शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेखीराम राना
तानसेन, चैत १० गते । अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालतले अपहरण मुद्दामा तीन वर्ष ११ महिना सात दिन कैद सजाय तोकेर फरार रहेका रम्भा-४, हुमिन बस्ने ५३ वर्षीय भेषबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो ।
विकलाई तिनाउ गाउँपालिका-३, सिद्धबाबा मन्दिर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
पक्राउ परेका विकलाई जिल्ला अदालत पाल्पामा बुझाइएको प्रहरीले जनाएको छ ।