• ३ वैशाख २०८३, बिहिबार

भीरकोटमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

blog

मेयरसँग ज्येष्ठनागरिक स्वास्थ्य शिवरमा परीक्षण गराउँदै स्थानीय ।

अर्जुन काफ्ले

स्याङ्जा, बैशाख ३ गते । भीरकोट नगरपालिकाले “मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर” सञ्चालन गरेको छ । नेपाल सरकारले ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेका नागरिकको प्रमुख आवश्यकता स्वास्थ्य सेवा रहेको निष्कर्षका आधारमा नगरपालिकाले शिविर सञ्चालन गरेको हो । 

हरेक टोलमा पुगेर गरेको ज्येष्ठ नागरिक स्वास्थ्य शिविर यहाँका नौवटै वडाका ५८३ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । यहाँ ४५, वडा नं –२ मा ४३, वडा नं –३ मा १४१, वडा नं –४ मा ३२, वडा नं –५ मा ५५, वडा नं –६ मा ५२, वडा नं –७ मा ५५, वडा नं –८ मा ८२ र वडा नं –९ मा ७८ ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिनु भएको हो । 

टोल टोलमा गरिएको शिविरमार्फत ज्येष्ठ नागरिकहरूलाई सहज, निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिएको नगरपालिका प्रमुख गोविन्द कर्माचार्यले बताउनुभयो । 

उहाँले ज्येष्ठ नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । 

शिविरमा मधुमेह, उच्च रक्तचाप, क्षयरोग, मुटु तथा मिर्गौलासम्बन्धी रोगहरूको परीक्षण गरिएको थियो । परीक्षणको क्रममा धेरैमा उच्च रक्तचाप, दम तथा मधुमेह देखिएको नगरपालिका स्वास्थ्य प्रमुख अन्जु सापकोटाले बताउनुभयो । 

आफ्नो घरनजिकै निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुशी व्यक्त गर्दै ज्येष्ठ नागरिक ७२ बर्षीय मनबहादुर खत्रीले आगामी दिनमा बृद्धको अवस्था हेरेर घर घरमा सेवा दिन आग्रह गर्नुभयो । नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै समुदायको स्वास्थ्य अवस्थामा सुधार ल्याउने लक्ष्य भीरकोट नगरपालिकाले राखेको छ ।