सन्तोष दहित
दाङ, चैत १० गते । दाङमा क्षयरोगी विरामी बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत ८ गतेसम्म दाङमा ८७६ जना नयाँ क्षयरोगी बिराम फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङले विश्व क्षयरोग दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन गजेन्द्र यादवले यस्तो जानकारी दिनुभयो । उहाँको अनुसार यसै आर्थिक चालु आर्थिक वर्षमा २० जना क्षयरोग संक्रमणको कारण ज्यान गुमाएका छन् ।
उहाँको अनुसार दाङको १० पालिकामध्ये सबैभन्दा धेरै क्षरोग संक्रमणका बिरामी घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा भेटिएका छन् । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको तथ्यांक हेर्दा घोराहीमा २४६, तुलसीपुरमा २६९, राप्तीमा ६१, लमहीमा ४६, दंगीशरणमा ३३, गढवामा ४०, बंगलाचुलीमा ३४, शान्तिनगरमा २९, बबइमा ४५ र राजपुरमा २२ जना क्षयरोगी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन यादवले जानकारी दिनुभयो ।
यस्तै २०८१/०८२ तथ्यांक अनुसार पनि घोराहीमा नै धेरै क्षरोग संक्रमण भेटिएका छन् । घोराहीमा ४२३ जना, तुलसीपुरमा ३९९ जना क्षयरोगी बिरामी भेटिएका थिए । यस्तै लमही नगरपालिका र राप्ती गाउँपालिकामा ८२–८२, बबई गाउँपालिकामा ७०, दंगीशरण गाउँपालिकामा ५६, शान्तिनगरगाउँपालिकामा ५०, गढवावा गाउँपालिकामा ४७, बांगलाचुलि गाउँपालिकामा ४५ र राजपुरप गाउँपालिकामा ३७ जना सहित एक हजार २९१ जना क्षयरोगी भेटिएका थिए ।
त्यसैगरी २०८०/०८१ मा एक हजार ४१५ क्षयरोगी भेटिएकाथिए । जसमध्ये घोराहीमा ५०९, तुलसीपुरमा ३७१, लमहीमा ९५, राप्तीमा ९५, गढवामा ६५, बंगलाचुलीमा र दंगीशरणमा ६५–६५, शान्तिनगरमा ५७, बबइमा ५५ र राजपुरमा ४४ जना रहेका छन् । त्यस्तै २०७९/०८० मा एक हजार २९३ जना क्षयरोग सक्रमण विरामी भेटिएका थिए । यी मध्ये सवैभन्दा बढि घोराही र तुलसीपुरमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन यादवका अनुसार घोराहीमा ४३६, तुलसीपुमा ३६७, राप्तीमा ९६, लमहीमा ७५, बबइमा ६०, बंगलाचुलीमा ५९, गढवामा ५७, शान्तिगर ५६, दंगीशरणमा ५४ र राजपुरमा ३३ जना रहेका छन् ।