• १० चैत २०८२, मङ्गलबार

रेसुङ्गा विमानस्थलको उडान तालिका हेरफेर

blog

रेसुङ्गा विमानस्थल गुल्मी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी) चैत १० गते ।
गुल्मी रेसुङ्गा विमानस्थलको उडान तालिका हेरफेर भएको छ । विमानस्थल प्रमुख सुमन थापाका अनुसार आजदेखि आइतबार, मङ्गलबार र बिहीबार उडान गर्ने तालिका सार्वजनिक भएको छ । अहिलेसम्म साप्ताहिक तीन उडान अन्तरगत आइतबार, मङ्गलबार र शनिबार उडान हुने गरेको थियो ।

सातामा चार उडान तालिका रहेको यस विमानस्थलमा पछिल्लोपटक तीन उडान हुँदै आएको छ । विमानस्थल प्रमुख थापाले मौसम प्रतिकुल भएकाले अहिले उडान नियमित गर्न समस्या भएको बताउनुभयो ।

काठमाडौँदेखि बिहान  ६ः३० बजे र रेसुङ्गादेखि बिहान ७ः३० बजे उडान हुने गरेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० रुपियाँ र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० रुपियाँ भाडादर तोकेको छ । नियमित उडान भए यात्रुको कुनै समस्या छैन ।  दुई वर्षअघिदेखि नेपाल एयरलाइन्सले नियमित उडान गरिएको छ ।