• ४ वैशाख २०८३, शुक्रबार

कृषिमन्त्री चौधरीको निर्देशनमा बागमती स्वीट्स प्रालिमा शिलबन्दी

blog

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी । फाइल तस्बिर

काठमाडौँ, वैशाख ३ गते । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ –११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ।

चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले सो प्रालिमा अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो । उक्त प्रालिलाई उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि मन्त्री चौधरीको आदेशमा आज शिलबन्दी गरिएको हो । 

उत्पादन रोक्का गरिएको उक्त प्रालिले सरकारी कार्यालयमै खाजा पुर्याएको पाइएको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ । मन्त्री चौधरीले आम नागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गरिने स्पष्ट पार्दै आउनुभएको छ । रासस