सिड्नी, असोज २४ गते । अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा बिहीबार राती हेलिकोप्टर दुर्घटना हुँदा एक जना यात्रुसहित पाइलटको मृत्यु भएको क्विन्सल्यान्ड प्रहरी सेवा (क्युपिएस) ले जनाएको छ ।
अष्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको आपतकालीन सेवाले बिहीबार नै दुर्घटना क्षेत्र वरपर खोजी र उद्धार अभियान सुरु गरेको थियो । हेलिकोप्टर रोबिन्सन राज्यको सुदूर उत्तर क्षेत्रको ब्रिस्बेनबाट एक हजार सात सय किलोमिटर उत्तरपश्चिममा यागुनाको सानो दुर्गम क्षेत्रमा दुर्घटना भएको थियो ।
हेलिकोप्टर शुक्रबार बिहान ८:३० बजे मात्रै पत्ता लगाएको क्विन्सल्यान्ड प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । प्रहरीले हेलिकोप्टरमा पाइलट र एक मात्र यात्री रहेको र दुबै जना मृत अवस्थामा फेला परेको पुष्टि गरेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा