• १० चैत २०८२, मङ्गलबार

दाङका दुई स्थानीय तहमा ‘नेपाल परागसेचन परियोजना’ सुरु

blog

घोराही समाचारदाता

घोराही, चैत १० गते । दिगो कृषि विकास र जैविक विविधता संरक्षणलाई सहयोग पुर्याउने उद्देश्यसहित दाङका दुई स्थानीय तहमा ‘नेपालञ परागसेचन परियोजना’ सुरु भएको छ ।

हर्ड इन्टरनेशनलको नेतृत्वमा ब्रिस्टल विश्वविद्यालय, स्थानीय पहल (ली–बर्ड) तथा कृषि तथा वन विश्वविद्यालयलगायत संस्थाको सहकार्यमा दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाबाट चार बर्ष (सन २०२६–२०२९) का लागि परियोजना सञ्चालन भएको हो । हर्ड इन्टरनेशनल नेपालले मंगलवार घोराहीमा पालिकास्तरीय प्रारम्भिक समन्वय तथा परिचयात्मक बैठकको आयोजना गरेर परियोजनाका बारेमा जानकारी गराएका हो ।

परियोजना लुम्बिनी प्रदेशको दाङसहित परियोजना लुम्बिनी प्रदेशका कपिलवस्तु, गुल्मी र पाल्पा जिल्लामा सञ्चालन हुने भएको हर्ड इन्टरनेशनलका प्रोजेक्ट म्यानेजर सुजन सापकोटाले जानकारी दिनुभएको छ । उहाँका अनुसार परियोजनाले परागसेचनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो कृषि अभ्यास प्रवद्र्धन, मौरीपालन विकास, अनुसन्धान क्षमता सुदृढीकरण तथा नीतिगत सुधारमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

परियोजनाका बोरमा जानकारी गराउँदै प्रोजेक्ट म्यानेजर सापकोटाले परियोजनाअन्तर्गत किसान, शिक्षक र विद्यार्थीलाई परागसेचन व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेर कृषि उत्पादनसँगै आम्दानी वृद्धिमा सहयोग पु¥याउने बताउनुभयो ।

उहाँका अनुसार कृषि उत्पादन वृद्धि गर्न, कृषि–पर्यावरणीय सन्तुलन कायम राख्न तथा किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउनसमेत परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

हर्ड इन्टरनेशनलको आयोजनामा मंगलवार घोराहीमा भएको परिचयात्मक कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुला चौधरीले परियोजनाले प्राकृतिक उत्पादन वृद्धि गर्दै नागरिकको स्वास्थ्य र आर्थिक अवस्था सुधार्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

जैविक विषादीको प्रयोगसँगै जलवायु परिवर्तनका कारण प्राङ्गारिक उत्पादनको कमी भइरहेको समयमा  जैविक विविधताको संरक्षण गर्दै कृषि उत्पादन बढाउन सहयोगका लागि सञ्चालित परियोजनाले किसानको आयस्तरवृद्धिमा वृद्धिसँगै उद्यमशिलता लाग्न सहयोग गर्ने बताउनुभयो ।