• ३ वैशाख २०८३, बिहिबार

संसद्‌लाई मर्यादित र सक्रिय बनाउनुपर्छ : सभापति लामिछाने

blog

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‌लाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले संसद्‌को प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन गर्नु रहेको बताउनुभयो । उहाँले विवेकपूर्ण ढङ्गले सदन अगाडि बढ्ने विश्वास व्यक्त गर्दै सभामुखको भूमिका पनि सकारात्मक रहने अपेक्षा राख्नुभयो ।

यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टीओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने उल्लेख गर्नुभयो । रास्वपा सभापति लामिछानेले भ्रष्टाचार र बेथिति अन्त्यका लागि राज्यका निकायहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।