चुनावी मैदानमा बाँकेका चार महिला उम्मेदवार
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् ।
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उहाँको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उहाँ बताउनुहुन्छ ।
विनोद चौधरी विकासका एजेन्डासहित चुनावी मैदानमा
पश्चिम नवलपरासी क्षेत्र नं. –१ का ‘हेभीवेट’ उम्मेदवारका रूपमा उद्योगपति एवम् राजनीतिज्ञ विनोद चौधरी चुनावी मैदानमा हुनुहुन्छ ।
सुरक्षित आवासले फेरियो निर्मलाको जीवन
वर्षौँदेखि पीडा, अभाव र असुरक्षाबिच जीवन बिताउँदै आएकी राजपुर गाउँपालिका १ टबडरापुरकी निर्मला चौधरीको परिवारमा सुरक्षित आवास पाएसँगै नयाँ आशाको उज्यालो फैलिएको छ ।
निर्वाचन प्रहरी : तीन पटक आवेदन माग, १९९ महिला अझै अपुग
उम्मेदवार चुनावी अभियानमा मतदातासँग भोट माग्न गाउँ छिरे । निर्वाचन आयोगले पनि आवश्यक व्यवस्थापकीय काम गरिरहेको छ । तर नेपाल प्रहरीलाई निर्वाचन प्रहरीको व्यवस्थापन गर्न हम्ये–हम्ये परेको छ । त्यो पनि माग अनुसारको सङ्ख्या पुर्याउन ।
‘लगानीमैत्री वातावरण बनाउन सरकार तल्लीन’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लीन भएर लागेको बताउनुभएको छ । उहाँले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन आग्रहसमेत गर्नुभयो । रुपन्देहीको सैनामैना–६, कलौनीमा सैनामैना व्यापार सङ्घको आयोजनामा सुरु भएको सातौँ ‘सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२’ सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनः जनप्रतिनिधिकै मत बदर
लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ ।
कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपालगन्जमा बालेन शाहलाई स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र ( बालेन ) शाहलाई सोमवार नेपालगन्जमा भव्य स्वागत गरिएको छ ।
बरघरमा महिलाको आकर्षण बढ्दै
माघ पर्व मनाएसँगै थारु समुदायमा परम्परागत रूपमा सञ्चालन हुँदैआएको मटाँवा, बरघर र भलमन्सा चयनलई तिब्रता दिइएको छ । गाउँको सामाजिक, न्यायिक, सांस्कृतिक तथा विकाससम्बन्धी नेतृत्व गर्दैआएको मटाँवा प्रथामा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताको आकर्षण बढ्दैगएको छ ।
नसर्ने रोग चुनौती बन्दै
पछिल्ला केही वर्षयता नेपालमा सर्ने रोगभन्दा पनि नसर्ने रोगहरु चुनौतीका रुपमा देखिएको भन्दै यसलाई न्यूनीकरण तथा रोकथामका लागि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कृषकलाई अनुदानमा हाते ट्याक्टर प्रदान
जिल्लाको रामपुर नगरपालिका ७ का कृषकलाई अनुदानमा मिनी टेलर (हाते ट्याक्टर) वितरण गरिएको छ । पछिल्लो समय गाउँघरमा गोरु पाल्न छोडेको अवस्थामा ग्रामीण भेगका कृषकको सहजताका लागि वडा कार्यालयले मिनी टेलर उपलब्ध गराएको हो ।
एमाले नेता विष्णु पौडेल नयाँ अनुहारसँग भिड्दै
२०६४ सालदेखि रुपन्देहीमा लगातार निर्वाचन जित्दै आउनुभएका नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल यस पटक नयाँ अनुहारसँग प्रतिस्पर्धामा उत्रिनुभएको छ । यस पटक युवा, पेसागत रूपमा स्थापित र सामाजिक पहिचान बनाएका उम्मेदवारले उहाँलाई चुनावी मैदानमा भिडन्त गर्ने भएका छन् । रुपन्देहीको क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा त्यस कारणले पनि बढी रोचक बनेको छ । यहाँ एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच चौपक्षीय भिडन्त हुने देखिएको छ ।
विद्युतीय पोलमा राष्ट्रिय झण्डा
रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो ।
रेसुङ्गामा अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण
गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै नगरपालिकाले यातायात व्यवस्थापन, यात्रु सुरक्षालाई व्यवस्थित र सहज बनाउन भाडादर निर्धारण गरिएको जानकारी दिनुभयो।
विकासको बाँकी काम पूरा गर्छु : पूर्वमन्त्री राई
नेपाल सरकारका पूर्वमन्त्री तथा नेकपा (एमाले) बाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले गर्न बाँकी रहेका विकास निर्माणका कामलाई पूरा गर्न आफू पुनः जनताको अदालतमा उभिएको बताउनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
लुम्बिनी प्रदेशः राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरू भएको छ। दाङको घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा २८६ जनाले गरे मतदान
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि दुई सय ८६ जनाले मतदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गर्नुभएको हो ।
लुम्बिनीमा दुई सय ७० जनाले गरे मतदान
लुम्बिनी प्रदेशमा जारी राष्ट्रिय सभा निर्वाचनमा हालसम्म २७० जना मतदाताले मतदान गरेका छन् । १ बजेसम्म प्रदेश सभा सदस्यतर्फ ७७ जना र स्थानीय तह सदस्यतर्फ १९३ जनाले मतदान गरेका छन्।
मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु
मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो ।
लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
लुम्बिनी प्रदेशमा अहिलेसम्म २०४ मत खस्यो
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहान ११ः४५ बजेसम्म २०४ मत खसेको छ। दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहानैदेखि मतदान जारी छ।
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा ११ बजेसम्म १६१ जनाले गरे मतदान
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आइतबार बिहान ११ बजेसम्म एक सय ६१ जनाले मतदान गरेका छन् ।