन गरिरहेका हुन् ।
पाँच वटा कक्षा एक शिक्षकका भरमा
हुम्लाको सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिका–६ को मानसरोवर माध्यमिक विद्यालयको प्राथमिक तह (कक्षा १–५) अहिले एक जना शिक्षकका भरमा सञ्चालन भइरहेको छ । चालु शैक्षिक सत्रदेखि यो विद्यालयले कक्षा १ देखि ५ सम्मको पठनपाठनका लागि स्वीकृति पाएको हो तर शिक्षकको आवश्यक व्यवस्था नगरी गाउँपालिकाले कक्षा सञ्चालनको अनुमति दिँदा विद्यालयमा अहिले पठनपाठनमा समस्या देखिएको छ ।
कानुनका विद्यार्थीलाई पालिकामा ‘इन्टर्न’
कर्णाली प्रदेश सरकारले न्याय सम्पादनलाई प्रभावकारी बनाउन नयाँ कार्यक्रम अघि सारेको छ । कानुनको अध्ययन पूरा गरेका विद्यार्थीलाई स्थानीय तहका न्यायिक समितिमा ‘इन्टर्न’ का रूपमा खटाउने कार्यलाई प्रदेश सरकारले तीव्रता दिएको हो ।
दुर्गमका सुत्केरीको सेवामा सरिताकुमारी
जिल्लाको पश्चिमी भेगमा पर्ने सोरू गाउँपालिका–४ की स्वास्थ्यकर्मी सरिताकुमारी शाही गरिब तथा विपन्न वर्गका सुत्केरीको सेवामा समर्पित हुँदै आउनुभएको छ । उहाँ टोल टोलमै पुगेर सुत्केरीको सेवा गरेको देखेर स्थानीयवासी पनि दङ्ग छन् । सोरू गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चित्र धामीका अनुसार भौगोलि
बसाइ अवधि एक्काइस दिन पुर्याउने लक्ष्य
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीको पर्यटन विकासका लागि १० बर्से दीर्घकालीन गुरुयोजना तयार परेको छ । सोही गुरुयोजना अनुसार अब कर्णालीको पर्यटनको विकास गरिने जनाइएको छ । मन्त्रालयका सचिव अजितकुमार कर्णले प्रदेश सरकारले कर्णालीको पर्यटन विकासका लागि १० बर्से दीर्घकालीन गुरुयोजना तयार पारेर अगाडि बढेको बताउनुभयो । गुरुयोजनामा विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । साथै ‘गन्तव्य कर्णाली’ मोबाइल एपमार्फत पर्यटकलाई सूचना दिने कार्य भइरहेको बताउँदै उहाँले मोबाइल एप्समा होटेल, रुट, शुल्क र दुरीको विस्तृत जानकारी रहेको बताउनुभयो ।
बाजुरामा स्याउ खेतीप्रति किसानको आकर्षण बढ्दो
बाजुराका अधिकांश किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन गरिएको स्याउ देशका ठूला सहरसम्म बिक्री हुन थालेपछि किसानको चासो बढेको हो ।
गगनेखोलामा हरेक वर्ष उस्तै पीडा, वर्षासँगै पहिरोको त्रास
कालीकोट जिल्लाको गगनेखोला सडक खण्डमा हरेक वर्ष वर्षायाम सुरु हुनासाथ पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
लोक दोहोरी परम्परालाई संरक्षणका लागि प्रतियोगिता
जिल्लाको मौलिक कला र संस्कृतिको जगेर्ना तथा प्रवर्धन गर्ने उद्देश्यले सल्यानमा लोक दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेभएको छ ।
अरुवा मोटो चामलको मूल्य घट्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मूल्य घटाएको छ । नयाँ वर्षको अवसर पारेर उपभोक्तालाई राहत दिने उद्देश्यले कम्पनीले उक्त चामलको मूल्य घटाएको हो ।
जाजरकोटमा डुबेर दुई जनाको मृत्यु
जाजरकोटका विभिन्न स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–१२ अवलगुर्ताका अंकबहादुर मल्लका १३ वर्षीय छोरा जीवन मल्लको सोही स्थानस्थित भेरी नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोडसेडिङका कारण मैनबत्ती बालेर काम गर्न बाध्यता
देश लोडसेडिङमुक्त घोषणा गरिएको भए पनि हिमाली जिल्ला हुम्लामा भने कर्मचारी मैनबत्ती बालेर रातिको समयमा समेत कार्यालयको काम गर्न बाध्य भएका छन्।
खत्याडमा इलाका प्रशासन कार्यालय स्थापना
। मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–७, गम्थामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकाका स्थानीयलाई नागरिकता, जग्गालगायतका विभिन्न सरकारी कामकाज गर्न सहज हुने उद्देश्यले उक्त वडाको गम्थामा कार्यालय स्थापना गरिएको हो।
प्रदेश राजधानी संरक्षण योजना
कर्णालीमा नदी नियन्त्रणको काम सुरु गरिएको छ । विगतका वर्षमा योजनामा राखिएको नदी नियन्त्रणको काम यस वर्षदेखि सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश राजधानी संरक्षण योजना अन्तर्गत नदी नियन्त्रण अगाडि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । यो योजना अन्तर्गत अहिले बुलुबले क्षेत्रको पानी व्यवस्थापन गर्न लागिएको छ ।
हिल्सा सीमा सुरक्षा चौकीमा जनशक्ति थप
नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीमा (बिओपी) थप बलका लागि जनशक्ति थपिएको छ । सरकारको पछिल्लो निर्णय र निर्देशन अनुसार जिल्लामा भएको जनशक्तिबाट सीमानाका हिल्सामा पठाइएको हो ।
रिम्ना दोभान
डोल्पा हुँदै आउने ठुलीभेरी र रुकुमपूर्व हुँदै आउने सानीभेरी नदी मिसिने रुकुमपश्चिम र जाजरकोटको सङ्गमस्थल ‘रिम्ना दोभान’ ।
हुम्लामा आर्थिक गणना सुरु
हिमाली जिल्ला हुम्लामा राष्ट्रिय आर्थिक गणना गर्ने कार्य सुरु भएको छ । यसका लागि छनोट हुनु भएका गणकहरु आफु खटिएको गाउँपालिकामा पुग्नु भएको हो ।
दुई पटक म्याद थप्दा पनि बनेन अस्पताल
रुकुमपश्चिमस्थित जिल्ला अस्पताल भवन निर्माणका लागि दुई पटक म्याद थप हुँदा पनि पूरा हुन सकेको छैन । निर्माणको करिब अन्तिम चरणमा रहेको अस्पताल पूरा गरेर हस्तान्तरण गर्न अझै म्याद थप गर्नुपर्ने बताइएको छ ।