बाँकेमा ४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका ५६ जनामध्ये ४५ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।
कोहलपुर गोल्डकपको तयारी
कोहलपुर गोल्डकपको चौथो संस्करण आगामी वैशाख १९ देखि २६ गतेसम्म हुने भएको छ ।
फोहोरबाट रोजगारी : बुटवलको सिर्जनशील अभ्यास
बर्सौंदेखि टाउको दुखाइको विषय बनेको फोहोर व्यवस्थापनलाई बुटवलमा अब अवसरमा रूपान्तरण गर्ने प्रयास सुरु भएको छ । फोहोरलाई स्रोतमा परिणत गर्ने उद्देश्यसहित यहाँ फोहोर प्रशोधन केन्द्र स्थापना गरी प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन थालिएको छ । सहकारीमार्फत समुदायलाई प्रत्यक्ष जोड्दै गरिएको यो अभ्यासले वातावरण संरक्षणसँगै रोजगारी र आम्दानीको नयाँ ढोका खोल्न थालेको छ ।
नेपालगञ्ज मेयर कप क्रिकेटको उपाधि ज्योति स्पोर्ट्स एकेडेमीलाई
नेपालगञ्जमा सञ्चालन भएको मेयर कप (पुरुष) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ज्योति स्पोर्ट्स एकेडेमीले जितेको छ। प्रतियोगिताको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल खेलमा एकेडेमीले नेपालगञ्ज च्याम्प्सलाई अन्तिम ओभरमा ३ रनले पराजित गर्दै उपाधि जितेको हो।
दाउन्नेमा सवारी दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा शुक्रबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
नाडी छाम्ने हातमा कानुन बनाउने कलम
बर्सौंदेखि परीक्षण गरिएका राष्ट्रिय राजनीतिमा स्थापित अनुहार र स्थापित राजनीतिक दलका किल्ला भत्काउँदै एक चिकित्सकले गत फागुन २१ गते भएको निर्वाचनमा संसद्को यात्रा तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित डा. माधवबहादुर थापाको राजनीतिक जीवनी भने त्यति लामो छैन तर पनि लामो राजनीति इतिहास बोकेका पार्टी र तिनका उम्मेदवारलाई थापाले हराउन सफल हुनुभयो ।
वृहत् क्यान्सर शिविरमा ३ सयको परीक्षण
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थप्दै गएपछि यहाँ सेवा लिने बिरामीको चाप बढ्दै गएको छ । दैनिक करिब एक हजार बिरामी उपचारका लागि प्रतिष्ठान पुग्ने गरेका छन् ।
सिमेन्ट उद्योगको पहुँच मार्ग कालोपत्रे गर्न माग
दाङमा सञ्चालनमा रहेका विभिन्न सिमेन्ट उद्योगका लागि प्रयोग हुँदै आएको चुनढुङ्गा ढुवानी मार्ग जीर्ण बनेपछि प्रभावित क्षेत्रका नागरिकहरू आन्दोलनमा उत्रिएका छन् ।
किसानबारी खेल मैदानको स्तरोन्नति सुरु
जिल्लाको रामपुर नगरपालिका–७ स्थित किसानबारी खेल मैदानको स्तरोन्नति सुरु भएको छ । रामपुर नगरपालिकाबाट चालु आर्थिक वर्षमा विनियोजन बजेट मार्फत ज्योतिपुञ्ज युवा कलवले खेल मैदान स्तरोन्नति सुरु गरेको हो ।
टिप्परको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध
दाङको घोराही उपमहानगरपालिका–१३, भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै
बाँके जिल्लाका ग्रामीण र सहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै गएको देखिएको छ। जिल्लामा समय समयमा आयोजना गरिने निःशुल्क आँखा उपचार शिविरमा मोतिविन्दुका बिरामी बढी देखिने गरेको पाइएको छ।
बाँकेमा १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जाको स्रेस्ता पुनः कायम
बाँकेको भूमि सुधार तथा मालपोत कार्यालयले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को स्रेस्ता पुनः कायम गरेको छ।
प्युठानमा मिनी बस दुर्घटनाः १६ जना घाइते
