• १० चैत २०८२, मङ्गलबार

प्रथम चन्द्रकोट महोत्सव सुरु

blog

रमेश विश्वकर्मा 

गुल्मी, चैत १० गते । गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित शान्तिपुरमा महोत्सव सुरु गरिएको छ। चन्द्रकोट क्षेत्र विकास समिति शान्तिपुरको आयोजनामा आज ९मङ्गलबार० देखि प्रथम चन्द्रकोट महोत्सवु सुरु गरिएको हो।

"कृषि, पर्यटन, खेलकुद र संस्कृति हाम्रा मूल आधार" भन्ने मूल नारासहित चैते दशैं मेला एवम् प्रथम चन्द्रकोट महोत्सव यहि चैत १४ गतेसम्म शान्तिपुरमा चल्ने भएको हो। महोत्सवको उद्घाटन गर्नुहुँदै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले स्थानीय उत्पादन र कला संस्कृतिको जर्गेनामा गाउँपालिका निरन्तर लागेको बताउनुभयो। 

महोत्सव भव्य रुपमा सम्पन्न गर्नका लागि गाउँपालिकाको पनि साथ रहेको उहाँले बताउनुभयो। महोत्सवलाई सफल बनाउन सबैको भूमिका मत्त्वपूर्ण रहेको अध्यक्ष केसीले बताउनुभयो। त्यस्तै, यहाँ गरिने विभिन्न मेला महोत्सवले पर्यटन प्रवर्धनमा निकै ठूलो सहयोग पुर्‍याउने बताइएको छ। 

महोत्सवमा खुल्ला र सामूहिक नृत्य प्रतियोगिता, खुल्ला भजन कृतन प्रतियोगिता गरिनेछ। त्यसैगरी खेलकुदलाई पनि प्राथामिकता दिएर खुला भलिवल प्रतियोगिता पनि आयोजना गरिएको छ। जसमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता र खुल्ला भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गरिनेछ। चन्द्रकोटको सम्पूर्ण क्षेत्रसंगै धार्मिक स्थान र स्थानीय उत्पादनको प्रचार(प्रसार गर्ने उदेश्यसहित महोत्सवको सञ्चालन गरिएको आयोजकले जनाएको छ।