विकासका एजेण्डासहित चुनावी मैदानमा पूर्व शिक्षामन्त्री पौडेल
नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुग्नुभएको छ ।
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उहाँलाई भ्याइनभ्याई भएको हो ।
पुरानालाई नयाँ उम्मेदवारको कडा चुनौती
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न वितरण गरेसंगै बाँकेमा उम्मेदवार निर्वाचनको प्रचारप्रसारमा लागेका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले जनताको घरदैलोमा पुग्ने योजना बनाएर घरदैलो अभियानलाई औपचारिक रूपमा सुरु गरिसकेका छन् । बाँकेको क्षेत्र नं. १ र क्षेत्र नं. २ मा पुराना उम्मेदवारलाई यस पटक नयाँ उम्मेदवारले कडा चुनौती दिने स्थानीय मतदाताको भनाइ छ ।
निरन्तर प्रतिस्पर्धामा चन्द्र र प्रदीप
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. १ मा मुख्य दलबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रीयस्तरमा नै प्रभावशाली नेताका रूपमा स्थापित मुख्य दलका नेताबिच नै प्रतिस्पर्धा हुने भएकाले गुल्मी क्षेत्र नं. १ को निर्वाचनलाई जिल्लाबाहिरबाट पनि विशेष रूपमा हेरिन थालिएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा मतदान सुरू
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया सुरू भएको छ । प्रदेशमा तीन सिटका लागि आठ उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ ।
स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार
“मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो ।
राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा ३ सिटका लागि ८ जना प्रतिस्पर्धी
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशमा तीन सिटका लागि आठ जनाबिच प्रतिस्पर्धा हुँदैछ ।
दोस्रो खुकुरी कप क्रिकेटको उपाधी जनबोधले जित्यो
गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी जनबोध मावि रुरु क्षेत्र गाउँपालिका–५ ले जितेको छ ।
बाँकेको तीन वटा क्षेत्रमा ५६ जना उम्मेदवार कायम
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधिसभा सदस्य पदका लागि ५६ जनाको उम्मेदवारी कायम भएको छ।
लुम्बिनी प्रदेशसभाको बैठक मङ्गलबार
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक माघ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्नेभएको छ ।
दुई पत्रकारलाई हरि–जमुना पत्रकारिता पुरस्कार
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले यस वर्षको हरि–जमुना पत्रकारिता पुरस्कार बाँकेका पत्रकारद्वय रुपनी जिएम र भगतराम थारुलाई प्रदान गरेको छ ।
बाँकेमा ८६ जना नयाँ कुष्ठरोगी
चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आवको साउनदेखि पुससम्म छ महिनाको अवधिमा बाँके लगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको प्रक्रियामा पाल्पाका विद्यालय
पाल्पाका विद्यालय अन्तर्राष्ट्रियस्तरको गुणस्तर कायम गर्न लागि परेका छन् । अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आइएसओ) बाट गुणस्तर प्रमाणिकरण गर्नका लागि सक्रिय भएका हुन् ।
बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा
विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो रोगको उच्च जोखिममा रहेका छन् ।
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
पूर्व प्रहरी प्रमुख प्रधानको राजनीतिक यात्रा र एजेन्डा
नेपाल प्रहरीको उच्च कमाण्ड सम्हालेर अवकाश पाएका व्यक्तिहरू प्रायः सल्लाहकार वा कुटनीतिक भूमिकामा सीमित हुने गर्छन् । तर पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानको हकमा भने कथा फरक छ ।
नेपालगन्ज भन्सारद्वारा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन
पश्चिम नेपालको प्रमुख नाका मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले ६ महिनामा नौ अर्ब ३४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
प्रदेश सभा त्यागेर प्रतिनिधि सभा
प्रदेश सभामा २०७९ सालको निर्वाचनबाट निर्वाचित भएका चार जना सदस्यले कार्यकाल पूरा नहुँदै पद त्याग गरी प्रतिनिधि सभा सदस्य बन्न चुनावी मैदानमा होमिएका छन् । लुम्बिनी प्रदेश सभा अन्तर्गत दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की प्रदेश सभाको कार्य अवधि नसकिँदै राजीनामा दिएर दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ ।
सुधारिएको कांग्रेसले देश बदल्छ : डा. भण्डारी
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले सुधारिएको कांग्रेसले देश बदल्ने बताउनुभएको छ। विशेष महाधिवेशनबाट बनेको एकताबद्ध र रुपान्तरित कांग्रेसले देश बदल्ने समेत दाबी गर्नुभयो।
बालमन्दिरमा बालबालिकाको आकर्षण बढ्दै
बालमन्दिर तम्घास बजारको मुटुमा छ । बाल मन्दिर निकै पुरानो शैक्षिक संरचना हो । स्वच्छ, सुन्दर पारिवारीक वातावरणसँगै संस्कारको कारणनै बालमन्दिरमा बालकालिका भर्ना गर्नेहरुको आकर्षण बढ्दै गएको छ । प्लेग्रुप, नर्सरी र एलकेजीसम्म बालबालिका बालमन्दिरमा भर्ना गरिन्छ ।
रुकुमपूर्वमा प्रचण्डको परीक्षा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार बन्नुभएको छ । उहाँको उम्मेदवारीसँगै रुकुमपूर्वको चुनावी माहोल तातेको छ ।
बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
बर्दियामा प्रतिनिधि सभाको निर्वाचनका लागि तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
बाँके-२ बाट दुई जनाको उम्मेदवारी फिर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके २ बाट उम्मेदवारी दर्ता गराउनु भएका २२ जना मध्ये दुई जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिनुभएको छ।