• २१ वैशाख २०८३, सोमबार

गोरखापत्रकर्मी पराजुलीलाई कविडाँडा कृति पुरस्कार

blog

गोरखापत्रकर्मी बसन्त पराजुली

भरतपुर, वैशाख २१ गते । गोरखापत्रकर्मी बसन्त पराजुली कविडाँडा कृति पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ ।

कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’का लागि उक्त पुरस्कार प्रदान गर्न लागेको समाजका अध्यक्ष एल।बी। क्षेत्रीले जानकारी दिनुभयो ।

पुरस्कारको राशि १५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।

‘बखान’ चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीमा केन्द्रित भएर लेखिएको उपन्यास हो ।

यस्तै, कविडाँडा साहित्य समाजले यस वर्षको देवखिना स्मृति पुरस्कार चितवनका वरिष्ठ साहित्यकार पोषराज पौडेललाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि पनि १५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।

दुवै पुरस्कार जेठ ९ गते आयोजना गरिने विशेष कार्यक्रममा वितरण गरिने आयोजक संस्थाका सचिव लेखराम सापकोटाले जानकारी दिनुभयो ।