शुक्रबार बिहान झिम्रुक गाउँपालिका–३ आहालखोलामा बाँदिकोटबाट बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा. लि. को ‘अन टेस्ट’ मिनी बस दुर्घटना भएको छ।
‘सुशासनका लागि कम्मर कसेर लाग्ने छु’
गुल्मीमा जन्मिनुभएका विक्रमसिंह थापाले २०३७ सालमा महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि उहाँ भारतको बनारस पुग्नुभयो । उदय प्रताप कलेजबाट बिएससी उत्तीर्ण गर्नुभएको हो ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
दाङमा कल्भर्ट निर्माणका लागि खनेको खाडलमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्
बन्यो पुल, हट्यो बर्खाको डर
पानी परेपछि उर्लिएर आउने छल्दीखोला तर्न स्थानीयलाई ठुलो सकस थियो । उब्जनी हुने छल्दीको ठुलो फाँटमा आउन टारीका स्थानीयलाई बर्सातमा खोलामै पस्नुपर्ने बाध्यता थियो । पालुखा माविको टारीतिरका विद्यार्थीलाई नजिकै पुल नहुँदा लामो बाटो भएर विद्यालय पुग्ने वा खोलामै जोखिम मोलेर पस्ने भन्ने दुई विकल्प मात्रै थिए । अहिले इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दी टारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीय बासिन्दा तथा विद्यार्थीको आवतजावत सहज बनाउने उद्देश्यले सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।
सक्नुपर्ने दुई वर्षमा, पाँच वर्षसम्म अधुरै
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गुल्मी अस्पतालको नयाँ भवन पाँच वर्ष पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन । ठेकेदारले विभिन्न बहानाबाजी बनाई गरेको ढिलासुस्तीले काम अझै पूरा हुन सकेको छैन ।
आम्दानीको बलियो आधार बन्दै सामुदायिक वन
दिगो वन व्यवस्थापनको अवधारणा लागु भएपछि बर्दिया जिल्लाका सामुदायिक वन अहिले आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुन थालेका छन् । काठ तथा दाउरा बिक्रीबाट पछिल्ला दुई आर्थिक वर्षमा सामुदायिक वनले उल्लेख्य आम्दानी गर्दै स्थानीय विकासमा समेत योगदान पु¥याएका छन् ।
पहिरोपीडितलाई सुरक्षित आवास
छ महिनाअघिको पहिरोले घरबारविहीन बनेका परिवारले सुरक्षित घर पाएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–४, बौरीडाँडाका छ विपन्न परिवारले सुरक्षित घर पाएका हुन् । गत साउनमा परेको बर्सात र पहिरोले घरमा क्षति पु¥याएपछि विस्थापित भएका परिवारले सुरक्षित घर पाएका हुन् ।
दाङमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
दाङस्थित तुलसीपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
एचआईभी संक्रमितलाई लाञ्छना र भेदभाव नगरौं
एचआईभी एड्स संक्रमित व्यक्तिहरुमाथि हुने सामाजिक लाञ्छना र भेदभाव गर्न नहुने बताइएको छ। तम्घासमा स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको एचआईभी/एड्स लाञ्छना तथा भेदभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राख्नुभएको हो।
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आजदेखि नेपालगन्जमा मेयर कप राष्ट्रिय ब्याडमिन्टन हुँदै
शुक्रबारदेखि प्रथम नेपालगन्ज मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु हुँदैछ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १३ र १४ गतेसम्म चल्नेछ ।
नेपालगञ्जमा एप्पल स्टोर सञ्चालन
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रविधिमैत्री ग्राहकलाई लक्षित गर्दै नेपालगन्जको धम्बोझीमा कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा प्रालिले अत्याधुनिक एप्पल स्टोर सञ्चालनमा ल्याएको छ ।