• ११ चैत २०८२, बुधबार

टिपरको ठक्करबाट घाइते वृद्धाको मृत्यु

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत ११ गते । गुल्मीमा टिपरको ठक्करबाट घाइते हुनुभएकी एक वृद्धाको मृत्यु भएको छ। बुधबार यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा १३ मा टिपरको ठक्करबाट घाइते हुनुभएको ९२ वर्षीय वृद्धाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार तम्घास(रिडी पक्की सडक खण्डमा तम्घासबाट चारपालातर्फ जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्ट्रक्सनको टिपरको ठक्करबाट पैदलयात्री रेसुङ्गा नगरपालिका वडा १३ की ९२ वर्षीय धनी बुढाथोकी गम्भीर घाइते हुनुभएको थियो।

निजलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो। चालक र टिप्पर प्रहरीको नियन्त्रणमा छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।