सन्तोष दहित
दाङ, असोज २४ गते । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई सम्मान गरिएको छ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका बेला जिल्लाका विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड भए पनि अदालतमा खटिएकी अधिकारीले आन्दोलनकारीलाई सम्झाउँदै अदालतलाई क्षति हुनबाट बचाउन सफल हुनुभएको थियो ।
उहाँको यो योगदानको मूल्याङ्कन गर्दै जिल्ला अदालतले बिहीबार एक कार्यक्रमका बिच पाँच हजार रुपियाँ र कदरपत्रसहित सम्मान गरेको हो । आन्दोलनका क्रममा केही तोडफोड र आगजनी भए पनि अधिकारीको पहल र अनुरोधका कारण अदालतका महत्त्वपूर्ण कागजात र मिसिलहरू सुरक्षित रहेका थिए ।
साउन २०८१ देखि अदालत सुरक्षामा खटिएकी अधिकारीले सम्मानपछि भन्नुभयो, “मैले सुरक्षामा खटिएको कार्यालय जल्दै गरेको देख्दा मनले मान्दैनथ्यो, त्यसैले अन्तिम क्षणसम्म कर्तव्य सम्झेर जोगाउन प्रयास गरेँ ।”