• २१ वैशाख २०८३, सोमबार

रुकुमबाट डोल्पा जाँदै गरेको जिप दुर्घटना, नौ जना घाइते

blog

राजु लामिछाने

रुकुमपश्चिम, वैशाख २१ गते । रुकुमपश्चिमबाट डोल्पा जाँदै गरेको जीप सोमबार साँझ दुर्घटना भएको छ । रुकुमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिका –१ भोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । 

कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्वरको जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाईतेहरुलाई उपचारको लागि रुकुमपश्चिमको आठबिसकोटस्थित नगर अस्पतालमा ल्याइएको छ । 

आठबिसकोट नगरपालिकाका प्रहरी सहायक निरीक्षक टोपबहादुर ओलीका अनुसार घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेहरुमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका ५ निवासी १७ वर्षीय महेश मल्ल, आठबिसकोट ६ का १६ वर्षीय गणेश बोहरा, डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका १ निवासी ४२ वर्षीय पञ्चराम रोकामगर, सोहि स्थान निवारी १६ वर्षीय प्रविण रोकामगर र मुड्केचुला ३ निवासी २६ वर्षीया अन्जिता सिंह शाही रहेको नगर प्रहरी असई ओलीले जानकारी दिनुभयो । 

त्यसैगरी दुर्घटनामा परेर जाजरकोटको भेरी नगरपालिका १ निवासी २० वर्षीया उर्मिला राना, भेरी नगरपालिका १२ निवासी १८ वर्षीया सम्झना बुढा, नलगाड नगरपालिका १२ निवासी १९ वर्षीय अबिन शाही र वडा नम्वर १३ निवासी १८ वर्षीय सुर्य मल्ल घाइते हुनुभएको छ । 

घाइतेहरु मध्ये अन्जिता सिंह शाहीको अवस्था गम्भिर रहेको छ । उहाँलाई थप उपचारका लागि रिफर गरिएको छ । जीप चालक आकाश शर्मा सम्पर्कमा नरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेकाे बताइएको छ ।