नेपालगन्ज यातायात कार्यालयले सरकारी भवनबाटै सेवा दिने
यातायात व्यवस्था कार्यालय नेपालगन्जले आगामी आइतबारदेखि सरकारी कार्यालयबाट आफनो सेवा दिने भएको छ ।
विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी
बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । दिवा खाजाले नरैनापुरका बालबालिकालाई विद्यालय आउन प्रेरित गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
गुल्मी अस्पतालको भवन निर्माणमा एक पछि अर्काे बहाना
गुल्मी अस्पतालको भवन निर्माणका लागि निर्माण व्यवसायीले बहाना मात्रै बनाउने गरेका छन् । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पतालको भवन चार वर्षमा पनि बन्न सकेको छैन ।
चन्द्रकोटमा आधारभूत अस्पताल सञ्चालन हुने
गुल्मीको चन्द्रकोटमा चन्द्रकोट आधारभूत अस्पताल सञ्चालन हुने भएको छ ।
भूमि आयोग खारेज : राजस्व बुझाएकाले समेत पाएनन् लालपुर्जा
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेपछि लालपुर्जा पाउने चरणमा रहेका लाभग्राही निराश भएका छन् ।
नवलपरासीका लागि मलको कोटा थप
पश्चिम नवलपरासी, जिल्लामा देखिएको रासायनिक मलको अभावलाई सम्बोधन गर्न कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीको पहलमा मलको कोटा वृद्धि भएको छ ।
वनै खायो पुतलीले
बबई गाउँपालिकाभित्र रहेका सामुदायिक वनमा पुतली लागेर सामुदायिक वनमा ठूलो क्षति भएको छ । बबई गाउँपालिकाभित्र रहेका पदमपुर, शितलगैरा, पूर्व हापुरे, सीम गैरा, खयरभट्टी सामुदायिक वनमा पुतलीले करिव एक हजार एक सय हेक्टर क्षेत्रफलमा रहेका साल, सिसौ, बकाइनो, टीकका पातलगायत बुट्यानसमेत खाएर नष्ट गरेको छ ।
सुनको लोभमा बालिकाको हत्या
गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीय बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गेरुवा गाउँपालिका–५, झबही बस्ने २१ वर्षीय समीर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।
सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला
पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा अदालत जोगाउने प्रहरी सहायक हवल्दारलाई सम्मान
जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई सम्मान गरिएको छ ।
गुल्मीको तम्घास–सिमिचौर–खज्र्याङ्ग सडक एक महिना बन्द हुने
तम्घास–सिमिचौर–राङ्गवास–खज्र्याङ्ग सडक एक महिना बन्द हुने भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घास गुल्मी मार्फत राजेश्वरी कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको काम गरिएको छ ।
वर्षाले धान बालीमा क्षति
वर्षाका कारण पश्चिम नवलपरासीमा झन्डै पाँच सय बिघाको धान खेतीमा क्षति पुगेको छ । पसाउने बेलामा आएको पानीले धान खेतीमा क्षति गरेको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ । वर्षाका कारण पसाउन लागेको धानसहित धेरै दिन डुबानमा पर्दा तटीय क्षेत्रका खेतको धान नष्ट भएको हो ।
डुबेर ज्येष्ठ नागरिकको मृत्यु
बर्दियामा ६० वर्षीय एक ज्येष्ठ नागरिक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–१, बडकी टडुवाकी क्याउली थरुनी रहनुभएको छ ।
तरकारीमा विषादीको मात्रा वृद्धि
बाँकेमा अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको मात्रामा वृद्धि भएको पाइएको छ ।
सरसफाइ गर्नेलाई वडाले पुरस्कार दिने
प्युठानको गौमुखी गाउँपालिका–५ खुङ्गले सरसफाइमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई पुरस्कार दिने भएको छ ।
पटाकाजन्य पदार्थ नियन्त्रणमा प्रहरीको निगरानी
कपिलबस्तु प्रहरीले पटाका भित्रिन नदिन जिल्लाका सीमा नाकामा निगरानी बढाएको छ । तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाकाजन्य पदार्थको नियन्त्रणका लागि प्रहरीले बिशेष निगरानी बढाएको हो ।
तेह्र लाखभन्दा बढी नगदसहित १४ जना पक्राउ
नेपालगन्ज उपमहानगरपालिका –४ बाईपास रोडमा विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई १३ लाख रुपियाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको छ ।
कृषकलाई धानबाली भित्र्याउने चटारो
जिल्लाका किसानलाई अहिले धानबाली भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सबैभन्दा ठुलो फाँट झिमरुक फाँटमा यतिबेला किसानहरु धान भित्र्याउने चटारो छ ।
अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा उपचार सेवा प्रभावित
नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ ।
पूर्व उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
गुल्मीमा पाँच हजारभन्दा बढी मतदाता थपिँदै
निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
विश्व दृष्टि दिवस : ट्राफिकलाई कालो चस्मा वितरण
“आफ्नो आँखालाई माया गरौं” भन्ने नाराका साथ विश्व दृष्टि दिवसको जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीको जाँच तथा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको छ ।
बाँकेमा अनुमति बिना जुलुस, सभा र प्रदर्शनमा रोक
बाँकेमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई कुनै पनि प्रदर्शन, जुलुस, र्याली तथा कार्यक्रम गर्न नपाइने भएको छ ।
हुलाकी सडक निर्माण प्रक्रिया सुरु
हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्तीसोनारी गाउँपालिका–३, नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्डको निर्माण प्रक्रिया अगाडि बढाएको छ ।