लुम्बिनी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता : पुरुषतर्फ रोल्पा, महिलातर्फ बर्दिया प्रथम
लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता २०८२ मा पुरुषतर्फ रोल्पा र महिलातर्फ बर्दिया जिल्ला प्रथम भएका छन् ।
जुनियाँ स्वास्थ्यचौकी तीन दशकपछि आफ्नै भवनमा
सत्यवती गाउँपालिका–७ जुनियाँको जुनियाँ स्वास्थ्यचौले करिव तीन दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । २०५३ सालमा स्थापना भएको जुनियाँ स्वास्थ्यचौकी तीन वर्ष स्थानीय नारायण शाहीको घरभाडामा लिएर सञ्चालन भयो ।
मेसिनले रोपियो चैते धान
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२, राजपुरमा मेसिनले चैते धान रोपाइँ गरिएको छ । स्थानीय कृषक जयलाल भण्डारीले १० कट्ठा जमिनमा मेसिन प्रयोग गरी चैते धान रोप्नुभएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कपिलवस्तुको सहयोगमा सहभागितात्मक उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत उक्त रोपाइँ गरिएको हो । परम्परागत रूपमा धान खेती गर्दै आउनुभएका कृषक भण्डारीले पर्ती रहेको खेतको सदुपयोग गर्ने उद्देश्यले पहिलो पटक मेसिनले चैते–५ जातको धान रोपेको बताउनुभयो ।
‘निधि सूत्र’ र ‘आदित्य एग्रोटेक’ लाई घरजग्गा मध्यस्थताको अनुमति
नेपालको घरजग्गा (रियल एस्टेट) क्षेत्रलाई व्यवस्थित र संस्थागत बनाउने सरकारी नीति अनुरूप बाँकेको नेपालगञ्जमा दुईवटा कम्पनीले औपचारिक रूपमा घरजग्गा कारोबारको इजाजत प्राप्त गरेका छन्।
दाङका दुई स्थानीय तहमा ‘नेपाल परागसेचन परियोजना’ सुरु
दिगो कृषि विकास र जैविक विविधता संरक्षणलाई सहयोग पुर्याउने उद्देश्यसहित दाङका दुई स्थानीय तहमा ‘नेपालञ परागसेचन परियोजना’ सुरु भएको छ ।
क्षयरोग नियन्त्रण तथा व्यवस्थापनमा नवलपरासी उत्कृष्ट
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी क्षयरोग नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा देशकै उत्कृष्ट भएको छ ।
प्रथम चन्द्रकोट महोत्सव सुरु
गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित शान्तिपुरमा महोत्सव सुरु गरिएको छ। चन्द्रकोट क्षेत्र विकास समिति शान्तिपुरको आयोजनामा आज ९मङ्गलबार० देखि प्रथम चन्द्रकोट महोत्सवु सुरु गरिएको हो।
बर्दियामा प्रहरी र प्रदर्शनकारीबिच झडप : हवाई फायर, १० जना घाइते
बर्दियामा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीद्वारा कपिलवस्तुमा अवैध काठ बरामद
कपिलवस्तु प्रहरीले अवैध खैर जातको काठ बरामद गरेको छ ।
बजेट नहुँदा ५८ खानेपानी आयोजना समस्यामा
आर्थिक वर्ष २०७९÷०८० मा सुरु भएको घोराही उपमहानगरपालिका-६, चैनपुरमा सुरु भएको सौडियार २, ३ ४ स्किम नम्बर ४ खानेपानी आयोजना बजेट अभावका कारण पूरा हुन सकेको छैन ।
अपहरण मुद्दामा फरार व्यक्ति पक्राउ
अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पेट्रोकेमिकल कच्चा पदार्थको अभावले बाँकेका उद्योग सङ्कटमा
मध्यपूर्व एसियामा उत्पन्न तनाव चर्किँदै गएपछि बाँकेमा कच्चापदार्थ अभाव भएको छ ।
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ ।
लमही नगरपालिकामा सुशासन र पारदर्शिताः राजस्व वृद्धि, सेवामा आधुनिकीकरण
दाङको लमही नगरपालिकाले सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै कार्यशैलीमा उल्लेखनीय परिवर्तन थालेको छ। नगरपालिकाले गत पुस ५ गते लामो समयपछि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी सेवाग्राहीका गुनासा, सुझाव र अनुभव संकलन गरेको थियो।
