• ४ वैशाख २०८३, शुक्रबार

सल्लेरी जंगलमा पुरुषको शव फेला

blog

राजु लामिछाने

रुकुमपश्चिम, वैशाख ४ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका ११ मा एक पुरुषको शव फेला परेको छ । शुक्रबार दिउँसो सर्केनाको सल्लेरीस्थित जंगलमा शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार शवको पहिचान हुन सकेको छैन । शव सडेको अवस्थामा रहेको डिएसपी पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त शव अन्दाजी ४० वर्षीय पुरुषको रहेको छ । सडकबाट करिब २० मिटर तल खसेको अवस्थामा शव रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।