सल्यानमा घरमै अवस्थामा वृद्ध मृत फेला
सल्यानमा एक वृद्ध घरमै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३, गतेर्ना निवासी अन्दाजी ८० वर्षका कर्णबहादुर बोहरा आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
फरार १३ प्रतिवादी पक्राउ
सल्यान जिल्लामा विभिन्न मुद्दामा अदालतबाट सजाय फैसला भई फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत
कालीकोटको जिल्लाको शुभकालिका गाउँपालिका–४, कुडीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
रास्कोट नगरले लिँदै आएको सवारी प्रवेश कर हट्यो
कालीकोटको रास्कोट नगरपालिकाले सवारी तथा ढुवानीका साधनबाट उठाउँदै आएको सडक सेवा शुल्क (पट्के सवारी कर) हटाउने निर्णय गरेको छ । नगरसभामार्फत नगर क्षेत्रमा प्रवेश गर्ने सवारी साधनबाट लिइँदै आएको सवारी प्रवेश कर हटाइएको हो ।
भूकम्पले क्षतिग्रस्त आवासको क्षति आँकलन अन्तिम चरणमा
सल्यानको दार्मा गाउँपालिकामा भूकम्पपछि गरिएको विस्तृत क्षति आँकलन कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका अनुसार हालसम्म तीन हजार १४४ घरधुरीको क्षति विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ ।
हुम्लामा निर्वाचन प्रहरीको मागभन्दा दोब्बर आवेदन पेश
आगामी फागुन २१ हुन लागेको हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि हुम्ला जिल्लामा निर्वाचन प्रहरीमा मागभन्दा दोब्बर आवेदन प्रहरी कार्यालयमा पेश भएका छन् ।
रगतका लागि सेना प्रहरीकै भर
जिल्ला अस्पताल मुगुमा रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा बिरामीलाई निकै समस्या हुने गरेको छ । अपरेसन गरेर बच्चा जन्माउन सक्ने सुविधा जिल्ला अस्पतालमा भए प
जुम्लामा जडीबुटीको तेल उद्योग
जुम्लामा वनमा आधारित जडीबुटीको बास्नादार तेल उद्योग सञ्चालनमा आएको छ । स्थानीय वनक्षेत्रमै पाइने जडीबुटीको दिगो उपयोग गर्दै रोजगारी सिर्जना र आम्दानी बढाउने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।
भूकम्पले चर्किएको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय
भूकम्पले चर्किएर बस्न नमिल्ने जाजरकोट अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कामकाज गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत सल्यानमा एक कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो ।
तिला नदीमा जिप खस्दा तीनको मृत्यु, एकजना बेपत्ता
कालीकोटको शुभकालिका गाउँपालिका –४ कुडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् ।
सल्यानमा ३९ नाल भरुवा बन्दुक बरामद
सल्यानमा मंसिरयता अवैध हतियार नियन्त्रण अभियानका क्रममा प्रहरीले ३९ नाल भरुवा बन्दुक बरामद गरेको छ।
सल्यानमा २८औँ भूकम्प सुरक्षा दिवस मनाइयो
सल्यानमा २८औँ भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका तथा पूर्वाधार विकास कार्यालयको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
राउटे प्रतिनिधित्वसम्बन्धी प्रस्ताव पारित
राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–२ स्थित ठुलाखोलामा ढुङ्गा ओसार्दै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भे.२ .त २०५५ नम्बरको ट्याक्टर दुर्घटनामा सुम्ला घर भएका चालक ३० वर्षीय नगेस रावलको मृत्यु भएको हो ।
पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु
पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ ।गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।
मान्छे खाने बाघ मार्न आदेश जारी
सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ ।
जाजरकोटमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे छेडागाड नगरपालिका–५ ,रातिपोरी भिर नजिकै भित्रि सडक खण्डमा मनघाटबाट खारा बजारतर्फ जाँदै गरेको भे १ द ६५ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको हो ।
सुख्खा र खडेरीका कारण हुम्लाका वनमा आगलागी बढ्दै
हिमाली जिल्ला हुम्लामा हिउँदयाम सुरु भएसँगै वनजङ्गलमा आगलागीका घटनाहरू बढ्दै गएका छन् । हालसम्म वर्षा तथा हिमपात नभएकाले सुख्खा र खडेरीका कारण आगलागीका घटना वृद्धि भएको हो ।
हुम्लाबाट नेकपाको केन्द्रीय सदस्यमा १९ जना मनोनित
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा हुम्ला जिल्लाका १९ जना मनोनित भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल मिलेर बनेको नेकपाको विस्तारित केन्द्रीय समितिमा हुम्लाबाट १९ जना मनोनित भएका हुन् ।
गाउँपालिकाले वन कार्यालयसँग माग्यो बाघ मार्ने आदेश
सल्यानको कालीमाटी गाउँपालिकाले बाघ मार्ने आदेश मागेको छ । गाउँपालिकाभित्र बाघ मानव बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिने, घरपालुवा पशु मार्ने तथा स्थानीयलाई असुरक्षित बनाएको भन्दै गाउँपालिकाले डिभिजन बन कार्यालय सल्यानलाई बाघ मार्ने आदेश जारी गर्न पत्राचार गरेको हो ।
हुम्लाबाट साढे चार करोडको मह बिक्री
हिमाली जिल्ला हुम्लामा यसवर्ष साढे चार करोडको मह उत्पदन भएर बिक्री भएको छ । बाईस हजार पाँच सय केजी मह उत्पादन भएर अधिकांस मह बिक्री समेत भइसकेको हो ।
क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको भवन पुनर्निर्माण सुरु भएको छ । एउटा पक्की र एउटा प्रिफ्याब संरचनासहित दुई भवन निर्माण सुरु भएका हुन् । मुसीकोट नगरपालिका–१
लामो खडेरीका कारण हिउँदे बाली सुक्दै
गत भदौ यता पानी नपर्दा हिउँदेबाली सुक्न थालेको छ । जिल्लाका अधिकांश क्षेत्र यतिबेला पानी नपरेका कारणले सुख्खा बन्दै गएका छन् भने पिउने पानीका मुहानसमेत सुक्न थालेका छन् ।