बाँकेमा स्ट्रबेरी खेतीको आकर्षण बढ्दै, किसान आर्थिक लाभमा उत्साहित
करिब तीन महिनामै उत्पादन हुने र बजार मूल्य राम्रो पाउने भएकाले बाँकेका किसानहरू पछिल्लो समय स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्।
पाल्पामा घटेन क्षयरोगीको सङ्ख्या
पाल्पामा क्षयरोगीको सङ्ख्या घट्न सकेको छैन । जिल्लाको विभिन्न स्थानमा हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दो अवस्थामा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
नेपालगन्जबाट देशव्यापी उद्यमशीलता सीप कार्यक्रम सुरु
नेपालस्थित अमेरिकी दूतावासले सोमबार अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीसँगको साझेदारीमा देशव्यापी उद्यमशीलता सीप निर्माण कार्यक्रमको सुरुवात नेपालगन्जबाट गरेको छ।
परासी बसपार्क चार वर्षदेखि बेवारिसे, पहुँच मार्ग नहुँदा सञ्चालनमा सकस
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सरकारी लगानीमा निर्माण गरिएको आधुनिक बसपार्क झण्डै चार वर्षदेखि प्रयोगविहीन बनेको छ। निर्माण सम्पन्न भइसके पनि बसपार्कसम्म पुग्ने उपयुक्त सडक नहुँदा यो संरचना “सेतो हात्ती” जस्तै खाली छ।
विपन्नलाई स्थानीय सरकारको सहयोग
गुल्मी धुर्कोट गाउँपालिका–५ की ३३ वर्षीय माया सुनार गाउँपालिकाले घर बनाउन थालेपछि निकै खुसी हुनुहुन्छ । अहिलेसम्म राम्रो घर थिएन । चार जनाको परिवार छिमेकी जेठाजुकोमा बस्दै आएको थियो । कमाएर राम्रो घरपरिवारका सपना पूरा गर्ने उद्देश्य बोकेर कतार हिँडेका श्रीमान् नारायण सुनारको तीन वर्षअघि बाटोमै हृदयाघातका कारण ज्यान गएपछि आफूहरूको बिचल्ली भएको सुनारले सुनाउनुभयो ।
‘आधारभूत विकासका मुद्दा प्राथमिकतामा’
प्रहरी सेवामा हुँदा भिजिट भिसा, नक्कली भुटानी शरणार्थी जस्ता चर्चित विषयको अनुसन्धानमा संलग्न रहनुभएका गोविन्द पन्थीलाई अवकाशपछि पनि सामाजिक काममा सक्रिय हुने इच्छा थियो । अवकाशलगत्तै उहाँ खाली बस्नुभएन, वकालतमार्फत आफ्नो कानुनी यात्रालाई निरन्तरता दिइरहनुभयो । यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–२ बाट उम्मेदवार मात्र बन्नुभएन नेकपा (एमाले) का उपाध्यक्ष गोकर्ण विष्टलाई पराजित गर्नुभयो । गुल्मीको मदाने–७, भनभनेमा २०३१ फागुन १६ गते जन्मिएका पन्थी एक वर्षअघि मात्र नेपाल प्रहरीको डिएसपी (प्रहरी नायब उपरीक्ष
गाउँ रित्तिँदै, सहरतर्फ बसाइँसराइको लहर
गुल्मीमा गाउँबाट सहरतर्फ बसाइँसराइ गर्ने क्म रोकिएको छैन, बरु पछिल्ला वर्षमा अझ तीव्र बन्दै गएको तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवामा सुधार हुँदै गए पनि स्थायी बसोबासका लागि भने नागरिकको रोजाइ सहर नै बन्ने गरेको देखिन्छ ।
दाङमा क्षयरोगी बिरामी बढ्दै, चालु आवमा २० जनाको मृत्यु
दाङमा क्षयरोगी विरामी बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत ८ गतेसम्म दाङमा ८७६ जना नयाँ क्षयरोगी बिराम फेला परेका छन् ।
रेसुङ्गा विमानस्थलको उडान तालिका हेरफेर
गुल्मी रेसुङ्गा विमानस्थलको उडान तालिका हेरफेर भएको छ । विमानस्थल प्रमुख सुमन थापाका अनुसार आजदेखि आइतबार, मङ्गलबार र बिहीबार उडान गर्ने तालिका सार्वजनिक भएको छ ।
गुल्मीमा गाउँबाट सहरतर्फ बसाइँसराइँको क्रम रोकिएन
गुल्मीमा गाउँबाट सहरतर्फ बसाइँसराइँ गर्ने क्रम रोकिएको छैन । गाउँमा विकास पुगे पनि बसाइँसराइँ भने सहरमुखी नै रहेको पाइएको छ ।