कोसेबालीको खेती घट्दै
माटो प्राकृतिक उपचारका लागि महत्त्वपूर्ण मानिएको कोसेबाली खेती बर्दिया लगायतका तराईको जिल्लामा घट्दै गएको छ । तीन तहकै सरकारले कोसेबाली खेती प्रणालीमा ध्यान नदिँदा कोशेबाली खेती घट्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस–एमालेबाट तीन जनाको उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेबाट तीन जनाको उम्मेदवारी परेको छ।
गुल्मी जिल्ला समाज युकेको ५ लाख सहयोग
हरेक बिपद्, विपन्न र बिरामीहरूलाई सहयोग गर्दै आएको गुल्मी जिल्ला समाज युकेले पाँच लाख विभिन्न संस्था र व्यक्तिहरूलाई सहयोग गरेको छ । गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्र र सत्यवती बहुमुखी क्याम्पसलाई एक–एक लाख रुपियाँ सहयोग गरेको हो ।
बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम
बुटवल उपमहानगरमा सञ्चालन भएको बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रमबाट ज्येष्ठ नागरिकले घरमै सेवा पाउन थालेपछि खुसी भएका छन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधीसमेत उपलब्ध गराउँदै आएका छन् ।
खानेपानी योजनाको सफल परीक्षण
गुल्मीको मझेङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ । रेसुङ्गा–भाडगाउँ–मझेङखोला लिफ्ट खानेपानी योजना २०७७ असोज २३ गते निर्माण सम्झौता भएको थियो ।
सुस्ता जोगाउन स्थानीयको हारगुहार
पश्चिम नवलपरासीको नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्ता बचाउन स्थानीयले सरकारसँग आग्रह गरेका छन् । विभिन्न समस्याले जकडिएको सुस्ता क्रमशः सुगम बन्दै गए पनि वर्षायाममा नारायणी नदीको धार सुस्तातर्फ सोझिएपछि सुस्तावासी चिन्तित बन्दै आएका छन् ।
अल्पसङ्ख्यक सूचीमा समावेश गर्न माग
कपिलवस्तुमा बसोबास गर्ने नेटुवा समुदायले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा समावेश गर्न सरकारसँग माग गरेको छ । अल्पसङ्ख्यक सूचीमा नपरेकै कारण सामाजिक सुरक्षा भत्तालगायत सुविधाबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो छ ।
विद्यार्थीलाई साइबर अपराध र सुरक्षासम्बन्धी सचेतना
बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
सखरखण्ड खेतीबाट राम्रो आम्दानी लिँदै किसान
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा सखरखण्डको व्यापार बढ्दै गएको छ । माघे सङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले राम्रो बिक्री हुने समेत गरेको गर्दछ ।
‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’
आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ । कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिइएको हो ।
रुरुक्षेत्रमा लालपुर्जा वितरण
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा भूमिहीन दलित एक जना र अव्यवस्थित बसोवासी १४ जना गरी कुल १५ जनाले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ ।
दशकौंपछि बनेको घरले प्रमिलालाई दिएको खुशी...
घरविहीन जीवन, चरम आर्थिक अभाव र एकल महिलाको भारी जिम्मेवारीबिच वर्षौँदेखि संघर्ष गर्दै आउनुभएका प्रमिला चौधरीका लागि अन्ततः सुखद क्षण आएको छ ।
निर्वाचनका लागि अनुकूल वातावरण बनाऔं : प्रजिअ गैह्रे
गल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सबै पक्ष लाग्नुपर्ने बताउनुभएको छ ।
अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरीले विभिन्न घटनाको बारेमा गहिरिएर अनुसन्धान गरिरहेको बताउँदै अनुसन्धानलाई प्रभावमा पार्ने ढंगले प्रचार नगर्न तथा सामाजिक सञ्जालमा पोष्ट नगर्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ।
मानिस मार्ने बाघको खोजी तीव्र
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरी क्षेत्रमा मानिसलाई आक्रमण गरेर ज्यान लिने बाघको खोजी कार्यलाई तीव्र पारिएको छ ।
बाँकेमा दुई हजार अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी
भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले जिल्लाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपूर्जा) वितरणको तयारी गरेको छ।
बर्दियामा तीन लाख २३ हजार मतदाता
बर्दियामा तीन लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका हुन्।
बर्दियामा ४८ हजार पशुलाई खोरेत भ्याक्सिन
बर्दियामा रहेका ४८ हजार पशुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ ।
गाडीसहित अवैध माछा बरामद
जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा प्रहरीले शङ्कास्पद अवस्थामा रहेको बोलेरो पिकअप गाडीसहित सुकाइएको सिद्रा माछा बरामद गरेको छ ।
उत्कृष्ट सहकारी, कर्मचारी र किसान सम्मानित
जिल्ला सहकारी सङ्घ गुल्मीको ३२ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कार्य गर्ने दुई सहकारी संस्था र दुई जना व्यवस्थापकलाई सम्मान गरिएको छ ।
पाषाणकालीन कलाका वस्तु फेला
दाङ जिल्लाको तुई उपत्यकामा मानव सभ्यताका पूर्वपाषाण, मध्यपाषाण र नवपाषाण गरी तीन वटै कालका महत्त्वपूर्ण प्रमाण फेला परेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली इतिहास तथा पुरातत्व विभागका प्राडा डिल्लीराज शर्मा नेतृत्वको टोलीले गरेको प्रारम्भिक, सांस्कृतिक तथा पुरातात्विक सर्वेक्षणमा ती सामग्री फेला परेका हुन् ।
मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके
डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनःसंरचना र सौन्दर्यकरण (बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ ।
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पक्की पुल निर्माण हुँदा स्थानीय खुसी
पश्चिम गुल्मीको ग्रामीण भेगमा पर्ने प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुसी देखिएका छन् ।