• २३ असोज २०८२, बिहिबार

डुबेर ज्येष्ठ नागरिकको मृत्यु

blog

यज्ञप्रसाद सापकोटा

बर्दिया (गुलरिया), असोज २३ गते । बर्दियामा ६० वर्षीय एक ज्येष्ठ नागरिक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–१, बडकी टडुवाकी क्याउली थरुनी रहनुभएको छ ।  

गत आइतबारदेखि हराइरहेकी क्याउलीको खोजतलास गर्नेक्रममा सिँचाइ नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला पर्नुभएको हो । उनी घरदेखि आठसय मिटर पश्चिमतर्फ सिँचाइ नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताउनु भयो । उहाँले मृतक थारुनीको शव बर्दिया अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको बताउनुभयो ।